Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका मरुभूमिहरु

  • Ajnabee Khadka
  • August 12, 2026
  • 44

विश्वका मरुभूमिहरु

Deserts of the world
क्र.सं. मरुभूमिको नाम प्रकार (Type) अवस्थिति (मुख्य क्षेत्र/महादेश) क्षेत्रफल (वर्ग कि.मी.) लोकसेवा सान्दर्भिक विशेष तथ्यहरू
१. अन्टार्कटिक मरुभूमि (Antarctic Desert) ध्रुवीय चिसो (Polar Cold) अन्टार्कटिका महादेश १,४२,००,०००

 

  • क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठूलो मरुभूमि (The world's largest desert by area) — यस मरुभूमिको क्षेत्रफलले सम्पूर्ण अन्टार्कटिका महादेशलाई समेट्छ,
  • विश्वको सबैभन्दा चिसो मरुभूमि (The world's coldest desert)

 

२. आर्कटिक मरुभूमि (Arctic Desert) ध्रुवीय चिसो (Polar Cold) उत्तरी ध्रुव १,३९,००,०००
  • क्षेत्रफलका आधारमा विश्वको दोस्रो ठूलो मरुभूमि
  • आर्कटिक मरुभूमि कुनै एक देशमा मात्र सीमित नभई उत्तरी ध्रुव वरपरका विभिन्न ८ वटा देशहरूको उत्तरी भू-भागमा फैलिएको छ, जसलाई 'आर्कटिक राज्यहरू' (Arctic States) भनिन्छ;
    १.) रुस (साइबेरिया क्षेत्र)
    २.) क्यानडा (उत्तरी टापुहरू)
    ३.) संयुक्त राज्य अमेरिका (अलास्का क्षेत्र)
    ४.) डेनमार्क (ग्रीनल्याण्ड टापु)
    ५.) नर्वे (स्पिट्सबर्गन र स्वाल्बार्ड टापु)
    ६.) आइसल्याण्ड
    ७.) स्वीडेन
    ८.) फिनल्याण्ड
३. सहारा मरुभूमि (Sahara Desert) उप-उष्णकटिबन्धीय तातो (Subtropical Hot) उत्तरी अफ्रिका (११ वटा देशहरू) ९२,००,०००
  • क्षेत्रफलका आधारमा विश्वको तेस्रो ठूलो मरुभूमि
  • विश्वको सबैभन्दा ठूलो तातो मरुभूमि (The world's largest hot desert)
  • यो मरुभूमि ११ वटा अफ्रिकी मुलुकहरूमा फैलिएको; 
    १.) अल्जेरिया
    २.) ट्युनिसिया
    ३.) लिबिया
    ४.) इजिप्ट (मिश्र)
    ५.) सुडान
    ६.) चाड
    ७.) नाइजर
    ८.) माली
    ९.) मउरिटानिया
    १०.) मोरक्को
    ११.) पश्चिमी सहारा
  • सहारा मरुभूमिले अफ्रिका महादेशको झन्डै ३१% भू-भाग ओगटेको,
  • यस मरुभूमिको उत्तरमा भूमध्य सागर (Mediterranean Sea) र एटलस पर्वतमाला (Atlas Mountain Range), दक्षिणमा अर्ध-सुख्खा घाँसे मैदान साहेल (Sahel), पूर्वमा: लाल सागर (Red Sea) र पश्चिममा आन्ध्र महासागर (Atlantic Ocean) रहेको,
४. अरेबियन मरुभूमि (Arabian Desert) उप-उष्णकटिबन्धीय तातो (Subtropical Hot) पश्चिमी एसिया (अरब प्रायद्वीप) २३,३०,०००
  • क्षेत्रफलका आधारमा विश्वको चौथो ठूलो मरुभूमि (अन्टार्कटिक, आर्कटिक र सहारापछि)
  • एसिया महादेशको सबैभन्दा ठूलो मरुभूमि
  • अरेबियन मरुभूमिको दक्षिणी भागमा अवस्थित रब अल-खली (Rub' al Khali) क्षेत्र विश्वकै सबैभन्दा ठूलो निरन्तर बालुवा फैलिएको मरुभूमि (World's largest continuous sand desert)
  • यो मरुभूमि मुख्य रूपमा साउदी अरब मा अवस्थित छ, तर यसको प्रभाव र सिमाना मध्यपूर्वका ९ वटा देशहरू मा फैलिएको; 
    १.) साउदी अरब (अधिकांश भाग) 
    २.) यमन
    ३.) ओमान
    ४.) संयुक्त अरब इमिरेट्स (UAE) 
    ५.) कुवेत 
    ६.) कतार
    ७.) बहराइन 
    ८.) जोर्डन 
    ९.) इराक
५. ग्रेट अस्ट्रेलियन मरुभूमि (Great Australian Desert) उप-उष्णकटिबन्धीय तातो (Subtropical Hot) अस्ट्रेलिया महादेश १३,७१,०००
  • क्षेत्रफलका आधारमा विश्वको पाँचौँ ठूलो मरुभूमि (अन्टार्कटिक, आर्कटिक, सहारा र अरेबियनपछि)
  • ग्रेट अस्ट्रेलियन मरुभूमि कुनै एउटा मात्र एकल मरुभूमि नभई अस्ट्रेलिया महादेशको भित्री भागमा रहेका १० वटा साना-ठूला मरुभूमिहरूको सामूहिक स्वरूप रहेको  — उदाहरण: ग्रेट भिक्टोरिया मरुभूमि (Great Victoria Desert), ग्रेट स्यान्डी मरुभूमि (Great Sandy Desert), तनामी मरुभूमि (Tanami Desert), सिम्पसन मरुभूमि (Simpson Desert), गिब्सन मरुभूमि (Gibson Desert) आदि
  • ग्रेट अस्ट्रेलियन मरुभूमि अन्तर्गत अस्ट्रेलिया महादेशको सबैभन्दा ठुलो मरुभूमि: ग्रेट भिक्टोरिया मरुभूमि (Great Victoria Desert)
६. गोबी मरुभूमि (Gobi Desert) चिसो हिउँद (Cold Winter) मध्य एसिया (मङ्गोलिया र चीन) १२,९५,०००
  • गैर-ध्रुवीय क्षेत्रमा अवस्थित विश्वको सबैभन्दा ठूलो चिसो मरुभूमि (The world's largest cold desert located in the non-polar region.)
  • हिमालय पर्वतमालाको 'वृष्टि छाया (Rain Shadow)' का कारण बनेको मरुभूमि
७. कालाहारी मरुभूमि (Kalahari Desert) उप-उष्णकटिबन्धीय तातो (Subtropical Hot) दक्षिणी अफ्रिका ९,००,०००

 

  • क्षेत्रफलका आधारमा विश्वको सातौँ ठूलो मरुभूमि (अन्टार्कटिक, आर्कटिक, सहारा, अरेबियन, ग्रेट अस्ट्रेलियन र गोबीपछि)
  • यो पूर्ण रूपमा मरुभूमि नभएर अर्ध-मरुभूमि (Semi-desert) वा अर्ध-सुख्खा बलौटे साभाना (Semi-arid sandy savanna) को श्रेणीमा पर्दछ,
  • कालाहारी मरुभूमि मुख्य रूपमा अफ्रिकाका ३ वटा देशहरू मा विस्तृत रूपमा फैलिएको; 
    १.) बोत्स्वाना (यस देशको लगभग ७०% भन्दा बढी भू-भाग कालाहारीले ओगटेको,) 
    २.) नामिबिया (पूर्वी भाग) 
    ३.) दक्षिण अफ्रिका (उत्तरी भाग)

 

८. पाटागोनियन मरुभूमि (Patagonian Desert) चिसो हिउँद (Cold Winter) दक्षिण अमेरिका (अर्जेन्टिना र चिली) ६,७३,०००
  • दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मरुभूमि
  • एन्डिज पर्वतमालाको 'वृष्टि छाया (Rain Shadow)' का कारण निर्माण भएको मरुभूमि
९. सिरियन मरुभूमि (Syrian Desert) उप-उष्णकटिबन्धीय तातो (Subtropical Hot) मध्य पूर्व एसिया (सिरिया, जोर्डन, इराक, साउदी अरब) ५,००,०००
  • क्षेत्रफलका आधारमा विश्वको नवौँ ठूलो मरुभूमि (अन्टार्कटिक, आर्कटिक, सहारा, अरेबियन, ग्रेट अस्ट्रेलियन, गोबी, कालाहारी र पाटागोनियनपछि)
  • सिरियन मरुभूमि अरेबियन मरुभूमिको उत्तरी विस्तारित रूप
१०. ग्रेट बेसिन मरुभूमि चिसो हिउँद (Cold Winter) उत्तर अमेरिका (संयुक्त राज्य अमेरिका) ४,९२,०००
  • क्षेत्रफलका आधारमा विश्वको दसौँ ठूलो मरुभूमि (अन्टार्कटिक, आर्कटिक, सहारा, अरेबियन, ग्रेट अस्ट्रेलियन, गोबी, कालाहारी, पाटागोनियन र सिरियनपछि)
  • उत्तर अमेरिकाको सबैभन्दा ठूलो मरुभूमि
  • सिएरा नेभाडा पर्वतमाला (Sierra Nevada Range) को 'वृष्टि छाया (Rain Shadow)' का कारण निर्माण भएको मरुभूमि
  • यस क्षेत्रमा विश्वको सबैभन्दा तातो तापक्रम अभिलेख गरिएको प्रसिद्ध 'मृत उपत्यका (Death Valley)' अवस्थित,

विश्वका मरुभूमिहरुको लोकसेवा उपयोगी "Fast Facts":

  • विश्वकै सबैभन्दा ठूलो मरुभूमि: अन्टार्कटिक मरुभूमि (Antarctic Desert)
  • विश्वकै सबैभन्दा ठूलो तातो मरुभूमि: सहारा मरुभूमि (Sahara Desert)
  • ध्रुवीय क्षेत्र बाहिरको सबैभन्दा ठूलो चिसो मरुभूमि: गोबी मरुभूमि (Gobi Desert)
  • एशिया महादेशको सबैभन्दा ठूलो मरुभूमि: अरेबियन मरुभूमि (Arabian Desert)
  • दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मरुभूमि: पाटागोनियन मरुभूमि (Patagonian Desert)
  • उत्तर अमेरिकाको सबैभन्दा ठूलो मरुभूमि: ग्रेट बेसिन मरुभूमि (Great Basin Desert)
  • अस्ट्रेलियाको सबैभन्दा ठूलो मरुभूमि: ग्रेट भिक्टोरिया मरुभूमि (Great Victoria Desert)
  • दक्षिण एशियाको सबैभन्दा ठूलो मरुभूमि: थार मरुभूमि (Thar Desert)
  • विश्वकै सबैभन्दा सुख्खा (Driest) मरुभूमि: आटाकामा मरुभूमि (Atacama Desert), चिली
  • वास्तविक मरुभूमि नभएको एक मात्र महादेश: युरोप महादेश
  • 'मरुभूमिको महादेश' भनिने महादेश: अस्ट्रेलिया
  • विश्वकै सबैभन्दा ठूलो निरन्तर बालुवा फैलिएको क्षेत्र: रब अल-खली (Rub' al Khali), साउदी अरब

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 43
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 32
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 91
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA