गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८
-
सिमित विवेकशीलताको सिद्धान्त के सँग सम्बन्धित छ ? (A) निर्णय ✓ (B) निर्देशन (C) उत्प्रेरणा (D) समन्वय
-
नागरिक वडापत्र (Citizen Charter) को सुरुवात कुन देशबाट भएको हो ? (A) बेलायत ✓ (B) अमेरिका (C) भारत (D) चीन
-
सार्वजनिक निकायको अन्तिम लेखा परीक्षण कसले गर्दछ ? (A) कोष तथा लेखा नियन्त्रक कार्यालय (B) प्रदेश लेखा नियन्त्रक कार्यालय (C) महालेखा नियन्त्रक कार्यालय (D) महालेखा परीक्षकको कार्यालय ✓
-
नेपालको संविधानको कुन धारामा प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ? (A) धारा २४४ ✓ (B) धारा २४५ (C) धारा २४३ (D) धारा २४६
-
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहलाई दिइएको प्रमुख अधिकार कुन हो ? (A) कानुन निर्माण गर्ने (B) बजेट तर्फुमा तथा योजना सञ्चालन र व्यवस्थापन गर्ने (C) कर संकलन गर्ने (D) माथिका सबै ✓
-
प्रदेश मुख्य न्यायाधिवक्ताले आफ्नो कार्यालयको वार्षिक प्रतिवेदन कहाँ प्रस्तुत गर्न व्यवस्था छ ? (A) मुख्यमन्त्री समक्ष (B) सभामुख समक्ष (C) प्रदेश प्रमुख समक्ष ✓ (D) प्रदेश सभा समक्ष
-
स्थानीय तहको नीति निर्माणमा कुन निकाय सर्वोच्च हुन्छ ? (A) कार्यपालिका (B) गाउँसभा/नगरसभा ✓ (C) प्रमुख प्रशासकीय अधिकृत (D) प्रमुख/अध्यक्ष
-
सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सार्वजनिक निकायबाट हुने खरिद कार्यको अनुगमन नियमन र सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारीसहित गठित निकाय कुन हो ? (A) राष्ट्रिय सतर्कता केन्द्र (B) महालेखा परीक्षकको कार्यालय (C) महालेखा नियन्त्रक कार्यालय (D) सार्वजनिक खरिद अनुगमन कार्यालय ✓
-
फाईलिङको उद्देश्यसँग नमिल्ने भनाई छान्नुहोस् । (A) कागजातपत्रहरूको व्यवस्थित तरिकाले संकलन गर्नु (B) महत्वपूर्ण कागजातपत्रको संरक्षण गर्नु (C) आवश्यक जानकारी एवम् तथ्याङ्क उपलब्ध गराउनु (D) कार्य अवधि र लागत बढाउनु ✓
-
कार्यालय व्यवस्थापनको POSDCORB अवधारणा कसले दिएका हुन् ? (A) Frederick Winslow Taylor (B) Henri Fayol (C) Luther Gulick ✓ (D) Elton Mayo
-
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को हालसम्म जम्मा कति वटा सम्मेलन सम्पन्न भएका छन् ? (A) १६ (B) १८ ✓ (C) २० (D) २२
-
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा अफ्रो एशियाली क्षेत्रबाट कति मुलुक अस्थायी सदस्यहरुको रुपमा समावेश गरिन्छ ? (A) ५ ✓ (B) ४ (C) ३ (D) २
-
संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्धको सिद्धान्तहरूलाई क्रमबद्ध मिलाउनुहोस् । (A) समन्वय, सहकारिता र सहअस्तित्व (B) सहअस्तित्व, सहकारिता र समन्वय (C) सहकारिता, समन्वय र सहअस्तित्व (D) सहकारिता, सहअस्तित्व र समन्वय ✓
-
नेपालको संविधानमा राजस्व स्रोतको बाँडफाँड सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ ? (A) धारा ५८ (B) धारा ५९ (C) धारा ६० ✓ (D) धारा ६१
-
विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ ? (A) जुन १४ (B) अक्टोबर १६ (C) अप्रिल ७ ✓ (D) मे १२
-
विद्युतका पिता भनेर माइकल फराडे (Michael Faraday) लाई चिनिन्छ भने कम्प्युटरका पिता (Father of computer) भनेर कसलाई चिनिन्छ ? (A) Charles Babbage ✓ (B) Alan Turing (C) William Shokley (D) Douglas Engelbart
-
गण्डकी प्रदेशको कति प्रतिशत भू-भाग वन तथा बुट्यान क्षेत्रले ओगटेको छ ? (A) २९.२ प्रतिशत (B) ४९.५ प्रतिशत (C) ४१.३ प्रतिशत (D) ४७.४ प्रतिशत ✓
-
गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२-२०८५/८६) मा उल्लेख भए अनुसार यस योजना अवधिमा औसत आर्थिक वृद्धिदर कति प्रतिशत हुने अनुमान गरिएको छ ? (A) ४.३१ % (B) ७.३५ % (C) ९.२४ % (D) ८.६० % ✓
-
जनसंख्याको दृष्टिले नेपालको सबैभन्दा ठुलो जातीय समुदाय कुन हो ? (A) गुरुङ (B) मगर (C) तामाङ्ग (D) क्षेत्री ✓
-
कोशी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो ? (A) लिखु (B) तामाकोशी (C) तमोर (D) अरुण ✓
-
चरक संहितामा कति वटा अध्यायहरु रहेका छन् ? (A) १५० (B) १८० (C) १२६ (D) १२० ✓
-
पृथिवी महाभूतको नैसर्गिक गुण कुन हो ? (A) रुप (B) स्पर्श (C) गन्ध ✓ (D) रस
-
ओज विकृति कति प्रकारको हुन्छ ? (A) २ (B) ३ ✓ (C) ४ (D) १
-
तल उल्लिखित मध्ये कुन Sensory Nerve होइन ? (A) Olfactory nerve (B) Trochlear nerve ✓ (C) Optic nerve (D) Vestibulocochlear nerve
-
चक्रलक्षणीका के को पर्याय हो? (A) चित्रक (B) हर्रो (C) अमला (D) गुर्ज ✓
-
परादि गुणको संख्या कति छन् ? (A) १० ✓ (B) ६ (C) ४१ (D) २०
-
अर्जुन गुणमा लघु एवम् रुक्ष हुनाले यसले कफ एवम् शीत हुनाले पित्त शमन गर्दछ भने यसको प्रभाव हृद्य हुन्छ । यसैगरी यसको रस यसले तलका मध्ये कुन हुनाले स्तम्भन गर्दछ ? (A) मधुर (B) तिक्त (C) कषाय ✓ (D) अम्ल
-
शंखपुष्पीको प्रधान रस के हो ? (A) मधुर (B) कषाय (C) तिक्त ✓ (D) मधुर-तिक्त
-
नेपाल सरकारबाट निशुल्क वितरण हुने आयुर्वेदका अत्यावश्यक औषधीहरु मध्ये निम्न कुन औषधी पर्दैन? (A) खदिरादी वटी (B) आरोग्यवर्धनी वटी (C) स्फटिक भस्म ✓ (D) ल्वांग तेल
-
किराततिक्त कुन औषधीमा पर्दछ ? (A) रोहितक्यादि (B) अविपत्तिकर (C) लवणभास्कर (D) निम्बादी ✓
-
पारदको अष्टसंस्कारमा तलका मध्ये कुन पर्दैन ? (A) स्वेदन (B) दीपन (C) पाचन ✓ (D) बोधन
-
नसर्ने रोगहरुको व्यवस्थापनको लागि उत्कृष्ट चिकित्सा कुन हो ? (A) जीवनशैली व्यवस्थापन ✓ (B) योग (C) व्यायाम (D) उचित खानपान
-
Measles को Incubation period 10-14 दिन हुन्छ र यो droplet मार्फत सर्छ । यसको कुन चाहिँ यसको Causative agent हो ? (A) Varicella zoster (B) RNA paramyxo virus ✓ (C) Orthomyxo virus (D) Corynebacterium diphtheriae
-
WHO ले भनेको स्वास्थ्यको परिभाषा "Health is a complete physical, mental and social well being not merely absence of disease or infirmity" आयुर्वेदको कुन आचार्यले भनेको स्वास्थ्यको परिभाषासँग मिल्दोजुल्दो छ ? (A) चरक (B) चक्रदत्त (C) सुश्रुत (D) माधव
-
Rice watery stool is seen in: (A) Cholera ✓ (B) Amebiasis (C) Dysentery (D) Dhatura poisoning
-
Koplik's spot is seen in: (A) Tuberculosis (B) Measles ✓ (C) Scrub typhus (D) Meningitis
-
दुई छिद्र अर्शयन्त्रको प्रयोजन के हो ? (A) क्षार/शस्त्र/अग्निकर्म (B) दर्शनार्थ (C) (A) र (B) दुवै (D) माथिको कुनै पनि होइन
-
शब्द उत्पत्ति, त्वक संकोच र दुर्गन्ध के को लक्षण हो ? (A) त्वक दग्ध (B) मांस दग्ध (C) सिरा दग्ध (D) स्नायु दग्ध
-
Charcoat Triad कुन रोगमा देखिन्छ ? (A) Cholangitis ✓ (B) Choledocolithiasis (C) Appendicitis (D) Meningitis
-
बाहिर कुनै पनि आवाज नहुँदा कानमा आवाज सुनिनुलाई कर्णनाद भनिन्छ । यसमा मुख्यतया कुन दोष प्रकोप हुन्छ ? (A) वात (B) पित्त (C) कफ (D) रक्त
-
The smallest bone of human body is: (A) Malleus (B) Incus (C) Stapes ✓ (D) Mandible
-
राष्ट्रिय खोप तालिका अनुसार शिशुलाई पहिलो पटक दिइने खोप कुन हो ? (A) बि.सि.जी. ✓ (B) डि.पि.टि. (C) दादुरा (D) माथिका सबै
-
गर्भवती महिलाले स्वास्थ्य परीक्षण (ANC checkup) कति पटक गर्नुपर्छ? (A) ४ (B) ६ (C) ८ ✓ (D) १०
-
High altitude मा प्रयोग गरिने औषधी कुन हो ? (A) Paracetamol (B) Acetazolamide ✓ (C) Nimesulide (D) Diazepam
-
कुन ऋतुमा वात प्रकोप हुन्छ ? (A) वर्षा ✓ (B) शरद (C) वसन्त (D) ग्रिष्म
-
वातरक्तमा के निषेध छ ? (A) स्नेह (B) स्वेदेन ✓ (C) आस्थापन वस्ती (D) तितो
-
तलका मध्ये कुन मेध्य रसायनमा पर्दैन ? (A) मण्डूकपर्णी (B) यष्ठिमधु (C) शंखपुष्पी (D) अश्वगन्धा ✓
-
संघीयतापछि साविकमा हरेक जिल्लामा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरु हाल कुन सरकार अन्तर्गत रहेका छन् ? (A) संघ (B) प्रदेश ✓ (C) स्थानीय (D) माथिका सबै
-
गण्डकी प्रदेश स्वास्थ्य नीति कुन सालमा जारी गरिएको हो ? (A) वि.सं. २०७६ (B) वि.सं. २०७७ (C) वि.सं. २०७८ ✓ (D) वि.सं. २०७९
-
Diarrhea, Dermatitis and Dementia (3D's signs) कुन भिटामिनको कमीबाट हुन्छ ? (A) Niacin ✓ (B) Thiamin (C) Riboflavin (D) Tocopherol