Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघ (UN) को बारेमा आधारभूत तथ्यहरू

  • Ajnabee Khadka
  • September 07, 2026
  • 266

संयुक्त राष्ट्र संघ (UN) को बारेमा आधारभूत तथ्यहरू

Basic facts about the United Nations (UN)
विषय विवरण
संक्षिप्त नाम UN/UNO
पूर्ण नाम United Nations/ United Nations Organization
नेपालीमा नाम संयुक्त राष्ट्र संघ
बडापत्रमा हस्ताक्षर भएको मिति सन् १९४५ जुन २६
स्थापना भएको मिति सन् १९४५ अक्टोबर २४ (वि.सं. २००२ कात्तिक ८ गते)
बडापत्रमा हस्ताक्षर भएको सम्मेलन अर्थात् संयुक्त राष्ट्र संघ (UN) को स्थापना गर्ने सम्मेलन संयुक्त राज्य अमेरिकाको सनफ्रान्सिसको सहरमा आयोजित सनफ्रान्सिसको सम्मेलन (सन् १९४५ अप्रिल २५ देखि जुन २६ सम्म)
बडापत्रको धारा संख्या १११ धारा 
सचिवालय न्युयोर्क शहर, संयुक्त राज्य अमेरिकामा
नारा "Its Your World"
अवधारणा प्रस्तुत गर्ने व्यक्तित्व संयुक्त राज्य अमेरिकाको तत्कालिन राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्ट (Franklin D. Roosevelt)
नामाकरण गर्ने व्यक्तित्व संयुक्त राज्य अमेरिकाको तत्कालिन राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्ट (Franklin D. Roosevelt) (सन् १९४२ जनवरी १ मा)
प्रथम महासभा सन् १९४६ जनवरी १० मा बेलायतको लण्डन शहरमा आयोजना भएको,
संयुक्त राष्ट्र संघलाई विश्वको सरकार बनाउन आग्रह गर्ने विद्वान अल्बर्ट आइन्सटाइन (Albert Einstein)
अर्को नाम/ उपनाम विश्वको नगरसभा (Town Hall of the World)
संयुक्त राष्ट्र संघ दिवस (United Nations Day) स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर २४ (October 24) तारिखमा मनाइन्छ,
संस्थापक राष्ट्रहरूको संख्या ५१ राष्ट्र (५० राष्ट्रले सम्मेलनमै र पोल्याण्डले पछि हस्ताक्षर गरेको)
आधिकारिक भाषाहरु ६ वटा (अङ्ग्रेजी, फ्रान्सेली, स्पेनी, चिनियाँ, अरबी र रुसी)
कार्यालय सञ्चालनका भाषाहरू
२ वटा (अङ्ग्रेजी र फ्रान्सेली)
प्रमुख अंगहरु ६ वटा (महासभा, सुरक्षा परिषद्, आर्थिक तथा सामाजिक परिषद्, जिम्माजमानी परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, र सचिवालय)
सबैभन्दा पछि महासभाबाट मान्यता पाएको आधिकारिक भाषा अरबी भाषा (सन् १९७३ को महासभाबाट)
झण्डाको रंग/ संयुक्त राष्ट्र संघको आधिकारिक रंग नीलो (Blue) 
संयुक्त राष्ट्र संघको झण्डाको प्रयोग सुरुवात सन् १९४७ अक्टोबर २० देखि प्रयोग सुरुवात (महासभाले सन् १९४६ डिसेम्बर ७ मा पारित गरेको,)
झण्डाको परिकल्पनाकार (Designer) डोनाल्ड म्याक लाफिल्ड (Donald McLaughlin)
प्रतीकको परिकल्पनाकार (Designer) ओलिभर लिङ्कन लन्डक्विस्ट (Oliver Lincoln Lundquist) 
संयुक्त राष्ट्र संघको सदनमा राखिएका देशको झण्डा संख्या १९३ वटा (सबै सदस्य राष्ट्रका झण्डा राखिएको,)
हल्का निलो पृष्ठभूमिमा संयुक्त राष्ट्र संघको झण्डामा रहेको जैतुनको हांगो/बाला र विश्वको नक्सा अर्थ क्रमशः शान्तिको प्रतिक र सम्पूर्ण विश्वको प्रतिनिधित्व
कुल सदस्य राष्ट्रहरुको संख्या १९३ देशहरू (पछिल्लो सदस्य राष्ट्र: सन् २०११ जुलाई १४ मा सदस्यता प्राप्त गरेको दक्षिण सुडान)
पछिल्ला ५ सदस्य राष्ट्रहरू
  1. सर्बिया (सन् २००० नोभेम्बर १)
  2. स्विटजरल्याण्ड (सन् २००२ सेप्टेम्बर १०)
  3. तिमोर-लेस्ते (सन् २००२ सेप्टेम्बर २७)
  4. मोन्टेग्रो (सन् २००६ जुन २८)
  5. दक्षिण सुडान (सन् २०११ जुलाई १४)
सुरक्षा परिषद्मा रहेका राष्ट्रहरू १५ सदस्य राष्ट्र (संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, रुस, चीन र फ्रान्स गरी ५ वटा स्थायी र १० वटा अस्थायी सदस्य राष्ट्रहरू)
संयुक्त राष्ट्र संघका पर्यवेक्षक राष्ट्रहरू होलीसी (सन् १९६४) र प्यालेस्टाइन (सन् २०१२)

 

Categories

  • Current Affairs 782
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 100
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 30
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 109
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 88
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 132
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA