Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Bijeta Kunwar
  • June 28, 2023
  • 343

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. एभिएसनसँग सम्बन्धित बेलायतको स्काई ट्रयाक्स नामक संस्थाका अनुसार सन् २०२३ मा विश्वकै उत्कृष्ट एयरलायन्स कुन बनेको छ ?

 सिङ्गापुर एयरलायन्स

यो सँगै सिङ्गापुर एयरलायन्स सञ्चालनको २३ वर्षमा पाँचौँ पटक विश्वकै उत्कृष्ट एयरलायन्स बन्न सफल भएको।

विश्वका उत्कृष्ट दस एयरलायन्स : 

सन् एयरलायन्स देश

१.  कतार एयरलायन्स कतार

२. अल निप्पोन एयरलायन्स जापान

३.  इमिरेट्स युएई

४. जापान एयरलायन्स जापान

५.  टर्किस एयरलायन्स टर्किए

६. एयर फ्रान्स फ्रान्स

७.  क्याथी प्यासिफिक हङकङ

८.  इभा एयर ताइवान

९.  कोरियन एयर द. कोरिया

२. सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो ?

 डोटी

विसं २०८० असार ४ मा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको।

३.  चार राजनीतिक पार्टीको समाजवादी मोर्चा घोषणा कहिले गरिएको हो ?

 विसं २०८० असार ४

चार दलले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र आर्थिक–सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने प्रमुख उद्देश्यका साथ मोर्चा बनाइएको बताएका।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित चार दलद्वारा समाजवादी मोर्चा नेपाल घोषणा गरिएको।

१५ बुँदे साझा उद्देश्य तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गर्दै मोर्चाको घोषणा गरिएको। 

४.  कतार र संयुक्त अरब इमिरेट्स (युएई) बिच पुनः कूटनीतिक सम्बन्ध स्थापना कहिले भएको हो ?

 सन् २०२३ जुन १९

सन् २०१७ को जूनमा आतङ्कवादलाई सहयोग पु¥याएको र क्षेत्रीय स्तरमा अस्थिरता निम्त्याएको भन्दै साउदी अरब, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कतारले भने यी आरोपको खण्डन गर्दै आएको थियो ।

यद्यपि, सन् २०२१ मा साउदी अरबलगायत खाडी मुलुकले अलउलमा भएको ४१ औँ खाडी सहकार्य परिषद् शिखर सम्मेलनका व्रmममा कतारसँग कूटनीतिक सम्बन्ध पुनस्र्थापनाको घोषणा गरेका थिए तर केही विषयमा सहमति जुट्न नसक्दा यी मुलुक र कतारबिच पूर्ण सामान्यीकरणको प्रव्रिmयामा ढिलाइ हुन पुगेको । 

५.  दी मिसेस नेसनल २०२३ को उपाधि जित्ने सुन्दरी को हुन् ?

 अनिता यादव

सो प्रतियोगितामा दीपा थानी फस्र्ट रनर्सअपका साथ बेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएका।

विवाहित महिलालाई चौघेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा तिनमा अन्तर्निहित प्रतिभा उजागर गरी बाहिर ल्याउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था मिडिया ग्रुप प्रालिले जनाएको । 

६.  युइएफए नेसन्स लिग–२०२३ को उपाधि जित्न सफल राष्ट्र कुन हो ?

 स्पेन

स्पेनले सन् २०२३ जुन १८ मा क्रोएसियालाई सडनडेथमा ५–४ ले हराएर नेसन्स लिगको उपाधि जितेको। स्पेनले ११ वर्ष पछि अन्तर्राष्ट्रिय फुटबल उपाधि हात पारेको। यसअघि स्पेनले सन् २०१० मा विश्वकप र सन् १९६४, २००८ तथा २०१२ मा युरोपेली च्याम्पियनसिप जितेको थियो । 

क्राेएसिया भने पटक पटक सँघारमा पुगेर पनि अझै पहिलो अन्तर्राष्ट्रिय उपाधिको पर्खाइमा छ। लुका मोड्रिचको क्रोएसिया सन् २०१८ को विश्वकपमा दोस्रो र सन् २०२२ को कतारमा भएको विश्वकपमा तेस्रो भएको थियो ।

नेसन्स लिग–२०२३ मा इटलीले घरेलु टोली नेदरल्यान्ड्सलाई ३–१ ले पराजित गरी तृतीय स्थान हासिल गरेको। 

७.  हाल विश्वकै सबैभन्दा होचो (जीवित) व्यक्ति को हुन् ?

 आफसिन स्माइल घडेरजाडदेह (इरान)

आफसिनको उचाइ ६५.२४ सेमी रहेको।

उनको तौल हाल ६.५ केजी रहेको।

८.  युरो मुद्रा प्रचलनमा ल्याउने २० औँ राष्ट्र कुन हो ?

 क्राेएसिया (सन् २०२३ जनवरी १ देखि)

९.  सुखी गाउँ घोषणा गरिएको गाउँ कुन हो ?

 घलेगाउँ (लमजुङ)

१०.  विश्वमा सबैभन्दा धेरै शरणार्थी बसोबास गर्ने देश टर्किए हो भने सबैभन्दा धेरै शरणार्थी हुन बाध्य भएको देश कुन हो ?

 सिरिया

११. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जातजातिको सङ्ख्या कति रहेको छ ?

 १४२ (जनगणना २०७८ अनुसार कुल भाषाको सङ्ख्या : १२४)

विभिन्न जनगणनामा जाति एवं भाषाको सङ्ख्या 

जनगणना जातजाति सङ्ख्या  भाषा सङ्ख्या

२०४८     ६०                         ३१ 

२०५८   १०१                        ९२

२०६८  १२५                      १२३

२०७८  १४२                    १२४

१२.  नेपालको पहिलो महिला प्रदेश सभामुख को हुन् ?

 नन्दा गुरुङ

उहाँ विसं २०७९ माघ १ मा कर्णाली प्रदेशको प्रदेश सभामुखमा निर्वाचित हुनुभएको। 

१३. ग्रिसको प्रधानमन्त्रीमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ?

– किरियाकोस मित्सोटाकिस (कन्जरभेटिभ न्यु डेमोक्रेसी पार्टी, सन् २०२३ जुन)

१४. पाँचौँ अल्पविकसित राष्ट्रहरूको सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०२३ मार्च ५–९, दोहा (कतार)

प्रत्येक दस वर्षमा आयोजना गरिने।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार हाल अल्पविकसित राष्ट्रहरूको सङ्ख्या ४६ रहेको।

सम्मेलनमा नेपालको तर्पmबाट प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा प्रतिनिधित्व भएको।

हालसम्म सम्पन्न सम्मेलनहरू

पहिलो –  सन् १९८१ (पेरिस)

दोस्रो –  सन् १९९० (पेरिस)

तेस्रो –  सन् २००१ (ब्रसेल्स)

चौथो –  सन् २०११ (इस्तानबुल)

१५.  सन् २०२३ मा जेल सजाय सुनाइएका नोबल पुरस्कार विजेता व्यक्ति को हुन् ?

 एलेस बालियात्स्की

सन् २०२२ को नोबल शान्ति पुरस्कार (मेमोरियल (रुस) तथा सेन्टर फर सिभिल लिबर्टिज (युक्रेन) संस्थाहरूसँगै) विजेता बाल्यिात्स्कीलाई सन् २०२३ मार्च ३ मा जेल सजाय (१० वर्षका लागि) सुनाइएको ।

सरकार विरोधी गतिविधि गर्ने उद्देश्यका साथ बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप यिनी माथि लागेको।

१६. नेपाल कहिलेदेखि अतिकम विकसित राष्ट्रको सूचीमा रहँदै आएको हो ?

 सन् १९७१ 

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि तेह्रौँ योजना अवधिदेखि प्रयास हुँदै आएको।

स्तरोन्नतिका लागि निर्धारित तीन मापदण्डमध्ये नेपालले मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कको मापदण्ड पूरा गरेको। 

संयुक्त राष्ट्रसङ्घले पछिल्लो पटक सन् २०२१ नोभेम्बरमा गरेको निर्णय अनुसार पाँच वर्षको तयारी अवधि (ग्रेस पिरियड) सहित सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकको श्रेणीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने संशोधित लक्ष्य रहेको ।

१७. नेपालसँग दौत्य सम्वन्ध कायम भएको १८१ औँ राष्ट्र कुन हो ?

 मार्सल आइल्यान्ड

नेपाल र मार्सल आइल्यान्डबिच सन् २०२३ जुन २३ मा कूटनीतिक सम्बन्ध कायम भएको।

त्यसै गरी, नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८० औँ राष्ट्र अफ्रिकी मुलुक क्यामरुन हो। नेपाल–क्यामरुनबिच सन् २०२३ जुन २२ मा कूटनीतिक सम्बन्ध कायम भएको।

१८. विश्वमा लैङ्गिक उत्तरदायी बजेटको सुरुवात कुन राष्ट्रबाट भएको हो ?

 अस्ट्रेलिया 

१९. नेपाल युएई श्रम सम्झौता नवीकरण कहिले भएको हो ? 

 विसं २०८० जेठ ३१ (सन् २०२३ जुन १४)

२०. कोशी प्रदेश साक्षर प्रदेश घोषित कहिले भएको हो ? 

 विसं २०७९ भाद्र २३

हालसम्म साक्षर घोषित प्रदेश

पहिलो बागमती २०७८ आश्विन ११

दोस्रो गण्डकी २०७८ आश्विन १४

तेस्रो कोशी २०७९ भाद्र २३

२१. आइएफआरसीको महासचिवमा नियुक्त हुन सफल पहिलो नेपाली को हुन् ? 

 जगन चापागाईं

उहाँ सन् २०२३ मे १० मा सो पदमा नियुक्त (दोस्रो कार्यकालका लागि) हुनु भएको। उहाँको पहिलो कार्यकाल सन् २०२० फेब्रुअरी ४ मा सुरु भएको थियो। 

आइएफआरसीको पूरा रूप इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रेसेन्ट सोसाइटिज रहेको। 

आइएफआरसीको स्थापना सन् १९१९ मे ५ मा भएको। 

यसको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको।

२२. विसं २०७९ पौष ३–६ सम्म काठमाडौँमा सम्पन्न दशौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाल पानारोमातर्पm उत्कृष्ट फिक्सन फिल्म बन्न सफल वृत्तचित्र कुन हो ?

 फोर नाइट्स (निर्देशक : दीपक रौनियार)

त्यस्तै, डकुमेन्ट्री विधातर्फ ‘आइरन डिगर’ (निर्देशक : अनिल बुढामगर) उत्कृष्ट घोषित भएको।

अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ बङ्गलादेशी निर्देशक जुवोराज समिमको फिल्म ‘द इन्सटिङ्क्ट’ एवं ननफिक्सन विधातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस् अफ द अर्थ’ उत्कृष्ट घोषित भएका ।

प्रत्येक विधामा उत्कृष्ट बन्न सफल फिल्मलाई अवार्डसहित ५०/५० हजार रुपियाँ नगद राशि प्रदान गरिएको।

महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिएको।

२३. विश्व वातावरण दिवस कहिले मनाउने गरिन्छ ?

 जुन ५ 

सन् २०२३ मा बिट प्लास्टिक पोलुसन भन्ने नाराका साथ मनाइएको।

वातापरणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘ओन्ली अन अर्थ’ लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जिउन योग्य एक मात्र ग्रह पृथ्वीको वैशिष्ट्य र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको।सन् १९७३ देखि यो दिवस मनाउँदै आइएको। 

२४.  विश्वको सबैभन्दा ठुलो जलविद्युत् आयोजना कुन हो ?

 थ्री गर्जेज (चीन) 

(चीनको याङ्जे नदीमा निर्मित यस जलविद्युत् उत्पादन केन्द्रको विद्युत् उत्पादन क्षमता २२,५०० मेगावाट रहेको छ। विश्वको दोस्रो ठुलो जलविद्युत् आयोजना ब्राजिल र पाराग्वेको सिमानामा बग्ने पराना नदीमा निर्मित इटाइपी हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट 

(१४, ००० मे.वा.) हो।)   

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Source : Gorkhapatra

Categories

  • Current Affairs 580
  • Gorkhapatra 302
  • Others 968
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Some important information about the geography of Nepal
Others

नेपालको भूगोलका केहि महत्वपूर्ण जानकारी

  • Apr 30, 2026
  • 29
World Dance Day, 2026
Current Affairs

विश्व नृत्य दिवस, २०२६

  • Apr 30, 2026
  • 112
Various indices and Nepal's position
Current Affairs

विभिन्न सूचकांक र नेपालको स्थान

  • Apr 30, 2026
  • 120
Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 153
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 143
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA