Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गोरखापत्र चैत्र २२ लोक्सेवा तयारी वस्तुगत प्रश्नोत्तर

  • Engineering Nepal
  • April 05, 2023
  • 541

गोरखापत्र चैत्र २२ लोक्सेवा तयारी वस्तुगत प्रश्नोत्तर

गोरखापत्र चैत्र २२ लोक्सेवा तयारी वस्तुगत प्रश्नोत्तर

१. थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले संसद् विघटन कहिले गरेका हुन् ?

 सन् २०२३ मार्च २०

– राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा विघटनको घोषणा गरिएको र निर्वाचन आयोगले मतदानको मिति पछि पुष्टि गर्ने उल्लेख गरिएको ।

– सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रो पटक निर्वाचन हुन लागेको । 

– सन् २०१४ मा भएको ‘कु’पछि यो दोस्रो निर्वाचन हो भने सन् २०२० मा बैङ्ककमा युवाको नेतृत्वमा भएको प्रजातन्त्र पक्षधर प्रदर्शनले देशमा ल्याएको हलचलपछिको यो पहिलो निर्वाचन हो ।

– सन् २०१९ को विवादास्पद चुनावमा आफ्नो शासनलाई बलियो बनाएका ६८ वर्षीय प्रयुतले थाई राजनीतिमा विरलै देखिने लामो कार्यकाल सम्हाल्न सफल भएका ।

२. वित्तीय चेतना, ज्ञान र सीप अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणका साथै आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैङ्कद्वारा वित्तीय साक्षरता मार्गदर्शन, २०७९ कहिले जारी गरिएको हो ?

 वि.सं. २०७९ चैत १७

– आमनागरिकमा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न उक्त मार्गदर्शन जारी गरिएको ।

– विभिन्न वित्तीय संस्थाका छरिएका कार्यक्रमबाट वित्तीय साक्षरता प्रवद्र्धन अभियानले अपेक्षित गति लिन नसकेको हुँदा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र समन्वयात्मक ढङ्गले एकीकृत रूपमा अघि बढाउन वित्तीय साक्षरता ढाँचा, २०७९ जारी भएको सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले यो वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरिएको राष्ट्र बैङ्कले जनाएको । 

– मार्गदर्शनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले अब वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत युवालक्षित कार्यक्रम र डिजिटल बैङ्किङ सेवा पनि समावेश गर्नुपर्ने । 

– २०७९ माघसम्म देशभरका ७५३ पालिकामध्ये ७५२ (बझाङको साइपाल गाउँपालिकाबाहेक)मा बैङ्किङ 

पहुँच पुगेको ।

– वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको । 

– नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेक्षणमा वित्तीय साक्षरताका तीन आयामका रूपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्र्रतिशत रहेको ।

– वित्तीय साक्षरता सबैभन्दा बढी अङ्क बागमती प्रदेशको ६४.५ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशको ५२ 

प्रतिशत रहेको । 

– पुरुषको वित्तीय साक्षरता अङ्क ६१.८ र महिलाको ५४.३ प्रतिशत रहेको । 

३. सियोल शान्ति पुरस्कार, २०२२ कसलाई प्रदान गरियो ?

 टिम वर्नर्स–ली (द इन्भेन्टर अफ द वल्र्डवाइड वेब)

– यो पुरस्कार सन् २०२० मा आईओसीका अध्यक्ष थोमस वाचलाई प्रदान गरिएको ।

– सन् २०१८ मा यस पुरस्कारबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मानित भएका । 

– पुरस्कार राशि दुई लाख अमेरिकी डलर रहेको ।

– पुरस्कारको स्थापना सन् १९९० मा भएको ।

४. पहिलो नेपाल ओलम्पिक कमिटी (एनओसी) अवार्ड, २०२२ घोषित खेलाडी को हुन् ?

 पुरुषतर्फ : प्रिन्स दाहाल (ब्याडमिन्टन) र महिलातर्फ ः गौरिका सिंह (पौडी) 

– सर्वश्रेष्ठ पुरुष प्रशिक्षक दीपक मगर (गल्फ) र महिला प्रशिक्षक सङ्गीता वैद्य (तेक्वान्दो) घोषित भएका । 

– खेलकुद संस्थामा नेपाल तेक्वान्दो सङ्घ उत्कृष्ट 

घोषित भएको । 

– अन्तर्राष्ट्रिय ओलम्पिक डे जुन २३ को अवसरमा अवार्ड घोषणा गरिएको ।

– पुरस्कार राशि जनही रु. ५० हजार रहेको ।

५. विश्व खाद्य दिवस कहिले मनाइन्छ ?

 अक्टोबर १६

– सन् २०२२ को नारा : लिभ नो वान बिह्यान्ड 

– सन् १९८१ देखि यो दिवस मनाउन सुरु गरिएको । 

६. बालश्रम निवारण राष्ट्रिय गुरुयोजनाका लागि घोषित अवधि कुन हो ?

 वि.सं. २०७५–२०८५

– (नेपाल सरकारले वि.सं. २०७९ सम्म निकृष्ट बालश्रम अन्त्य गर्ने एवं २०८२ सम्म सबै प्रकारका बालश्रम अन्त्य गर्ने घोषणा गरेको ।)

७. कल्प ग्रन्थका लेखक कुमार नगरकोटी हुन् भने कोरोना कैरनका लेखक को हुन् ?

 खगेन्द्र सङ्ग्रौला 

८. ‘यल्लो लिभिङ गोल्ड’ भनी केलाई चिनिन्छ ?

 यार्सागुम्बा 

९. वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?

 वि.सं. २०७८ चैत १५

– २०७२ वैशाखको भूकम्पले क्षति पु¥याएको गद्दी बैठक पुनर्निर्माण भएपश्चात् तत्कालीन प्रम केपी शर्मा ओलीद्वारा २०७५ असार १३ मा उद्घाटन । पुनर्निर्माण सके पनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले सर्वसाधारणलाई प्रवेश खुला गर्न ढिलाइ भएको थियो ।

– गद्दी बैठक तत्कालीन प्रम चन्द्र शमशेरको पालामा नवशास्त्रीय (नियोक्लासिकल) शैलीमा निर्माण (वि.सं. १९६५) भएको, जुन राज्यको महìवपूर्ण बैठक, विदेशी पाहुनालाई ओहदाको प्रमाणपत्र दिनेलगायत कार्यका लागि प्रयोग गर्ने गरिन्थ्यो । गद्दी बैठकमै विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपश्चात् यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ट पाहुनाहरू, जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने बेलामा हुने गर्छ । 

१०. फोब्र्स म्यागाजिनले सार्वजनिक गरेको ३० वर्षमुनिका ३० जना प्रभावशाली एसियाली युवाको सूचीमा पर्न सफल पाँच नेपाली युवा को को हुन् ?

 सुजित पाठक, सुमित दाहाल, ऐश्वर्यारानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे

– चार हजारभन्दा बढी युवाबाट तीन सय जना छनोट गरिएकोमा सोही तीन सयबाट ३० वर्षमुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाको अन्तिम सूची तयार पारिएको ।

११. वि.सं. २०७९ चैतमा सञ्चालित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

 नेपाल 

– नेपालले लाओसलाई २–१ ले हराउँदै च्याम्पियन ट्रफी उचालेको । 

– नेपालले ट्रफीसहित पाँच हजार अमेरिकी डलर र उपविजेता लाओसले तीन हजार डलर प्राप्त गरेका ।

– भुटान सम्मिलित सिङ्गल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा आयोजक नेपाल शीर्ष र लाओस उपविजेता हुँदै फाइनलमा पुगेका । यसअघि नेपालले सन् २०२१ मार्चमा भएको थ्री नेसन्स कपको उपाधि जितेको थियो । नेपालले फाइनलमा बङ्गलादेशलाई २–१ ले हराएको थियो । नेपालसँगै बङ्गलादेश र किर्गिस्तानको यू–२३ टोलीको सहभागिता थियो ।

१२. सरकार र मिटरब्याज पीडितबीच पाँचबुँदे सहमति कहिले भएको हो ?

 वि.सं. २०७९ चैत १८

– समस्या समाधानका लागि आयोग गठन गर्ने, मिटर ब्याजसम्बन्धी कार्यलाई कसुर कायम गर्नेलगायतका विषयमा सहमति भएको ।

१३. तीन वर्षपछि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका ‘रसुवागढी’ दुईतर्फी सञ्चालनमा कहिलेदेखि आएको हो ?

 वि.सं. २०७९ चैत १८

– दुवै देशका प्रतिनिधिमण्डलद्वारा संयुक्त रूपमा उद्घाटन गरी सो नाका पुनः दुईतर्फी सञ्चालनमा आएको 

घोषणा गरिएको ।

– नाका सञ्चालनमा आएसँगै दुईतर्फी कार्गो सेवाका साथै मानव आवागमनसमेत सुरु भएको ।

– कोरोना महामारीका कारण देखाउँदै चीनले २०७६ माघदेखि २०७७ जेठसम्म नाका बन्द गरेको । 

– सोपश्चात् चीनले कोटा प्रणालीअनुसार आफ्नै कन्टेनरमार्फत सामान नेपाली भूमिसम्म ल्याइदिने गरेको थियो । अब चीनबाट नेपाली कन्टेनरले नै सामान लोड गरी ल्याउने भएका । 

१४. पुतली बाजे भनी कसलाई चिनिन्छ ?

 कोलिन स्मिथ 

– जीवनको लामो कालखण्ड पुतलीको अनुसन्धानमा बिताएका स्मिथले त्यसबारे थुप्रै पुस्तकसमेत 

प्रकाशन गरेका ।

– स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका । 

– उनले गोरखाको अमरज्योति मावि (लुइँटेल)मा अध्यापन गरेका । पूर्वप्रम डा. बाबुराम भट्टराई र दिवङ्गत भइसकेका वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका शिष्य थिए । 

– लामो समयदेखि नेपालमा रहँदै आएका बेलायतका नागरिक कोलिन स्मिथलाई उनको योगदानको कदर गर्दै सन् २०१९ डिसेम्बरमा मानार्थ नागरिकता प्रदान गरिएको ।

– २०७६ कात्तिक २९ को मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको ।

– सगरमाथा आरोही एडमन्ड हिलारी र विश्वप्रसिद्ध भूगर्भविद् टोनी हेगनपछि उनलाई यो प्रकृतिको नागरिकता दिइएको ।

– मानार्थ नागरिकता प्राप्त गर्ने चौथो व्यक्ति दक्षिण कोरियाका पर्वतारोही उम होङ्ग गिल (सन् २०२०) हुन् । 

१५. विश्वव्यापी नवप्रवर्तन सूचकाङ्क २०२२ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

 १११औँ

– सन् २०२१ मा पनि नेपाल १११औँ स्थानमा रहेको ।

– सूचीको अग्रस्थानमा रहन सफल प्रथम पाँच राष्ट्र ः स्विट्जरल्यान्ड, अमेरिका, स्विडेन, बेलायत र नेदरल्यान्ड

– १३२ देश समेटी तयार पारिएको सो सूचीको अन्तिम स्थानमा गिनी रहेको । 

दक्षिण एसियाली राष्ट्रहरूको अवस्था 

भारत : ४०औँ

श्रीलङ्का : ८४औँ

पाकिस्तान : ८७औँ

बङ्गलादेश : ११०औँ 

नेपाल : १११औँ

– प्रतिवेदनमा समेटिएका दक्षिण एसियालीका पाँच देशमध्ये नेपाल सबैभन्दा पछाडि रहेको ।

१६. नेपालमा कारागार नभएका जिल्ला कतिवटा रहेका छन् ?

 पाँच

– धनुषा, बारा, भक्तपुर, नवलपरासी पूर्व र रुकुम पूर्व

– नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा ७४ 

कारागार रहेका ।

– काठमाडौँ र दाङ जिल्लामा दुई÷दुईवटा कारागार रहेका ।

– नेपालको पहिलो जेल ‘सदर जेल’ (वि.सं. १९७१, 

काठमाडौँ) हो । 

– बाँकेको गनापुरमा खुला कारागारको निर्माण कार्य 

अघि बढाइएको । 

– नेपालमा वि.सं. २०१९ मा कारागार ऐन, २०१९ निर्माण भई उक्त ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरी कारागार नियमावली, २०२० तर्जुमा भई लागू गरिएको ।

– वि.सं. २०५० साउन १ देखि गृह मन्त्रालयअन्तर्गत केन्द्रीय तहमा कारागार व्यवस्थापन विभागको स्थापना भई सञ्चालनमा आएको ।

१७. बङ्गलादेशकै सबैभन्दा लामो पुलको लम्बाइ कति रहेको छ ?

 ६.१५ कि.मि.

– पद्मा ब्रिज नामक यस पुलको उद्घाटन सन् २०२२ जुन २५ मा भएको ।

– यस पुललाई विश्वकै गहिरो जगमा बनेको पुल मानिने । 

– बङ्गलादेशले आफ्नै लागतमा सन् २०१५ नोभेम्बरबाट यस पुलको निर्माण सुरुवात गरेको थियो ।

– पुलको निर्माण लागत करिब ३.६ विलियन डलर रहेको ।

– ४१ स्पानसहितको यो पुल तल रेल (सिङ्गल ट्र्याक) एवं माथि गाडी गुड्ने (चार लेन)युक्त रहेको । पुलको एप्रोच सडक १२ किलोमिटर रहेको । 

– मुलुकको दक्षिण–पश्चिम क्षेत्रलाई राजधानी (ढाँका)सँग जोड्ने यस पुलले मुलुकको कुल गार्हस्थ उत्पादन १.२३ प्रतिशतले वृद्धि हुने अनुमान रहेको ।

१८. विश्व स्वास्थ्य सङ्गठनद्वारा नुनको दैनिक उपभोगको मात्रा कति निर्धारण गरिएको छ ? 

 ३ देखि ५ ग्राम 

१९. पूर्वको गोसाइँकुण्ड भनी चिनिने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुन हो ?

 तिम्बुपोखरी 

प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्र   

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 38
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 119
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 35
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA