Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम

  • Bijeta Kunwar
  • May 21, 2023
  • 243

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम
  • १८८ बुंदे
  • सार्बजनिक मिति : वि.सं. २०८० जेठ ५
  • राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका।

मुख्य मुख्य बुँदाहरु

  • जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने
  • मानव विकास सूचकांकमा पछि परेको क्षेत्रलाई विशेष प्राथमिकतामा राखी स्रोत-साधन वितरण गरिने
  • राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइँने, विद्येमान कर प्रणालीमा पुनरावलोकन गरिने, राजस्वक्रो दायरा विस्तार गरिने, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औप्रचारिकु प्रणालीमा आबद्ध गरिने
  • पुँजीबजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिने, पुँजीबजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गरिने
  • देशभर बिमाको पहुँच विस्तार गरिने, न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गराउन सहजीकरण गरिने
  • राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरी नीति, योजना तथा अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गरिने, नीति अनुसन्धानमा रहेको संस्थागत दोहोरोपना हटाइने
  • रासायनिक मल समयमै उपलब्ध गराइने, रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याइने
  • नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहित गरिने
  • हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्म बिजुली खपत गर्नेले निःशुल्क पाउने
  • निजी क्षेत्रलाई विद्युत्‌ व्यापार गर्न दिने घोषणा
  • देशका प्रमुख सहरहरूमा भूमिगत विद्युत्‌ वितरण प्रणालीलाई विस्तार गरिने
  • २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोगको प्रबन्ध मिलाइने
  • स्वदेशी उत्पादन प्रवर्दूधन गर्न हाम्रो उत्पादन, हाम्रो स्वाभिमानद्व अभियान चलाइने
  • पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गरिने
  • दुई वर्षभित्र सबै घरधुरीमा बिजुली पुन्याइने
  • हरेक स्थानीय तहमा कम्तीमा एक विद्यालयुलाँई सँमार्देविच्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था सिलाइने
  • बाराको निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल तिमाण प्रक्रिया अगाडि बढाइने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका रमिनल भवन स्तरोन्नति गरिने
  • हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने
  • २०८० को दशकलाई नेपाल भ्रमण दशक घोषणा,
  • सन्‌ २०२५ लाई नपाल भ्रमण वर्षका रुपमा मनाइने
  • नेपाल वायुस्ेवौ निगेम्‌ (नेवानी)को पुनर्संरचना गरिने
  • नयाँ हिमाल आरोहणका लागि खुला गरिने
  • पेट्रोलियम गाडीलाई विद्युतीय बनाउने प्रविधिमा सहुलियत दिइने
  • उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी पुनरावलोकन गरिने, औद्योगिक क्षेत्रमा विदेशी लगानी भिर्त्याउन कूटनीतिक नियोग प्रयोग गरिने
  • लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गरिने,
  • पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने। हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन अध्ययन गरिने
  • पर्यावरणमा असर नपर्ने गरी ढुंगा, गिटी, बालुवा निर्यातका लागि अध्ययन गरिने
  • तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिने
  • अस्वस्थ र ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा,ङंपलब्ध गराउने नीति लिइने
  • नदी किनारमा रहेका भूमि-आवासविहीनलाई सथानान्तेरण गरिने
  • सडक, रेल, जलमार्ग, हवाई क्षेत्र समेट्ने,गरी एकीकृत राष्ट्रिय गुरुयोजना तयार गर्ने घोषणा
  • तयारी पूरा भएका परियोजनालाई मात्रै बजेट दिइने
  • उस्तै प्रकृतिका सरकारी कम्पनी मर्जरमा जोड दिइने
  • आवास तथा बस्ती विक्रासमा तिन तहका सरकारको भूमिका स्पष्ट हुने गरी मौजुदा नीति तथा कानुनमा परिमार्जन गरिने
  • मध्यपहाडी लोकमार्ग आसपासका दशवटा नयाँ सहरलाई पहिचानयुक्त सहरको रूपमा बिकास गरिने
  • काठमाडौं उपल्यंकालगायत मुलुकका विभिन्न भूभागका ठूला सहरको फोहोरमैलाको दिगो र निर्वाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिने
  • जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्थानशीलता वृद्धि गरिने
  • बहुतले भवनमा हुन सक्ने आगलागी, वन डढेलोलगायतका घटना नियन्त्रणका लागि उपयुक्त आधुनिक उपकरणको व्यवस्था गरिने
  • महिला तथा किशोरीविरुद्ध हुने सबै प्रकारका हिँसा, विभेद र शोषणको अन्त्य गरिने, सबैखाले बालश्रम शोषणको अन्त्य गरिने
  • सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनर्संरचना गरी आयुर्वेदिक औषिधको उत्पादन र उपलब्धता वृद्धि गरिने
  • युवा र उद्यमशीलतासँग सम्बन्धित कोषहरूलाई एकीकरण गरिने
  • मर्यादित श्रमसहितको रोजगारीको सुनिशचितता गरिनेछ, श्रमिकको हक अधिकार र न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने
  • युवासँग सरकार, हुनेछैनन्‌ बेरोजगार अभियानअन्तर्गत आँगामी दुई वर्षभित्र पाँच लाख थप आन्तरिक रोजगारी सिर्जना गरिने
  • तीन वर्षभित्र जग्गाधनी प्रमाणपुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारीचालक अनुमतिपत्र जारी गर्दा अन्निवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 56
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 29
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 110
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 54
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 61
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA