Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बेरूजु र यसका प्रकार

  • Bijeta Kunwar
  • April 30, 2023
  • 470

बेरूजु र यसका प्रकार

बेरूजु र यसका प्रकार

बेरुजु परिचय

  • रुजु हुन नसकेको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ ।
  • रितपूर्वक नभएको आर्थिक कारोबार नै बेरुजु हो ।
  • प्रचलित कानून एवं लेखाको सिद्धान्त विपरित भएको कारोबारलाई बेरुजु भनिन्छ ।
  • यो कमजोर वित्तीय व्यवस्थापनको उपज हो ।
  • बेरुजुले आर्थिक पारदर्शिता र सुशासनमा प्रत्यक्ष असर पुग्याउँदछ ।

बेरुजुका प्रकार

बेरुजुका प्रकारलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

क) सैद्धान्तिक बेरुजु

  • रकमको लगत नरहेको बेरुजु सैद्धान्तिक बेरुजु हो।
  • यो नीतगत सुधारको लागि औंल्याईएको बेरुजु हो।

ख) लगती बेरुजु

  • लेखापरीक्षणको प्रतिवेदनको लगत महलमा रकम उल्लेख भएको बेरुजु नै लगती बेरुजु हो ।
  • यो असुल उपर गर्नुपर्ने बेरुजु हो ।
  • लगत बेरुजुलाई पनि विभिन्न भागमा विभाजन गर्न सकिन्छ । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

-असुल गर्नुपर्ने बेरुजु

प्रचलित कानून वा प्रमाण कागजातबाट पुष्टि हुने भन्दा कम असुली गरेको, असुल गरेभन्दा कम आम्दानी बाँधेको वा बढी भुक्तानी दिएको , हिनामिना वा हानि नोक्सानी पारेको कारण असुल उपर गर्नुपर्ने बेरुजु नै असुल उपर गर्नुपर्ने बेरुजु हो।

-अनियमित भएको बेरुजु

सम्बन्धित कानूनदवारा निर्धारित प्रकृया एवं रित नपुन्याएका कारण सृजित बेरुजु नै अनियमित भएको बेरुजु हो।

-प्रमाण पेश नभएको बेरुजु

कारोबारलाई पुष्टी गर्ने कागज एव भरपाई नभएको कारण सृजित बेरुजु नै प्रमाण पेश नभएको बेरुजु हो ।

-जिम्मेवारी नसारेको बेरुजु

नियमानुसार आगामी वर्षलाई जिम्मेवारी सार्नुपर्ने नगदी, जिन्सी, धरौटी जस्ता लगतलाई जिम्मेवारी नसारेबापत सृजित बेरुजु नै जिम्मेवारी नसारेको बेरुजु हो ।

-सोधभर्ना नलिएको बेरुजु

सापटी दिएको तथा बैदेशिक स्रोतबाट वेहोरीने गरी भएको खर्च यथासमयमा सापटी फिर्ता नभएको वा सोधभर्ना नगरिएको कारण सृजित बेरुजु नै सोधभरनी नलिएको बेरुजु हो ।

-पेश्की बाँकी बेरुजु

समयमा पेश्की फर्छ्यौट नभएको कारण सृजित बेरुजु नै पेश्की बाँकी बेरुजु हो ।

अतः बेरुजुलाई यसको प्रकृति र स्वरुप अनुसार विविध प्रकारमा विभाजन गर्न सकिन्छ ।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 45
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 24
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 93
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 50
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 55
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA