Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लिच्छविकालीन प्रशासनिक निकायहरु

  • Ajnabee Khadka
  • May 25, 2026
  • 132

लिच्छविकालीन प्रशासनिक निकायहरु

Administrative bodies of the Lichchhavi period
  • लिच्छविकालीन शासन व्यवस्थामा प्रशासनिक र न्यायिक कार्यहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न 'अधिकरण' (अड्डा वा विभाग) हरूको व्यवस्था गरिएको,
  • लिच्छविकालमा प्रभावशाली रहेका अधिकरण (अड्डा वा विभाग): चार अधिकरण (कुथेर, शुल्ली, लिङ्गवल र माप्चोक)

लिच्छविकालीन प्रमुख प्रशासनिक अधिकरण (चार अधिकरण) हरू र तिनका कार्यहरू:

अधिकरण कार्य विवरण
कुथेर अधिकरण
  • यो अधिकरण मुख्यतया राजस्व (कर) उठाउने कार्यसँग सम्बन्धित
  • यसले भूमिसम्बन्धी मामिलाहरू, जग्गाको किनबेच र 'लेख्यदान' (Registration/Deeds) सम्बन्धी कानुनी लिखतहरू तयार गर्ने काम समेत हेर्ने गर्थ्यो,
  • सरकारी कर्मचारीहरू (चाट-भट) ले गाउँमा गएर भाग, भोग र कर उठाउने कार्य यही अधिकरणको निर्देशनमा हुन्थ्यो,
शोल्ल वा शुल्ली अधिकरण
  • यस अधिकरणको मुख्य जिम्मेवारी 'पञ्चापराध' सम्बन्धी मुद्दाहरूको छानबिन र फैसला गर्नु,
  • पञ्चापराध अन्तर्गत चोरी (चौर), हत्या, परस्त्री गमन (परदार), राजद्रोह र यी अपराधमा संलग्नलाई सहयोग गर्ने जस्ता पाँच गम्भीर अपराधहरू पर्थे,
  • यी अपराधमा दोषी ठहरिएकाहरूको सम्पत्ति जफत गरी राजकुल (दरबार) मा बुझाउने अधिकार,
लिङ्गवल अधिकरण
  • यो अधिकरण मुख्यतया कुलो, सिँचाइ र खानेपानीको व्यवस्थापनसँग सम्बन्धित,
  • अभिलेखहरूमा कुलो (तिलमक) निर्माण र मर्मतमा बाधा नपुगोस् भनी रेखदेख गर्ने र पानीको वितरण प्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारी यसैको हुने संकेत पाइन्छ,
माप्चोक अधिकरण
  • यो अधिकरणले पारिवारिक र सामाजिक मामिलाहरू हेर्ने गर्थ्यो,
  • विशेष गरी विवाह, सम्बन्ध विच्छेद (विवाहविच्छेद), र दोस्रो विवाह जस्ता विषयमा कानुनी प्रक्रिया अघि बढाउने काम यसले गर्थ्यो,
  • कुनै महिला निःसन्तान भई उसको श्रीमान्को मृत्यु भएमा उनको व्यवस्थापन र सम्पत्तिको अधिकार सम्बन्धी विवादहरू पनि माप्चोक अधिकरणले नै मिलाउँथ्यो,

अन्य विशिष्ट अधिकरणहरू:

  • पूर्वाधिकरण र पश्चिमाधिकरण:
    • लिच्छविकालको उत्तरार्धतिर भौगोलिक आधारमा क्षेत्रहरू विभाजन गरी प्रशासन चलाउन यी अधिकरणहरू स्थापना गरिएका,
    • पूर्वाधिकरणले राज्यको पूर्वी क्षेत्र र पश्चिमाधिकरणले पश्चिमी क्षेत्रको प्रशासन, शान्ति सुरक्षा र अन्य सरकारी कार्यहरू हेर्ने गर्थे,
  • भट्टाधिकरण वा मठ्ठाधिकरण:
    • यो अधिकरणले मुख्यतया सामाजिक मर्यादा, जातभातको व्यवस्था र धार्मिक अनुशासन हेर्ने,
    • समाजमा 'धर्मसङ्कर' (विभिन्न जात वा पेशाहरूको अनावश्यक मिश्रण) नहोस् भनी रेखदेख गर्नु यसको प्रमुख जिम्मेवारी,
    • जनतालाई धार्मिक स्वतन्त्रता भए पनि आफ्नो कुल-परम्परा र जात अनुसारको पेशा अंगाल्नुपर्ने नियमको पालना गराउन यो अधिकरण सक्रिय,
  • सर्वाधिकरण: चार अधिकरण (कुथेर, शुल्ली, लिङ्गवल र माप्चोक) को संयोजन वा सर्वोच्च निकाय,
  • पिटलजाधिकरण (पिरलजाधिकरण): राज्यमा आइपर्ने कुनै विशेष प्रयोजन वा आकस्मिक कार्यहरू फत्ते गर्नका लागि गठन गरिने अस्थायी प्रकृतिको अड्डा,

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 27
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 26
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 26
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 26
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA