आठौं उर्जा सम्मेलन,राष्ट्रिय सहकारी महासम्मेलन

आठौं उर्जा सम्मेलनः
- कहिले देखि कहिले सम्मःवि.सं.२०८० बैशाख ५ – ६
- कसले आयोजना गरेको: स्वतन्त्र कर्जा उत्पादकहरुको संस्था नेपाल “इपान’
- नारा: “हरित ञर्जाको बजार विस्तारीकरण”
- ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन् । सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको ।
- सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय अर्जा विकास र बजार विस्तारका लागि सम्झौता गरिएको । सम्मेलनमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशिय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिएको ।
राष्ट्रिय सहकारी महासम्मेलन:
- कहिले देखि कहिले सम्म:वि.सं.२०७९ चैत्र २३-२६
- कसले आयोजना गरेको: राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
- कतिऔं संस्करण: तेस्रो
- सम्मेलनमा ११ बुँदे घोषणापत्र सार्वजनिक गरिएको ।
- महासम्मेलनकै अवसरमा अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र र नेडाकको बोर्ड बैठक समेत काठमाडौंमा आयोजना गरिएको ।
- महासम्मेलनको उद्धाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समापन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका ।