Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

  • Pranisha Raya
  • May 03, 2022
  • 619

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?

 पुष्पराम केसी

– वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको ।

– ३० वर्षे सेवा अवधिका कारण केसीले १९ दिनपछि अवकाश पाउनुहुने ।

– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ मा अवकाश पाएपछि महानिरीक्षकको पद खाली भएको थियो । वैशाख २० गते राजु अर्याल सङ्गठनको प्रमुखमा नियुक्त हुने ।

२. युवा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘समिट वुमन अफ दी इयर २०२२’बाट सम्मानित हुने महिला उद्यमी को हुनुहुन्छ ?

 कृतिका लम्साल (स्विट फिक्सकी संस्थापक)

– (उहाँलाई एक लाख रुपियाँ नगद र हीराको लकेट प्रदान गरिएको ।)

३. गीत–सङ्गीत र साहित्य क्षेत्रमा १०८ विश्व रेकर्ड कायम गर्न सफल व्यक्तित्व को हुनुहुन्छ ?

  डा. डीआर उपाध्याय

४. १३२ केभी प्रसारण लाइन क्षमताको सोलु करिडोरको उद्घाटन कहिले भएको हो ?

 वि.सं. २०७८ चैत १९

– प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित समारोहमा दुवै देशका प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यममार्फत सो करिडोर उद्घाटन गरिएको ।

– २०७८ फागुन महिनामा निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइन उद्घाटनपश्चात् सोलु करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा 

जोड्न सहज भएको ।

– चैत १९ मा नै प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी मोदी नेतृत्वको प्रतिनिधि मण्डलबीच हैदरावाद हाउसमा भएको वार्तापछि नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार एवं पारस्परिक सहयोग तथा सहकार्य गर्नेसम्बन्धी निम्नानुसार चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको ः

– अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने, 

– नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग,

– पेट्रोलियम क्षेत्रमा सहयोग,

– नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदान ।

५. वि.सं. २०७८ मा प्रदान गरिने कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को हुन् ?

 नवराज न्यौपाने 

६. फोब्र्सद्वारा प्रकाशित विश्वका धनाढ्यको सूचीअनुसार दक्षिण एसियाबाट भारतबाहेक डलर अर्बपतिको सूचीमा पर्न सफल एक मात्र अर्बपति को हुन् ?

 विनोद चौधरी

– दक्षिण एसियाका देशमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका । 

– विश्वभरका धनीहरूका बारेमा सूची प्रकाशित गर्ने फोब्र्सको सूचीमा चौधरी सन् २०१३ देखि निरन्तर रहँदै आएका ।

– सो सूचीअनुसार भारतमा १६६, चीनमा ५३९ अर्बपति रहेका । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिको सङ्ख्या ७३५ रहेको ।

फोब्र्सको सूचीअनुसार विश्वका सर्वाधिक धनी दस व्यक्ति ः

– १. एलन मस्क, अमेरिका

– २. जेफ वेजोस, अमेरिका

– ३. बर्नाड आर्नल्ट, फ्रान्स

– ४. विल गेट्स, अमेरिका

– ५. वारेन बफेट, अमेरिका

– ६. ल्यारी पेज, अमेरिका

– ७. सेर्गेइ ब्रिन, अमेरिका

– ८. ल्यारी एलिसन, अमेरिका

– ९. स्टिभ बलमेर, अमेरिका

– १०. मुकेश अम्बानी, भारत

७. छायाँछवि डी सिने अवार्डअन्तर्गत लाइफटाइम लिजेन्ड्री अवार्ड यस वर्ष (२०७८ मा) कसलाई प्रदान गरियो ?

 अभिनेत्री भुवन चन्द

– नेपालमै निर्मित पहिलो चलचित्र ‘आमा’का प्रथम अभिनेत्री भुवन चन्दलाई सो अवार्ड प्रदान गरिएको ।

– त्यस्तै पुरुषतर्फ अभिनेता तथा पाइलट विजय लामा र महिलातर्फ अभिनेत्री तथा निर्देशक झरना थापालाई फिल्मकर्मी रजत सम्मान प्रदान गरिएको ।

– २०२२ सालमा निर्मित आमा चलचित्रपछि चन्दले हिजो आज भोलि, दुई थोपा आँसु, कोसेली, सीमारेखा, नेपालीबाबुलगायतका फिल्ममा अभिनय गरेकी ।

– २०४१ सालमा निर्मित चलचित्र आदर्श नारीबाट अभिनय यात्रा सुरु गरेका अभिनेता लामाले कोसेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लन्डनलगायत फिल्ममा अभिनय गरेका । 

– अभिनेत्री तथा निर्देशक थापाले २०५३ सालमा फिल्म दाइजोबाट अभिनय यात्रा सुरु गरेकी थिइन् भने धर्मसङ्कट, गोर्खाली, बादलपारि, जीवनसाथी, तकदिर, पूर्णिमा, ए मेरो हजुर, मेरी आमा, बिदाइलगायत दर्जनौँ फिल्ममा अभिनय गरेकी ।

८. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ? 

 भण्डारखाल पर्व 

९. नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ? 

 किसान 

१०. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ? 

 रवीन्द्रनाथ टैंगोर (भारत) 

११. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?

 मेकियाबेली

१२. अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमबापत विदेशी र नेपाली यात्रुले पाउने बीमालगायतका सुविधा समान हुने गरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ?

 वि.सं. २०७५ मङ्सिर २९ (सन् २०१८ डिसेम्बर १५)

१३. नेपाल टेलिभिजनद्वारा साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?

 वि.सं. २०७५ असोज ६

१४. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा ‘एक्सन फर पिस किपिङ’को थालनी कहिलेदेखि भएको हो ?

 सन् २०१८ मार्च २८

१५. “निर्वाचन परिणामबाट आत्तिने मान्छेले राजनीति गर्न सक्दैन किनकि राजनीति भनेकै हार र जितको खेल हो” भन्ने भनाइ कसको हो ?

 अब्राहम लिङ्कन, अमेरिकी पूर्वराष्ट्रपति

१६. थकाली जातिको बाहुल्य होटल व्यवसायमा रहेको छ भने शेर्पा जातिको बाहुल्य केमा रहेको छ ?

 पर्यटन

१७. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो ?

 दाङ

१८. विसु पर्व कहाँ प्रचलनमा रहेको छ ?

 सुदूरपश्चिम

– नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ विसु पर्वका रूपमा मनाउने चलन रहेको ।

– विशेषगरी सुदूरपश्चिमका अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा एवं बैतडी जिल्लामा यो पर्व 

मनाउने गरिएको ।

– देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउने चलन रहेको । देवर नहुने, नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली एवं साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको ।

– विसु पर्वमा घर लिपपोत गर्ने, मिठा–मिठा खानाका परिकार बनाई खाने र विशेषगरी सिस्नु लगाउने प्रचलन रही आएको । 

– शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने, छालासम्बन्धी रोग निर्मूल हुने साथै वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहेको । 

– वैशाख सुरु भएसँगै रोगव्याधि, महामारी तथा अनिकालको समय सुरु हुन सक्ने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर यो पर्व मनाउने चलन रहेको । 

– पछिल्लो समय सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको ।

१९. समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?

 स्टेफन हकिङ

२०. तीन पटकसम्म मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ? 

 वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी

– उहाँले वि.सं. २०१३ मा हाम्रो लोक संस्कृति कृतिका लागि, वि.सं. २०१७ मा नेपाली राष्ट्रिय मुद्राका लागि र वि.सं. २०२८ मा कर्णाली लोक संस्कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको । 

– वि.सं. १९७७ वैशाख ३० मा ललितपुरको इखुम्बहालमा जन्मनुभएका जोशी वि.सं. २०७८ वैशाख ३० मा १०२वर्षमा प्रवेश गर्नुभएको । 

२१. विश्व हिमोफिलिया दिवस कहिले मनाइन्छ ? 

 अप्रिल ११

२२. अर्थ आवर अभियानको सुरुवात कुन देशबाट भएको हो ? 

 अस्ट्रेलिया (सन् २००७ देखि)

२३. कुर्था–जनकपुर–जयनगरसम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन कहिले गरिएको हो ?

 वि.संं. २०७८ चैत १९

– धनुषाको कुर्था, जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा भर्चुअल रूपमा शुभारम्भ गरिएको ।

– नेपालले करिब ८५ करोड रुपियाँमा भारतीय कम्पनीसँग खरिद गरेको दुई सेट रेल २०७७ आश्विन २ गते नेपाल आइपुगेको थियो ।

– नेपालमा राणाकालमा वि.सं. १९९४ मा जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालदेखि प्राविधिक कारणले बन्द भएको थियो ।

२४. नेपालको संविधानअनुसार प्रतिनिधि सभा कति सदस्यीय हुने व्यवस्था छ ? 

 २७५ (प्रत्यक्ष निर्वाचित ः १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ः ११०) 

२५. प्रदेश सभामा कति प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ?

 ६० प्रतिशत (समानुपातिक निर्वाचन प्रणालीबाट ः ४० प्रतिशत) 

२६. कुन जलवायुलाई गर्मी ओसिलो जलवायु -Hot-wet climate_  पनि भनिन्छ ?

 भूमध्यरेखीय जलवायु 

२७. भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ?

 घाँघरा 

२८. बारुदी सुरुङमुक्त घोषित पहिलो एसियाली राष्ट्र कुन हो ? 

 नेपाल

२९. जल तथा ऊर्जा आयोगको अध्यक्ष को हुने प्रावधान छ ? 

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

३०. Zero COVID पोलिसी कुन देशसँग सम्बन्धित छ ? 

 जापान

Source: Gorkhapatra

Categories

  • Current Affairs 575
  • Gorkhapatra 300
  • Others 962
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Brief table of the world's major religions
Others

विश्वका प्रमुख धर्महरूको संक्षिप्त तालिका

  • Apr 28, 2026
  • 66
Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Apr 28, 2026
  • 41
Narayan Dutta Poudel appointed as the 13th Inspector General (IGP) of the Armed Police Force (APF), Nepal
Current Affairs

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

  • Apr 28, 2026
  • 53
Red Bull Shilapatra Year Person 2082
Current Affairs

रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२

  • Apr 28, 2026
  • 85
Annual National Accounts Report of Nepal, 2082/83
Current Affairs

नेपालको वार्षिक राष्ट्रिय लेखा प्रतिवेदन, २०८२/८३

  • Apr 28, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA