Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

गोरखापत्र चैत्र २९ लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Pranisha Raya
  • April 12, 2023
  • 234

गोरखापत्र चैत्र २९ लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

गोरखापत्र चैत्र २९ लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. सन् २०२३ अप्रिल ४ मा विश्व बैङ्कद्वारा सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट : फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भाएरन्मेन्ट’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

 ४.१ प्रतिशत

  • विश्व बैङ्कले आयात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति, कम राजस्व सङ्कलन एवं खुम्चँदो सरकारी खर्चका कारण यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुने जनाएको । आर्थिक वर्ष सन् २०२४ मा भने पर्यटन क्षेत्रमा थप सुधार, विप्रेषण आप्रवाहमा वृद्धि, मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण वृद्धिदर बढेर ४.९ प्रतिशत पुग्ने विश्व बैङ्कको प्रक्षेपण रहेको । 
  • त्यसैगरी अप्रिल ४ मा नै एडीबीद्वारा सार्वजनिक एसियन डेभलपमेन्ट आउट लुकअनुसार पनि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान रहेको ।
  • चालु वर्ष कसिलो मौद्रिक नीति, महामारीको बाँकी प्रभाव तथा विश्वव्यापी अस्थिरताका कारण त्यसको असर नेपालको वृद्धिदरमा देखिने एडीबीको अनुमान रहेको ।
  • आगामी वर्ष सन् २०२४ मा अर्थतन्त्रमा सुधार भई ५ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण रहेको ।
  • पर्यटन क्षेत्रमा हुने सुधार र ऊर्जा उत्पादनमा हुने वृद्धि अर्थतन्त्रको वृद्धिदरलाई आधार प्रदान गर्ने जनाइएको ।

एडीबीको प्रतिवेदनअनुसार दक्षिण एसियाली राष्ट्रहरूको अवस्था 

माल्दिभ्स ७.१ प्रतिशत 

भारत ६.४ प्रतिशत

बङ्गलादेश ५.३ प्रतिशत

भुटान ४.६ प्रतिशत

नेपाल ४.१ प्रतिशत 

पाकिस्तान ०.६ प्रतिशत

श्रीलङ्का ३ प्रतिशत

  • विश्व बैङ्कको यो प्रक्षेपण एडीबीको तुलनामा ०.१ प्रतिशतले कम रहेको । 
  • चालु आ.व.मा नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपणको तुलनामा खुम्चने एडीबी र विश्व बैङ्क दुवैको अनुमान रहेको । दुवै दातृ निकायले अप्रिल ४ मा सार्वजनिक गरेका छुट्टाछुट्टै प्रतिवेदनले नेपालको चालु आ.व.मा आर्थिक वृद्धिदर घट्ने उल्लेख गरेका । छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरे पनि दुवै संस्थाले समान ४.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेका ।

२. आदर्श पत्रकारिता पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

 वरिष्ठ पत्रकार किशोर नेपाल (राशि ः रु. १,११,१११।–) 

३. बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुअघि वडा कार्यालयबाट विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेस गरी सिफारिस लिनुपर्ने व्यवस्था कुन पालिकाले गरेको छ ?

 गोलन्जोर गाउँपालिका (सिन्धुली) 

  • विवाहका लागि २० वर्ष पुग्नुपर्ने र उमेर नपुगी विवाह गर्ने जोडीलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट समेत वञ्चित गर्ने निर्णय (२०७९ चैतमा) भएको । 
  • बालविवाह मानव विकास सूचकको हिसाबले पनि अनुपयुक्त रहेको र त्यसले सामाजिक विकृति, स्वास्थ्य समस्या, शारीरिक विकासमा बाधाजस्ता समस्या हुने गरेको स्थानीय तहले जनाएको । 

४. लमजुङस्थित दोर्दी कोरिडोर प्रसारण लाइन कहिलेदेखि पूर्ण सञ्चालनमा आएको हो ?

 वि.सं. २०७९ चैत २३ 

  • लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएको ।
  • २०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएका चारवटा टावरको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको । 
  • नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेँसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो ।
  • यो प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत्सहित त्यस कोरिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिनेछ ।

५. अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कस्थित एक अदालतसमक्ष आत्मसमर्पण कहिले गरेका हुन् ?

 सन् २०२३ अप्रिल ४

  • अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिले अदालतमा आत्मसमर्पण गरेको यो पहिलो पटक हो
  • यसअघि अमेरिकी संसद्ले ट्रम्पविरुद्ध दुई पटक महाभियोग प्रस्ताव ल्याए पनि पारित हुन सकेको थिएन । गत साता अदालतले अभियोगपत्र दर्ता गरेर मुद्दा अगाडि बढाउने निर्णय गरेसँगै ट्रम्प अदालत पुगेका हुन् । 
  • झन्डै १ घण्टा प्रहरी हिरासतमा बसेका ट्रम्पलाई अदालतले आउँदो डिसेम्बरमा अदालतमा उपस्थित हुने गरी जमानतमा रिहा गरेको छ । उनीमाथि ३४ वटा अभियोग लगाइएको छ ।
  • सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पले पूर्वपोर्नस्टार स्टर्मी डेनियल्ससँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न दिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । यस्तै अवैध रूपमा सम्पत्ति जोडेको, ह्वाइटहाउसबाट महìवपूर्ण कागजात गायब गरेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइटहाउसमा आक्रमण गराएकोलगायत उनीमाथि ३४ वटा मुद्दा लगाइएको छ । उनले ती आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
  • आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका ७६ वर्षीय ट्रम्पलाई यसले ठूलो झट्का लागेको छ । 

६. विन्ध्यवासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्ड, २०७९ बाट सम्मानित हुने कलाकार को हुन् ?

 सङ्गीतकार प्रकाश गुरुङ (पुरस्कार राशि ः रु. १ लाख) 

७. तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 वि.सं. २०७९ चैत २३–२५, काठमाडौँ

  • सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको ।
  • आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्र लाग्नुपर्ने, वातावरणमैत्री कृषि, उत्पादनमा वृद्धि, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडललाई अगाडि बढाइने, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्म स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्रान्ड प्रवद्र्धन गर्ने घोषणापत्रमा जनाइएको । 
  • त्यसैगरी सहकारी सिद्धान्त, मूल्य–मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थामा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायका माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिबद्धतालगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको । 

८. बेलायत सरकारले स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्नेसम्बन्धी सफ्टवेयर प्रणाली सूत्र नेपाललाई कहिले हस्तान्तरण गरेको हो ?

 वि.सं. २०७९ असार ९

  • बेलायत सरकारले स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)’ हस्तान्तरण गरेको ।
  • हाल ७५३ वटै स्थानीय तहले खर्च व्यवस्थापनका लागि सोही सफ्टवेयर प्रयोगमा ल्याएका । 
  • नेपाल सरकारले २०७६ वैशाख १७ मा स्थानीय तहलाई सफ्टवेयर प्रयोगमा ल्याउनुपर्ने निर्णय गर्दै प्रणाली स्वीकृत गरेको थियो ।
  • प्रदेश र स्थानीय तहमा आधारभूत बजेटिङ तथा लेखाङ्कन मापदण्डमा आधारित आर्थिक कारोबारको व्यवस्थापन सहज रूपमा गराउने उद्देश्यले विकास गरिएको वेबमा आधारित सफ्टवेयर प्रणालीको मोडल प्रदेश र पालिकाका लागि छुट्टाछुट्टै निर्माण गरिएको जनाइएको ।

९. राष्ट्रिय भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?

 माघ २ गते

  • २०७९ को नारा : भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार
  • नेपालमा वि.सं. १९९० माघ २ मा गएको भूकम्पको स्मरण गर्दै २०५५ देखि यो दिवस मनाउन थालिएको ।

१०. षट्कोणलाई कसको प्रतीकका रूपमा लिइन्छ ?

 सरस्वती 

११. नेपाली साहित्यका प्रथम शहीद भनी कसलाई चिनिन्छ ?

 सुब्बा कृष्णलाल अधिकारी 

१२. मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि छानबिन आयोगको गठन कहिले गरियो ?

 वि.सं. २०७९ चैत २०

  • पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको सदस्यमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहनुभएको । 
  • आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि तोकिएको । 

१३. नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)को २०७९ चैत २० मा सम्पन्न १७औँ अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को हुन् ?

 पुरुषतर्फ : प्रिन्स दाहाल र महिलातर्फ : एन्जिला तुम्वापो सुब्बा

  • सर्वश्रेष्ठ दुवै खेलाडीलाई जनही एक÷एक लाख रुपियाँ प्रदान गरिएको ।

वर्ष उत्कृष्ट खेलाडी 

  • पुरुषतर्फ : प्रिन्स दाहाल (ब्याडमिन्टन) 
  • महिलातर्फ : एन्जिला तुम्वापो सुब्बा (फुटबल)

प्रतिभाशाली वर्ष खेलाडी (५०÷५० हजार)

  • महिलातर्फ : चन्चला दनुवार (कराँते) 
  • पुरुषतर्फ : सद्भाव आर्चाय (गल्फ) 

एनएनआईपीए वर्षका उत्कृष्ट खेल

  • पत्रकार : ध्रुव तुलाधार (३५ हजार)
  • गजराज स्मृति आदर्श व्यक्तित्व : खड्कबहादुर रानाभाट (३५ हजार)
  • वर्ष उत्कृष्ट पारा एथ्लिट : शुभेक्षा खतिवडा (१५ हजार)

१४. नेपालमा पहिलो पटक अफलाइनबाटै माटो परीक्षण र कृषि उपजमा लाग्ने रोगको पहिचान गर्नका लागि निर्मित मोबाइल एप कुन हो ?

 साथी

१५. सिंहदरबारमा आगलागी हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

 कीर्तिनिधि विष्ट

१६. ‘मिसन मुनाल’ केसँग सम्बन्धित छ ?

 भू–उपग्रह

  • नेपाल र थाइल्यान्डका विद्यार्थीद्वारा निर्माण गरिने यो भू–उपग्रह वि.सं. २०८० वैशाखभित्र प्रक्षेपण गर्ने लक्ष्य रहेको ।
  • पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरिएको ।

१७. ‘बुलेट महाराज’ भनेर कसलाई चिनिन्छ ?

 युवराज त्रैलोक्य 

१८. घोडेजात्राको चलन चलाउने मल्ल राजा को हुन् ?

 जयप्रकाश मल्ल 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 71
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 47
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 49
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 143
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 27
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA