Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भूगोल सम्बन्धि ज्ञान-अक्षांश,देशान्तर,तिथि रेखा तथा अन्य

  • Prija Shrestha
  • May 24, 2023
  • 795

भूगोल सम्बन्धि ज्ञान-अक्षांश,देशान्तर,तिथि रेखा तथा अन्य

भूगोल सम्बन्धि ज्ञान-अक्षांश,देशान्तर,तिथि रेखा तथा अन्य

अक्षांश (LATITUDE)

  • के हो?-भूमध्यरेखासँग समानान्तर हुने गरी पृथ्वीको उत्तर दक्षिणीतर्फ खिचिएको तेस्रो काल्पनिक रेखालाई अक्षांश भनिन्छ।
  • कस्ता हुन्छन?- जुन रेखाहरु पूर्ण वृत्ताकारमा खिचिएका हुन्छन्‌ , जसले दूरी मापन गर्दछ।
  • फरक?-अक्षांश रेखाहरु १/१ डिग्रीको फरकमा हुन्छन्‌ ,-१(degree) अक्षांश फरमा सदर १११ कि.मी फरक पर्दछ ।
  • कर्कट रेखा?-साढे २३(degree) उत्तरी अक्षांश रेखालाई भनिन्छ ,
  • मकर रेखा?- साढे २३(degree) दक्षिणी अक्षांश रेखालाई भनिन्छ,
  • कुमेरु रेखा?- साढे ६६(degree) दक्षिणी अक्षांश रेखालाई भनिन्छ,
  • सुमेरु रेखा?- साढे ६६(degree) उत्तरी अक्षांश रेखालाई भनिन्छ।

देशान्तर (LONGITUDE)

  • के हो?- प्रधानमध्यान्ह रेखाको पूर्व पश्चिम दिशातर्फ खिचिएका ठाडा काल्पनिक रेखालाई देशान्तर भनिन्छ ,
  • मापन ?- देशान्तर काल्पनिक रेखा हो , जसले समय मापन गर्दछ
  • कस्ता हुन्छन?- देशान्तर रेखा अर्धवृत्ताकार हुन्छ तर लम्बाई बराबर हुन्छन्‌ ।
  • फरक ?- १(degree) देशान्तरको फरकमा ४ मिनेट हुन्छ,
  • रेखाहरु ?- देशान्तर रेखाहरु उत्तर र दक्षिणी ध्रुवमा अन्त्य हुन्छन ।

भूमध्यरेखा (EQUATOR)

  • को हो ?- पृथ्वीलाई ठिक बिचबाट आधा हुने गरी पृथ्वीको पूर्व पश्चिम दिशातर्फ उत्तर दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखालाई भूमध्यरेखा भनिन्छ ।
  • प्रकाश ?- भूमध्यरेखामा सूर्यको प्रकाश सिधा रुपमा पर्दछ ,
  • उत्तरमा ?- भूमध्यरेखाको उत्तरमा ९०(degree) सम्म ९० वटा हुन्छन्‌ ,
  • दक्षिणमा ?-भूमध्यरेखाको दक्षिण्मा ९०(degree) सम्म ९० वटा हुन्छन्‌ ।
  • विभाजन ?-भूमध्यरेखाले पृथ्वीलाई २ भागमा विभाजन गरिएको छ,
  • अक्षांश ?- उत्तर र दक्षिण दिशातर्फ खिचिएका हुन्छन्‌ ,-९०/९० गरी १८० वटा हुन्छन्‌ ,
  • देशान्तर ?- पूर्व पश्चिम दिशातर्फ खिचिएका हुन्छन्‌ -१८०/१८० गरी ३६० वटा हुन्छन्‌ ।

अर्न्तराष्ट्रिय तिथि रेखा:

  • के हो?-विश्वको तिथि, मिति छुट्याउने १८०(degree) देशान्तर रेखालाई नै अर्न्तराष्ट्रिय तिथि रेखा भनिन्छ ,
  • समय?-पृथ्वीको हरेक १८०(degree) देशान्तरमा ४ समय फरक पर्दै जाँदा ग्रेनवीच देखि ,
    • पूर्वमा : १८०(degree)सम्म १२ घण्टा समय चाडो र,
    • पश्चिममा : १८०(degree) सम्म १२ घण्टा समय ढिलो हुन्छ,
  • आधार – यस रेखालाई नै आधार मानेर सन्‌ १८८४ नोभेम्बर १ मा अर्न्तराष्ट्रिय समयको निर्धारण गरिएको थियो ।
  • कस्ता हुन्छन् रेखा?- एउटै स्थान वा देशभित्र तिथि, मिति र बारमा एकरुपता ल्याउन अर्न्तराष्ट्रिय तिथिरेखा बाङ्गो गरी खिचिएको हुन्छन्‌ ,

ध्रुव (POLE)

  • के हो?-पृथ्वीको भूमध्यरेखा बाट ९०० मा पर्ने अक्ष मा रहने र जसमा पृथ्वी आफ्नो कक्षमा घुम्दछ, त्यसलाई ध्रुव भनिन्छ,
  • पृथ्वीको आकार मा?-पृथ्वीको धुर्वीय भाग केही थेप्चिएको छ र बीचको भाग ध्रुवीय भागको तुलनामा फुकेको छ,
  • उत्तरी ध्रुव?-पृथ्वी गोलाकार छ र तल माथि थेप्चिएको छ,उत्तरतर्फको बिन्दुको वरिपरीको भागलाई नै उत्तरी ध्रुव भनिन्छ,
    • उत्तरी ध्रुव पत्ता लगाउने : रोबर्ट पेरी ( १९०९ )
    • अत्यधिक चिसो हुने ठाउँ
  • दक्षिणी ध्रुव ?-पृथ्वीको सबैभन्दा दक्षिणी स्थान नै दक्षिण ध्रुव हो,
    • दक्षिणी ध्रुव पत्ता लगाउने : रोल्ड एमन्डसन (१९११ मा)
    • दक्षिण ध्रुवमा पुग्ने पहिलो नेपाली : रविन्द्र बस्नेत

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 135
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 127
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 131
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 115
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA