लिच्छविकालीन प्रशासनिक निकायहरु
- लिच्छविकालीन शासन व्यवस्थामा प्रशासनिक र न्यायिक कार्यहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न 'अधिकरण' (अड्डा वा विभाग) हरूको व्यवस्था गरिएको,
- लिच्छविकालमा प्रभावशाली रहेका अधिकरण (अड्डा वा विभाग): चार अधिकरण (कुथेर, शुल्ली, लिङ्गवल र माप्चोक)
लिच्छविकालीन प्रमुख प्रशासनिक अधिकरण (चार अधिकरण) हरू र तिनका कार्यहरू:
| अधिकरण | कार्य विवरण |
| कुथेर अधिकरण |
|
| शोल्ल वा शुल्ली अधिकरण |
|
| लिङ्गवल अधिकरण |
|
| माप्चोक अधिकरण |
|
अन्य विशिष्ट अधिकरणहरू:
- पूर्वाधिकरण र पश्चिमाधिकरण:
- लिच्छविकालको उत्तरार्धतिर भौगोलिक आधारमा क्षेत्रहरू विभाजन गरी प्रशासन चलाउन यी अधिकरणहरू स्थापना गरिएका,
- पूर्वाधिकरणले राज्यको पूर्वी क्षेत्र र पश्चिमाधिकरणले पश्चिमी क्षेत्रको प्रशासन, शान्ति सुरक्षा र अन्य सरकारी कार्यहरू हेर्ने गर्थे,
- भट्टाधिकरण वा मठ्ठाधिकरण:
- यो अधिकरणले मुख्यतया सामाजिक मर्यादा, जातभातको व्यवस्था र धार्मिक अनुशासन हेर्ने,
- समाजमा 'धर्मसङ्कर' (विभिन्न जात वा पेशाहरूको अनावश्यक मिश्रण) नहोस् भनी रेखदेख गर्नु यसको प्रमुख जिम्मेवारी,
- जनतालाई धार्मिक स्वतन्त्रता भए पनि आफ्नो कुल-परम्परा र जात अनुसारको पेशा अंगाल्नुपर्ने नियमको पालना गराउन यो अधिकरण सक्रिय,
- सर्वाधिकरण: चार अधिकरण (कुथेर, शुल्ली, लिङ्गवल र माप्चोक) को संयोजन वा सर्वोच्च निकाय,
- पिटलजाधिकरण (पिरलजाधिकरण): राज्यमा आइपर्ने कुनै विशेष प्रयोजन वा आकस्मिक कार्यहरू फत्ते गर्नका लागि गठन गरिने अस्थायी प्रकृतिको अड्डा,