Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

व्यवस्थापनको परिचय | विशेषताहरु

  • Bijeta Kunwar
  • May 02, 2023
  • 856

व्यवस्थापनको परिचय | विशेषताहरु

व्यवस्थापनको परिचय | विशेषताहरु

व्यवस्थापनको परिचय | अवधारणा

  • सामान्य अर्थमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरि उच्चतम्‌ प्रतिफल हासिल गर्ने कार्यलाई व्यवस्थापन भनिन्छ ।
  • संगठनको लक्ष्य एवं उद्देश्य प्रभावकारी रुपमा हासिल गर्न अपनाईने विधि, प्रकृया एवं पद्धति हो व्यवस्थापन ।
  • यो बहुआयामिक विषय हो ।
  • व्यवस्थापनलाई सार्वजनिक व्यवस्थापन र निजी व्यवस्थापन गरि दुई भागमा विभाजन गर्न सकिन्छ।
  • निजी क्षेत्रमा अपनाईएको व्यवस्थापनलाई निजी व्यवस्थापन र सार्वजनिक क्षेत्रमा अपनाईएको व्यवस्थापनलाई सार्वजनिक व्यवस्थापन भनिन्छ ।
  • सार्वजनिक व्यवस्थापनलाई परम्परागत रुपमा सार्वजनिक प्रशासन भनिन्थ्यो ।
  • सन्‌ १९८० को दशकमा सार्वजनिक प्रशासनमा निजी क्षेत्रका राम्रा र सफल व्यवस्थापकीय सिद्धान्तलाई अपनाईयो । तत्‌ पश्चात्‌ सार्वजनिक प्रशासनलाई सार्वजनिक व्यवस्थापन भन्न थालियो।
  • सार्वजनिक व्यवस्थापनलाई नयाँ सार्वजनिक व्यवस्थापनको नामले समेत चिनिन्छ।
  • प्रसिद्ध प्रशासनविद्‌ लुथर गुलिकले प्रसिद्ध प्रशासनविद्‌ लुथर गुलिकले POSDCORD अर्थात्‌ Planning, Organizing, Staffing, Directing, Coordinating, Reporting र Directing लाई व्यवस्थापनको रुपमा अर्थ्याएको पाईन्छ ।

व्यवस्थापनका विशेषता

व्यवस्थापनका विशेषताहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

  • यो एउटा बृहत अवधारणा हो ।
  • यसको निश्चित लक्ष्य एवं उद्देश्य हुन्छ ।
  • यो बहुआयामिक कार्य हो ।
  • यो गतिशील र परिवर्तनशील हुन्छ ।
  • व्यवस्थापनलाई कार्य सम्पादनको सारको रुपमा लिईन्छ ।
  • यसलाई सार्वजनिक र निजी गरि दुई भागमा विभाजन गर्न सकिन्छ ।
  • यसले स्रोत र साधनको बैज्ञानिक उपयोग गर्न मद्दत गर्दछ ।
  • यसमा Man, Money, Machine, Method र Market को संयोजन हुन्छ ।
  • यसलाई कला र विज्ञान दुवैको रुपमा लिईन्छ ।
  • यो समयसापेक्ष अवधारणा हो ।

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 113
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 36
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 120
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 103
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 138
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA