महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश
| महादेश | क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो देश | क्षेत्रफलको आधारमा सबैभन्दा सानो देश |
| एसिया (Asia) | चीन (China) — रुसको भूभाग एसिया र युरोप दुवै महादेशमा फैलिएको हुनाले पूर्ण रुपमा एसिया महादेशमा मात्र सिमाना फैलिएको आधारमा एसिया महादेशको सबैभन्दा ठुलो राष्ट्र चीन हो, | मालदिभ्स (Maldives) — विश्वको नवौँ सानो राष्ट्र |
| युरोप (Europe) | युक्रेन (Ukraine) — रुसको भूभाग एसिया र युरोप दुवै महादेशमा फैलिएको हुनाले पूर्ण रुपमा एसिया महादेशमा मात्र सिमाना फैलिएको आधारमा युरोप महादेशको सबैभन्दा ठुलो राष्ट्र युक्रेन हो, | भ्याटिकन सिटी (Vactican City) — यो युरोप महादेशको मात्र नभई विश्वकै सबैभन्दा सानो राष्ट्र |
| अफ्रिका (Africa) | अल्जेरिया (Algeria) — सन् २०११ मा सुडानको विभाजन (सुडान र दक्षिण सुडान) पश्च्यात अफ्रिका महादेशको सबैभन्दा ठुलो अल्जेरिया भएको, | सेसेल्स (Seychelles) — विश्वको पन्ध्रौँ सानो राष्ट्र |
| उत्तर अमेरिका (North America) | क्यानडा (Canada) — विश्वको दोस्रो ठूलो राष्ट्रपनि | सेन्ट किट्स एन्ड नेभिस (Saint Kitts and Nevis) — यो पश्चिमी गोलार्धकै सबैभन्दा सानो सार्वभौम राष्ट्र |
| दक्षिण अमेरिका (South America) | ब्राजिल (Brazil) — विश्वको पाँचाैँ ठूलो राष्ट्र | सुरिनाम (Suriname) — विश्वको ९२ औं ठूलो राष्ट्र |
| अस्ट्रेलिया र ओसिनिया (Australia/Oceania) | अस्ट्रेलिया (Australia) — अस्ट्रेलिया महादेश पनि हो र राष्ट्रपनि हो, | नाउरु (Nauru) — यो विश्वको सबैभन्दा सानो टापु राष्ट्र र स्वतन्त्र गणतन्त्र राष्ट्र |
| अन्टार्कटिका (Antarctica) | अन्टार्कटिका विश्वको एकमात्र महादेश हो जहाँ कुनैपनि सार्वभौम राष्ट्र अस्तित्वमा रहेको छैन, | अन्टार्कटिका विश्वको एकमात्र महादेश हो जहाँ कुनैपनि सार्वभौम राष्ट्र अस्तित्वमा रहेको छैन, |