अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६
- दिवस मनाइने मिति: हरेक वर्षको अगस्ट ९ मा (विक्रम सम्बत २०८३ को सन्दर्भमा श्रावन २४ गते)
- सन् २०२६ को अन्तर्राष्ट्रिय आदिवासी दिवस कतिऔँ संस्करण हो? ३२ औँ
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा (Theme): "Honouring Indigenous Midwives: Safeguarding Life and Well-being" (आदिवासी सुडेनीहरूको सम्मान: जीवन र स्वास्थ्यको सुरक्षा)
- घोषणा र इतिहास:
- संयुक्त राष्ट्रसङ्घको महासभाले २३ डिसेम्बर १९९४ मा यो दिवस मनाउने निर्णय गरेको,
- सन् १९८२ अगस्ट ९ मा राष्ट्रसङ्घको 'मानव अधिकार प्रवर्द्धन र संरक्षण उप-आयोग' अन्तर्गत गठित 'आदिवासी जनजाति कार्यदल' (Working Group on Indigenous Populations) को पहिलो बैठक बसेको सम्झनामा यो मिति तय गरिएको,
- राष्ट्रसङ्घले सन् १९९३ लाई 'विश्व आदिवासी वर्ष' को रूपमा समेत मनाएको,
- राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा आदिवासी जनजातिहरू कुल जनसङ्ख्या: १,०१,६८,८४४ (नेपालको कुल जनसङ्ख्याको ३४.८७ प्रतिशत)
- जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो जाति मगर (२०,२३,३२५) हो भने सबैभन्दा कम जनसङ्ख्या भएको जाति कुसुन्डा (२५३)
- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार हाल नेपालमा सूचीकृत आदिवासी जनजातिहरू: ६० वटा (वि.सं. २०७७ जेष्ठ ५ मा 'राना थारु' थपिएपछि हाल कायम रहेको संख्या ६० पुगेको,)
- वर्गीकरण: नेपाल आदिवासी जनजाति महासङ्घले यी जातिहरूलाई ५ वटा समूहमा वर्गीकरण गरेको छ;
- लोपोन्मुख समूह (उदा. कुसुन्डा, राउटे, हायु आदि)
- अति सीमान्तकृत समूह (उदा. चेपाङ, मुसहर, बोटे आदि)
- सीमान्तकृत समूह (उदा. थारू, तामाङ, भुजेल आदि)
- सुविधावञ्चित समूह (उदा. राई, गुरुङ, मगर, लिम्बू आदि)
- उन्नत समूह (नेवार र थकाली)