Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Ajnabee Khadka
  • August 09, 2026
  • 16

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
  1. सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा “Value for Money” ले के संकेत गर्दछ?

    • (A) बढी खर्च गरेर राम्रो सेवा दिनु

    • (B) कम लागतमा गुणस्तरीय सेवा प्राप्त गर्नु ✓

    • (C) राजस्व संकलन बढाउनु

    • (D) कर्मचारीको संख्या कटौती गर्नु

  2. विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ ?

    • (A) डिसेम्बर 1

    • (B) डिसेम्बर 10 ✓

    • (C) नोभेम्बर 10

    • (D) नोभेम्बर 25

  3. जनसम्पर्क कायम गर्ने प्रत्येक कार्यालयले नागरिकले देख्ने गरी नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था कुन ऐनले गरेको छ ?

    • (A) निजामती सेवा ऐन, 2049

    • (B) सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, 2064 ✓

    • (C) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2059

    • (D) सूचनाको हक सम्बन्धी ऐन, 2064

  4. सार्वजनिक व्यवस्थापनको मुख्य उद्देश्य देहायका मध्ये कुन हो ?

    • (A) नाफा कमाउने

    • (B) सार्वजनिक सेवा प्रभावकारी रूपमा प्रदान गर्ने ✓

    • (C) निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

    • (D) कर संकलन मात्र गर्ने

  5. मानवीय मूल्यको विकासमा तलका मध्ये कुनको भूमिका सबैभन्दा महत्वपूर्ण मानिन्छ ?

    • (A) परिवार ✓

    • (B) मौसम

    • (C) यातायात

    • (D) प्रविधि

  6. नेपालको संविधानमा खाद्य सम्बन्धी हक कुन धारामा उल्लेख गरिएको छ ?

    • (A) 37

    • (B) 36 ✓

    • (C) 35

    • (D) 26

  7. पशु स्वास्थ्य तथा पशु सेवा ऐन, 2055 मा कति वटा सूचित गर्नुपर्ने रोग समावेश गरिएको छ ?

    • (A) 22

    • (B) 24 

    • (C) 26 ✓

    • (D) 32

  8. नेपालमा हाल पशुपन्छी बीमा (Livestock Insurance) गर्दा नेपाल सरकारले बीमा प्रिमियममा कति प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ?

    • (A) 50

    • (B) 75

    • (C) 80 ✓

    • (D) 90

  9. नेपालमा सर्वप्रथम उन्नत जर्सी गाई कसले भित्र्याएका हुन् ?

    • (A) जंग बहादुर राणा

    • (B) बम बहादुर राणा

    • (C) चन्द्र शमशेर राणा ✓

    • (D) टंक प्रसाद आचार्य

  10. नेपालको कृषि विकास रणनीति (ADS) कति वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ?

    • (A) 10

    • (B) 15

    • (C) 20 ✓

    • (D) 25

  11. नेपालमा हाल प्रवाह भइरहेको सहुलियतपूर्ण कर्जामा सबैभन्दा बढी कर्जा सीमा कुन क्षेत्रमा हुने व्यवस्था छ ?

    • (A) विदेशबाट फर्केका युवा परियोजना कर्जा

    • (B) कपडा उद्योग सञ्चालनको लागि कर्जा

    • (C) उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा

    • (D) व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ✓

  12. नेपालमा भेडाबाख्रा सम्बन्धी नविनतम् प्रविधिहरूको अनुसन्धान र विकास कसले गर्दछ ?

    • (A) नेपाल कृषि अनुसन्धान परिषद् ✓

    • (B) कृषि विभाग

    • (C) पशु सेवा विभाग

    • (D) राष्ट्रिय पशु प्रजनन कार्यालय

  13. व्यवसायिक पशुपन्छी उत्पादनको आधारभूत विशेषतामा तलका मध्ये कुन विशेषता सबैभन्दा बढी महत्वपूर्ण छ ?

    • (A) आत्मनिर्भर उत्पादन

    • (B) बजारमुखी उत्पादन ✓

    • (C) परम्परागत प्रविधि

    • (D) स्रोतको पर्याप्तता

  14. पशु सेवा विभाग कुन मन्त्रालय अन्तर्गत रहेको छ ?

    • (A) कृषि, वन तथा वातावरण मन्त्रालय

    • (B) कृषि तथा पशुपन्छी विकास मन्त्रालय ✓

    • (C) कृषि, पशुपन्छी, वन तथा पर्यावरण मन्त्रालय

    • (D) कृषि, वन तथा पर्यावरण मन्त्रालय

  15. कुन रोग लाग्दा पशुको पिसाबमा रगत देखा पर्छ ?

    • (A) Babesiosis ✓

    • (B) Coccidiosis

    • (C) Fascioliasis

    • (D) Trypanosoma

  16. तलका मध्ये कुन जुनोटिक रोग (Zoonotic Disease) दुध र मासु दुबैको माध्यमबाट मानिसमा सर्न सक्छ ?

    • (A) ब्रसेलोसिस ✓

    • (B) पि.पि.आर.

    • (C) रानिखेत

    • (D) थुनेलो

  17. कुखुरामा Vitamin B2 (Riboflavin) को कमी भएमा के लक्षण देखिन्छ ?

    • (A) जिब्रो कालो हुने 

    • (B) टाउको आकाश तिर फर्काउने

    • (C) हाँसको जस्तो चाल हुने

    • (D) खुट्टाका नङ्ग्रा दोब्रिने ✓

  18. Ascoli Test कुन रोग निदान गर्नको लागि प्रयोग गरिन्छ ?

    • (A) Brucellosis

    • (B) Tuberculosis

    • (C) Anthrax ✓

    • (D) Haemorrhagic Septicaemia 

  19. तलका मध्ये कुन जनावर किटोसिस (Ketosis) को उच्च जोखिममा हुन्छ ?

    • (A) कम दुध दिने गाई

    • (B) थारो गाई

    • (C) जवान बाच्छी

    • (D) मोटो ब्याउने गाई ✓

  20. किर्नाको जीवनचक्रमा अण्डाबाट निस्कने पहिलो सक्रिय अवस्था कुन हो ?

    • (A) निम्फ

    • (B) प्युपा

    • (C) लार्भा ✓

    • (D) वयस्क

  21. क्लासिकल स्वाइन फिबरमा “Button ulcer” मुख्यतया कहाँ देखिन्छ ?

    • (A) पेट

    • (B) सानो आन्द्रा

    • (C) ठूलो आन्द्रा ✓

    • (D) कलेजो

  22. तलका मध्ये कुन उन्नत गाईको जात हो ?

    • (A) अछामी

    • (B) जर्सी ✓

    • (C) हरियाना

    • (D) सिटी

  23. AnGR को पुरा रूप के हो ?

    • (A) Animal Genetic Resources ✓

    • (B) Animal Good Resources

    • (C) Animal Gene Reproduction

    • (D) Annual Gene Replacement

  24. Thiaminase नाम गरेको Anti-nutritional Factor कुन दाना पदार्थसँग सम्बन्धित छ ?

    • (A) Soyabean Meal

    • (B) Fish Meal ✓

    • (C) Cotton Meal

    • (D) Sunflower Meal

  25. नेपालमा पहिलो याक चिज उत्पादन केन्द्र कति सालमा स्थापना भएको थियो ?

    • (A) वि.सं. 1999

    • (B) वि.सं. 2009 ✓

    • (C) वि.सं. 2019

    • (D) वि.सं. 2029

  26. पशुको गर्भावस्था कायम राख्ने हर्मोन कुन हो ?

    • (A) Relaxin

    • (B) Oxytocin

    • (C) Estrogen

    • (D) Progesterone ✓

  27. तलका मध्ये स्थानीय जातको भेडा कुन हो ?

    • (A) कुपवर्थ

    • (B) पोलवर्थ

    • (C) बरुवाल ✓

    • (D) रामबुले

  28. स्टाइलोमा नाइट्रोजन स्थिरीकरण गर्ने जीवाणु कुन हो ?

    • (A) Azotobacter

    • (B) Rhizobium ✓

    • (C) Clostridium

    • (D) Bacillus

  29. माछामा लाग्ने भाइरल रोग कुन हो ?

    • (A) Tail rot

    • (B) Vibriosis

    • (C) Infectious pancreatic necrosis ✓

    • (D) Fin rot

  30. माछालाई पानीमा तैरिन र शारीरिक सन्तुलन मिलाउन मद्दत गर्ने प्रमुख आन्तरिक अङ्ग तलका मध्ये कुन हो ?

    • (A) Liver

    • (B) Airbladder ✓

    • (C) Operculum

    • (D) Gills

  31. कृत्रिम दाना र एरेटर (Aerator) को प्रयोग गरी प्रति इकाई क्षेत्रफलमा उच्च घनत्वमा माछा उत्पादन गर्ने पद्धति तलका मध्ये कुन हो?

    • (A) अर्धसघन मत्स्यपालन

    • (B) सामान्य मत्स्यपालन

    • (C) सघन मत्स्यपालन ✓

    • (D) परम्परागत मत्स्यपालन

  32. माछाको उमेर पत्ता लगाउने उपयुक्त तरिका कुन हो ?

    • (A) By counting annuli ✓

    • (B) By measuring lateral line

    • (C) By counting spiny rays in dorsal fin

    • (D) By counting the head size

  33. तलका मध्ये कुन विकासक्रम मत्स्य बिजको विकासक्रम हो ?

    • (A) Hatchling → Spawn → Fingerling → Fry

    • (B) Spawn → Hatchling → Fingerling → Fry

    • (C) Spawn → Hatchling → Fry → Fingerling ✓

    • (D) Hatchling → Spawn → Fry → Fingerling

  34. माछापालनको लागि घुलित अक्सिजनको मात्रा कति उपयुक्त हुन्छ ?

    • (A) 1 mg/L

    • (B) 3 mg/L

    • (C) 5 mg/L ✓

    • (D) 10 mg/L

  35. माछाको शरीरमा 'Barbel' को मुख्य कार्य के हो ?

    • (A) पौडी खेल्नु

    • (B) श्वासप्रश्वास गर्नु

    • (C) स्पर्श तथा स्वाद ग्रहण गर्नु ✓  

    • (D) सन्तुलन कायम गर्नु

  36. नेपालको समय ग्रीनविच मानक समयभन्दा कति फरक छ ?

    • (A) 5 घण्टा 15 मिनेट छिटो

    • (B) 5 घण्टा 45 मिनेट छिटो ✓

    • (C) 5 घण्टा 15 मिनेट ढिलो

    • (D) 5 घण्टा 45 मिनेट ढिलो

  37. बुद्ध जयन्ती कहिले मनाइन्छ ?

    • (A) मंसिर शुक्ल पूर्णिमा

    • (B) जेष्ठ शुक्ल पूर्णिमा

    • (C) कात्तिक शुक्ल पूर्णिमा

    • (D) बैशाख शुक्ल पूर्णिमा ✓

  38. सोलहौँ आवधिक योजनाको अन्तिम आर्थिक वर्षसम्म नेपालको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुऱ्याउने लक्ष्य राखिएको छ ?

    • (A) 2195

    • (B) 2351 ✓

    • (C) 2500

    • (D) 2751

  39. कार्बन फुटप्रिन्ट (Carbon Footprint) भन्नाले के लाई बुझाउँछ ?

    • (A) कार्बनको प्रयोग

    • (B) कार्बनको बजार मूल्य

    • (C) कार्बनको व्यापार

    • (D) मानवीय गतिविधिबाट उत्सर्जित ग्रीन हाउस ग्यासलगायतको मापन ✓

  40. बिसिजी खोप (BCG Vaccine) कुन रोगका विरुद्ध दिइन्छ ?

    • (A) मधुमेह

    • (B) श्वासप्रश्वास

    • (C) मुटुरोग

    • (D) क्षयरोग ✓

  41. तलका मध्ये कुन खानेकुरामा कार्बोहाइड्रेट पाइन्छ ?

    • (A) अण्डा

    • (B) गहुँ ✓

    • (C) हरियो सागसब्जी

    • (D) माछा

  42. नेपालको संविधान बमोजिम स्थानीय तह अन्तर्गत देहायका मध्ये कुनलाई समेटिएको छैन?

    • (A) गाउँपालिका

    • (B) नगरपालिका

    • (C) जिल्ला सभा

    • (D) प्रदेशसभा ✓

  43. संयुक्त राष्ट्रसंघका संस्थापक सदस्य राष्ट्रहरू कति वटा रहेका छन् ?

    • (A) 49

    • (B) 50

    • (C) 51 ✓

    • (D) 53

  44. काठमाडौँस्थित ट्रमा सेन्टर कुन मुलुकको सहयोगबाट निर्माण भएको हो ?

    • (A) भारत ✓

    • (B) भुटान

    • (C) पाकिस्तान

    • (D) श्रीलंका

  45. फिफा विश्वकप, 2026 प्रतियोगिताको आयोजक राष्ट्र तलका मध्ये कुन होइन ?

    • (A) उरुग्वे ✓

    • (B) संयुक्त राज्य अमेरिका

    • (C) मेक्सिको

    • (D) क्यानाडा

  46. 'अति जरुरी' पत्रको हकमा आफैले फछ्र्यौट गर्नुपर्ने भएमा कति समयभित्र फछ्र्यौट गरिसक्नु पर्दछ ?

    • (A) 2 दिनभित्र

    • (B) 3 दिनभित्र ✓

    • (C) 7 दिनभित्र

    • (D) पत्र प्राप्त हुनासाथ

  47. निजामती कर्मचारीले एक वर्षमा बढीमा कति दिन बिरामी विदा (Sick Leave) पाउन सक्ने व्यवस्था रहेको छ ?

    • (A) 6

    • (B) 12 ✓

    • (C) 18

    • (D) 30

  48. निजामती सेवा ऐन, 2049 अनुसार राजपत्रांकित विशिष्ट श्रेणीको सचिवको पदावधि कति वर्षको हुने व्यवस्था रहेको छ ?

    • (A) 3

    • (B) 2

    • (C) 5 ✓

    • (D) 6

  49. महालेखापरीक्षकले आफ्नो वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ?

    • (A) प्रधानमन्त्री

    • (B) अर्थमन्त्री

    • (C) राष्ट्रपति ✓

    • (D) प्रतिनिधि सभाको सभामुख

  50. लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?

    • (A) वि.सं. 2015

    • (B) वि.सं. 2013

    • (C) वि.सं. 2008 ✓

    • (D) वि.सं. 2007

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 15
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 33
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 73
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 91
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 53
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA