Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Bijeta Kunwar
  • June 21, 2023
  • 252

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. युरोपेली च्याम्पियन्स लिग २०२३ को उपाधि जित्ने फुटबल क्लब कुन हो ?

 म्यान्चेस्टर सिटी

– इङ्ग्लिस प्रिमियर लिग क्लव म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्यिन लिग उपाधि जितेको । 

– यसअघि म्यान्चेस्टर सिटीले प्रिमियर लिग र एफए कप पनि हात पारेको । म्यान्चेस्टर सिटीले एकै सत्रमा तीन उपाधि जितेर म्यान्चेस्टर युनाइटेडले बनाएको इतिहासको बराबरी गरेको । म्यान्चेस्टर युनाइटेडले सन् १९९९ मा सो दुर्लभ उपाधि हासिल गरेको थियो ।

– इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले क्लबको इतिहासमा पहिलो पटक यो उपाधि जित्न सफल भएको । 

२. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?

 जुन ७

– (सन् २०२३ को नारा : खाद्य पदार्थमा मापदण्ड, जीवनरक्षाको आधार स्तम्भ)

३. नेपाल सरकारको मुख्य सचिवमा नियुक्त हुने व्यक्तित्व को हुनुहुन्छ ?

 डा. वैकुण्ठ अर्याल 

– विसं २०८० जेठ ३२ को मन्त्रीपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको ।

– यसअघिका मुख्य सचिव शङ्करदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको । वैरागी आगामी असोज १४ गते सेवाबाट 

अवकाश हुँदै हुनुहुन्थ्यो ।

– विसं २०४६ माघमा नायब सुब्बा पदबाट निजामती सेवा सुरु गर्नुभएका अर्याल अधिकृत, उपसचिव, सहसचिव हुँदै २०७५ असार ३ गते सचिव पदमा बढुवा 

हुनुभएको थियो ।

– डा. अर्यालको सचिव भएको पाँचवर्षे कार्यकाल २०८० असार २ गते सकिन लागेको थियो ।

– उहाँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको ।

– उहाँ २०८२ साल कात्तिकसम्म मुख्य सचिव पदमा बहाल रहने । 

४. बागमती प्रदेश सरकारद्वारा विसं २०८० जेठ ३२ मा सार्वजनिक बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९/८० अनुसार राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा कति रहेको छ ?

 ३६.८० प्रतिशत

– प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धि १.८ प्रतिशत रहने । 

– राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा बागमतीको हिस्सा ३६.८० प्रतिशत हुने अनुमान । 

– राष्ट्रिय कृषि उत्पादनमा बागमतीको योगदान १७ प्रतिशत ।

५. लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?

 विसं २००८ असार १

– ‘नेपाल पब्लिक सर्भिस कमिसन’ नामबाट २००८ साल असार १ गते लोक सेवा आयोगको विधिवत् 

स्थापना भएको । 

– एक विशिष्टीकृत संवैधानिक निकाय, जसको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा नेपालको संविधानको भाग २३ अन्तर्गत धारा २४२ र २४३ मा व्यवस्था गरिएको ।

– लोक सेवा आयोगमा अध्यक्ष र अन्य चार जना सदस्य गरी पाँच जना पदाधिकारी रहने । 

– अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुने, पुनर्नियुक्ति हुन नसक्ने तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न भने सकिने ।

–  पहिलो विज्ञापन प्रकाशन : विसं २००८ भदौ १८ 

– अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट वस्तुगत बहुउत्तर उत्तर पुस्तिका परीक्षण सुरु : २०६९ भदौ ७

– अनलाइन प्रणालीबाट दरखास्त सङ्कलन सुरु : २०७१ चैत २३

– सुरक्षा निकाय, सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्राप्त : विसं २०७२

– उत्तर पुस्तिकाको दोहोरो परीक्षण सुरु : विसं २०७२ पुस ६

– एसेसमेन्ट सेन्टर मेथोडोलोजी (एसिएम) परीक्षण प्रविधिको सुरुवात : विसं २०७३

– राप द्वितीय श्रेणी (उपसचिव) अप्रविधिक पदमा ‘इन बास्केट एक्सरसाइज’ परीक्षण सुरुवात : विसं २०७५

– नेपालको संविधान अनुसार कार्यविधि व्यवस्थित गरी लोक सेवा आयोग ऐन, २०७९ जारी : २०७९ असार ३१

– लोक सेवा आयोगको दोस्रो रणनीतिक योजना (२०७९/८०–२०८२/८४) कार्यान्वयन : विसं २०८०

६. ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका कहिले घोषित भएको हो ?

 विसं २०८० जेठ २७

– खोप कार्यव्रmम अन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषित गरिएको ।

– त्यस्तै बाँकेका चार वटा (कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका) पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका । 

७. इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन कहिले भएको हो ?

 सन् २०२३ जुन १२

– (उनी चार पटकसम्म इटालीको प्रधानमन्त्री बनेका ।)

८. पुरुष टेनिस इतिहासमा सर्वाधिक २३ पटक ग्रान्डस्लाम विजेता बनी रेकर्ड कायम गर्न सफल खेलाडी को हुन् ?

 नोभाक जोकोभिक

– जोकोभिकले राफेल नाडालको २२ ग्रान्डस्लामलाई पछि पार्दै २३ औँ पटक सो उपाधि जितेका ।

– यस सफलतासँगै पुरुष टेनिस विधामा जोकोभिकलाई सर्वकालीन महान् खेलाडीका रूपमा हेरिएको ।

९. उपप्रधानमन्त्रीले कोसमक्ष शपथ लिनुपर्ने प्रावधान रहेको छ ?

 राष्ट्रपति 

१०. यु–२० विश्वकप २०२३ को विजेता राष्ट्र कुन हो ?

 उरुग्वे 

– उरुग्वे इटलीको यु–२० फुटबल टोलीमाथि १–० को कठिन जित निकाली विश्व च्याम्पियन बनेको ।

– खेल आयोजना : अर्जेन्टिना, सन् २०२३ मे २०–जुन ११ 

– छ महादेशका २४ राष्ट्रको सहभागिता रहेको ।

– सहभागी राष्ट्रलाई छ समूहमा विभाजन गरिएको थियो ।

११. नेपाल एयरलाइन्सको जहाजद्वारा मलेसिया–भैरहवा–काठमाडौँ व्यावसायिक उडान सुरु कहिले भएको हो ?

 विसं २०८० जेठ ३० (सन् २०२३ जुन १३)

१२. राजधानी काठमाडौँमा पहिलो राष्ट्रिय कफी सम्मेलनको आयोजना कहिले गरियो ?

 विसं २०८० असार २–५ 

– नेपाल कफी व्यवसायी महासङ्घको आयोजनामा नेपाली कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्धनका लागि राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी आयोजना भएको ।

१३. महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ निर्माण गरिने भएको छ ?

 पाँचखाल (काभ्रे)

– ५० रोपनी जग्गामा निर्माण हुन लागेको सो औद्योगिक ग्रामको निर्माण लागत ९६ करोड रुपियाँ हुने अनुमान ।

– सरकारले आव २०८०÷८१ को बजेटमार्फत पार्क निर्माणका लागि ४१ करोड रुपियाँ विनियोजन गरेको ।

– लघु, साना तथा मझौला महिला उद्यमीका ५० वटा उद्योग ग्रामभित्र रहने बनाइएको ।

– स्थानीय उत्पादनलाई प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने गरी ग्राम निर्माण गर्न लागिएको ।

१४. आफ्नो नीति तथा कार्यक्रममा एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउने स्थानीय तह कुन हो ?

 कालिञ्चोक गाउँपालिका (दोलखा)

१५. ‘हिति प्रणाली’ कृतिका लेखक पद्मसुन्दर जोशी हुन् भने ‘पानी घट्ट’ नामक कृतिका लेखक को हुन् ?

 सुरेश प्राञ्जली

१६. परराष्ट्र मन्त्रालयद्वारा पहिलो पटक परराष्ट्र सेवा दिवस कहिले मनाइएको हो ?

 विसं २०७८ जेठ १०

१७. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई सार्वजनिक सेवा दिवसका रूपमा मनाइन्छ ?

 जुन २३

१८. ब्रह्मान्डको पहिलो रङ्गीन तस्बिर कहिले सार्वजनिक गरिएको हो ?

 विसं २०२२ जुलाई ११

– नासाका वैज्ञानिकहरूले जेम्सवेब स्पेस टेलिस्कोपबाट सो तस्बिर खिचेका ।

– नक्सामा ब्रह्माण्डमा रहेका ग्रहहरूबाट निस्किएका प्रकाश पनि तस्बिरमा देख्न सकिने ।

१९. राष्ट्रिय जनगणना, २०७८ अनुसार बौद्ध धर्मावलम्बीको हिस्सा कति रहेको छ ?

 ८.२१ प्रतिशत

धर्म अनुसार जनसङ्ख्या (प्रमुख १०)

२०. विसं २०८० मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

 डा. जयराज आचार्य (पुरस्कार राशि : रु. १ लाख)

– (डा. आचार्यलाई भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पु-याएबापत सो पुरस्कार प्रदान गरिएको ।)

२१. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म विद्युत्को पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?

 ९५ प्रतिशत

– हालसम्म जडित विद्युत् क्षमता २०७९ असारको तुलनामा २१.७ प्रतिशत बढेर दुई हजार ६६६ मेगावाट पुगेको । 

२२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?

 १५.१ प्रतिशत

– त्यस्तै बहुआयामिक गरिबीको रेखामुनि १७.४ प्रतिशत जनसङ्ख्या रहेको । बहुआयामिक गरिबी ग्रामीण क्षेत्रमा २८ प्रतिशत र सहरी क्षेत्रमा १२.३ प्रतिशत रहेको । प्रदेशगत रूपमा सबैभन्दा बढी कर्णालीमा ३९.५ प्रतिशत जनसङ्ख्या बहुआयामिक गरिबीमा छ भने सबैभन्दा कम बागमतीमा मात्र ७ प्रतिशत जनसङ्ख्या बहुआयामिक गरिबीमा रहेको ।

२३. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार विसं २०७९ फागुन मसान्तसम्म देशभर कालोपत्रे सडकको लम्बाइ कति पुगेको छ ?

 १७,४८० किलोमिटर

– २०७८/७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७,२३२ किमी रहेको थियो ।

– आव २०७९/८० को फागुनसम्म देशभर ग्राभेल सडकको लम्बाइ ७,९५६ किमी र कच्ची सडक ८६६४ किमी रहेको ।

– कालोपत्रे, ग्राभेल र कच्ची गरी देशभर सडकको लम्बाइ ३४,१०० किमी रहेको । गत असारसम्म कुल सडकको लम्बाइ ३३,९९६ किमी रहेको थियो । 

प्रस्तुतकर्ता : टङ्क केसी

Source : Gorkhapatra

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 75
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 42
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 120
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 62
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 70
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA