नेपाल UN को आर्थिक तथा सामाजिक परिषदको सदस्यमा निर्वाचित

- संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको निर्वाचनमा नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को सदस्यमा निर्वाचित भएको छ ।
- मिति: ८ जुन २०२३
- सन् २०२४ जनवरी १ देखि २०२६ डिसेम्बर ३१ सम्म तीन वर्षे कार्यकालका लागि नेपाल ECOSOC को सदस्यमा निर्वाचित भएको हो।
- एसिया प्यासिफिक समूहबाट सबैभन्दा बढी १४५ मत ल्याएर नेपाल ECOSOC सदस्यमा निर्वाचित भएको । नेपालसँगै पाकिस्तान र जापान पनि निर्वाचित भएका छन् ।
हाल सम्म संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा नेपाल
- पहिलो पटक : सन् १९८० जनवरी – १९८२ डिसेम्बर
- दोस्रो पटक: सन् २००३ जनवरी – २००५ डिसेम्बर
- तेस्रो पटक : सन् २०१३ जनवरी – २०१५ डिसेम्बर
- चौथो पटक: सन् २०२४ जनवरी – २०२६ डिसेम्बर
United Nation Economic and Social Council(ECOSOC)
- संयुक्त राष्ट्रको आर्थिक र सामाजिक परिषद् संयुक्त राष्ट्र संघका छवटा प्रमुख अंगहरू मध्ये एक हो
- ECOSOC ले अन्तर्राष्ट्रिय आर्थिक र सामाजिक मुद्दाहरूमा छलफल गर्न र सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्र सङ्घीय प्रणालीलाई सम्बोधन गरिएका नीतिगत सिफारिसहरू तयार गर्ने केन्द्रीय फोरमको रूपमा कार्य गर्दछ।
- सदस्य : ५४ (१८ सदस्यहरू प्रत्येक वर्ष निर्वाचित)
- कार्यकाल :३ वर्ष
सदस्य निर्वाचित हुने क्षेत्र
क्षेत्र | राष्ट्र |
अफ्रिका | १४ |
पश्चिम युरोप र अन्य | १३ |
एसिया | ११ |
ल्याटिन अमेरिका र क्यारिबियन | १० |
पूर्वी युरोप | ६ |
जम्मा | ५४ |