लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)
१. साहस र समर्पणका पर्याय विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ नेपाली आरोहीको दु:खद निधन कहिले भएको हो ?
➤ वि.सं. २०८३ साउन १४ (सन् २०२६ जुलाई ३०)
- विश्वका सर्वोच्च शिखरहरूमा पाइला टेक्दै नेपालको नाम सगरमाथाभन्दा माथि पु¥याउने अदम्य साहस र समर्पणका प्रतीक निर्मल पुर्जा (निम्स दाइ) सहित छ नेपाली र चार अन्य मुलुकका गरी १० आरोहीको पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी दु:खद निधन भएको । यस अकल्पनीय निधनले सिङ्गो विश्व पर्वतारोहण क्षेत्रलाई स्तब्ध र शोकमग्न बनाएको ।
- घटनाको सङ्क्षिप्त विवरण:
- निधन भएको मिति : वि.सं. २०८३ साउन १४ (सन् २०२६ जुलाई ३०),
- स्थान : पाकिस्तानमा अवस्थित विश्वको १२ औँ अग्लो ‘ब्रोड पिक’ हिमाल, जसको उचाइ ८,०५१ मिटर छ,
- कारण : भीषण हिमपहिरोमा परेर,
- क्षति : विश्व कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना आरोहीको मृत्यु । - ज्यान गुमाएका छ नेपाली:
१.) निर्मल पुर्जा (निम्स दाइ) म्याग्दी, दाना
२.) पुरबहादुर गुरुङ (युक्त) गोरखा
३.) किलीपेम्बा शेर्पा (किलु) दोलखा
४.) निमा शेर्पा सङ्खुवासभा
५.) नवाङ थिन्डु शेर्पा सङ्खुवासभा
६.) ग्यालु शेर्पा ओखलढुङ्गा - निर्मल पुर्जाको व्यक्तिगत विवरण:
- नाम : निर्मल पुर्जा (उपनाम : निम्स दाइ)
- जन्ममिति : वि.सं. २०४० साउन ९ (सन् १९८३ जुलाई २५)
- जन्मस्थान : म्याग्दी जिल्ला, दानागाउँ (गण्डकी प्रदेश, नेपाल)
- उमेर (निधन हुँदा) : ४३ वर्ष
- नागरिकता : नेपाल र संयुक्त अधिराज्य (युके)
- पेसा/पृष्ठभूमि : पर्वतारोही, बेलायतको गोर्खा रेजिमेन्टमा सेवा गरी विशेष सुरक्षा बल (एसबिएस) मा आबद्ध पूर्वगोर्खा सैनिक ।
- पत्नी : सूची पुर्जा
- सन्तान : एक छोरी - प्रमुख विश्व कीर्तिमान तथा उपलब्धि:
- प्रोजेक्ट पोसिबल (सन् २०१९) : विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटै हिमाल मात्र छ महिना छ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम । यो रेकर्ड सन् २०२३ सम्म कायम थियो,
- सबैभन्दा छिटो आरोहण : सगरमाथा, ल्होत्से र मकालु जस्ता कठिन हिमाल मात्र ४८ घण्टाभित्रै सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका,
- के२ हिमालको ऐतिहासिक आरोहण : सन् २०२१ को जनवरीमा के२ हिमाल जाडोयाममा पहिलो पटक सफल आरोहण गर्ने १० नेपाली सदस्य टोलीको नेतृत्व गरेका,
- सम्मान तथा पुरस्कार : बेलायत सरकारबाट ‘मेम्बर अफ दी अर्डर अफ दी ब्रिटिस एम्पायर’ सम्मान प्राप्त गरेका,
- साहित्य÷कृति : उनको साहसिक यात्रामा आधारित पुस्तक ‘बियोन्ड पोसिबल’ र नेटफ्लिक्समा ‘१४ पिक : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री निकै प्रेरणादायी रहेका,
- आधुनिक पर्वतारोहणका एक मार्गदर्शक र इतिहासकै महान् आरोहीमध्येका अद्वितीय प्रतिभा निम्सले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट पहिचान दिलाउन महìवपूर्ण भूमिका निर्वाह गरेका ।

२. प्रसिद्ध पद्मश्री साहित्य पुरस्कार, २०८२ का लागि सङ्क्षिप्त सूचीमा पर्न सफल कृति कुन कुन हुन् ?
➤ तोरकीन (क्षितिज समर्पण), महायुग (सीमा आभास), स्वस्पर्श (डा. नवराज केसी), सलह (श्रवण मुकारुङ), हिउँद (नदीश)

३. आर्थिक ऐन, २०८३ अनुसार लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सूचना रापजत्रमा कहिले प्रकाशित भएको हो ?
➤ वि.सं. २०८३ साउन ६
- हालसम्म असुल गरिएको शिक्षा समता शुल्क वा स्वास्थ्य समता शुल्क असुलउपर गर्ने व्यक्ति वा निकायले भुक्तानीकर्तालाई १५ दिनभित्र फिर्ता दिने र सो अवधिभित्र फिर्ता दिन सम्भव नभएमा सङ्घीय सञ्चित कोषमा दाखिला गर्ने जनाइएको ।
४. गाजामा शान्ति कायम गर्ने सम्बन्धमा बोर्ड अफ पिस, हमास तथा अन्य सशस्त्र समूहबिच इजिप्टमा भएको सम्झौता अनुसार गाजास्थित हमास र अन्य सशस्त्र समूहले कुन निकायलाई आफ्नो हतियार बुझाउने सहमति भएको छ ?
➤ नेसनल कमिटी फर दी एडमिनिस्ट्रेसन अफ गाजा (एनसिएजी),
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ जुलाई ३० मा ‘बोर्ड अफ पिस’, हमास तथा अन्य सशस्त्र समूहबिच इजिप्टमा गाजाको पूर्ण नि:शस्त्रीकरणसम्बन्धी सम्झौता भएको घोषणा गरेका ।
५. दाहाल यज्ञनिधि पुरस्कार, २०८३ बाट क-कसलाई प्रदान गरियो ?
➤ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा,
- भारतको मणिपुरमा बसेर नेपाली भाषा साहित्य र शिक्षणमा सक्रिय साहित्यकार भवानी अधिकारी र सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पु¥याउने निर्देशक नवीन सुब्बालाई यो पुरस्कार संयुक्त रूपमा प्रदान गरिएको,
- यस पुरस्कारको राशि संयुक्त रूपमा एक लाख ५० हजार रुपियाँ रहेको ।

६. राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अनुसार हाल नेपालमा बाघको सङ्ख्या कति पुगेको छ ?
➤ ४२९
- सार्वजनिक मिति: २०८३ साउन १३ (२९ जुलाई २०२६, विश्व बाघ दिवसका अवसरमा।)
- सर्वेक्षणका प्रमुख झलक:
- कुल अनुमानित बाघको सङ्ख्या : ४२९ वटा (सीमा : ४०२५००)
- पहिचान भएका छुट्टाछुट्टै बाघ : ३७३ वटा
- सर्वेक्षण गरिएको कुल क्षेत्रफल : सात ३९३ वर्ग किमी
- सर्वेक्षणको वैज्ञानिक तथा प्राविधिक पक्ष
- बाघको वासस्थानलाई तीन वटा मुख्य कम्प्लेक्स (चितवन-पर्सा कम्प्लेक्स, बाँके-बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्स) मा विभाजन गरी सर्वेक्षण गरिएको,
- हरेक कम्प्लेक्सलाई दुई किमी लम्बाइ र दुई किमी चौडाइका वर्गाकार ग्रिडहरूमा बाँडिएको । प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामरा जडान गरी अनुगमन गरिएको,
-‘स्पेसियल्ली एक्सप्लिसिट क्याप्चररिक्याप्चार’ मोडेलको प्रयोग गरिएको । - कुन निकुञ्जमा कति छन् बाघ ?
१.) चितवन राष्ट्रिय निकुञ्ज : १४५ वटा (सबैभन्दा बढी)
२.) बर्दिया राष्ट्रिय निकुञ्ज : ११२ वटा
३.) पर्सा राष्ट्रिय निकुञ्ज : ७१ वटा
४.) बाँके राष्ट्रिय निकुञ्ज : ५१ वटा
५.) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : ५० वटा
- वि.सं. २०८२ पुस १२०८३ वैशाख १० सम्म सञ्चालित यस सर्वेक्षणमा एक हजार ८४८ वटा ग्रिडमा कुल तीन हजार ६९६ स्वचालित क्यामरा प्रयोग गरिएका । ती क्यामराबाट बाघका ११ हजार ९११ तस्बिर प्राप्त भएका । - नेपालमा बाघको सङ्ख्या बढ्दो क्रममा:
- सन् २०१०: १२१
- सन् २०१४: १९८
- सन् २०१८: २३५
- सन् २०२२: ३५५
- सन् २०२६: ४२९
नोट : नेपालमा हरेक चार/चार वर्षमा बाघ गणना हुने ।
- हाल विश्वभर पाँच हजार छ सयभन्दा बढी बाघ रहेको अनुमान ।
- बाघ संरक्षणलाई निरन्तरता दिन सन् २०२३२०३२ सम्मको अवधिलाई बाघसम्बन्धी १० बर्से कार्ययोजनाका रूपमा सञ्चालन । - बाघ दिवसको नारा:
- सन् २०२६ : सेभ दी टाइगर्स, सेभ दी वाइल्ड ।
- सन् २०२५ : रेइज अवेयरनेस अबाउट दी इम्पोर्टेन्स अफ टाइगर्स एन्ड दी थ्रेट्स दे फेस ।

७. राष्ट्रिय यातायात नीति, २०८३ कहिले स्वीकृत भएको हो ?
➤ वि.सं. २०८३ असार २४
- सार्वजनिक यातायात र सडक पूर्वाधारको विकासमा निजी क्षेत्रको सहभागिता प्रवर्धन गर्न पिपिपी तथा अन्य उपयुक्त मोडेल अवलम्बन गरिने नयाँ नीतिमा उल्लेख ।
८. अमेरिकाको वासिङ्टन डिसीमा आयोजित ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को उपाधि कसले जितेकी छन् ?
➤ दीपिका शर्मा (मेरिल्यान्ड)
- प्रथम उपविजेता : अनामिका श्रेष्ठ (मिसिगन)
- दोस्रो उपविजेता : अनामिका खड्गी (साउथ क्यारोलाइना)
- तेस्रो उपविजेता : रेश्मा निरौला (टेक्सास)
- ग्रान्ड फिनालेमा १६ जना प्रतिस्पर्धीले भाग लिएका
- आयोजक संस्था : ड्रिम्ज युनिभर्सल (प्रमुख : शैलैन्द्र श्रेष्ठ)

९. विश्व हेपाटाइटिस दिवस कहिले मनाइन्छ ?
➤ जुलाई २८
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा : हेपाटाइटिस : लेट्स ब्रेक इट डाउन ।
१०. फिफा विश्वकप २०२६ मा ‘गोल अफ दी टुर्नामेन्ट’ घोषित गोल कुन हो ?
➤ केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्धको खेलमा गरेको गोल
११. नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ ?
➤ साउन १६ गते
- वि.सं. २०८२ असार २३ गतेको मन्त्रीपरिषद् बैठकले हरेक वर्षको साउन १६ गतेलाई औपचारिक रूपमा ‘कोदो दिवस’ मनाउने निर्णय गरेको । यद्यपि यसअघि नेपालमा विगत सात वर्षदेखि स्वस्फूर्त रूपमा साउन १५ मा मनाइँदै आएको ।
१२. ‘दी हिडन ट्रेजर’ द्वारा आयोजित ‘मिस नेपाल २०२६’ को मुख्य उपाधि (मिस नेपाल वल्र्ड२०२६) कसले जित्नुभएको हो ?
➤ दीपमाला ढकाल
- मिस नेपाल इन्टरनेसनल, २०२६ : आर्या निशान्त
- मिस नेपाल कोस्मो, २०२६ : कशिश सुब्बा

१३. मधेश प्रदेश मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो ?
➤ वि.सं. २०८३ साउन ११
- मधेश प्रदेश मानव अधिकार सम्मेलनले दलित तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, मुक्त हरवाचरवाको पुनस्र्थापना, बालविवाह तथा लैङ्गिक हिंसा अन्त्य, जलवायु न्याय र आदिवासी जनजातिको अधिकार कार्यान्वयनलगायत विषय समेटेको १५ बुँदे घोषणापत्र जारी गरेको ।

१४. ‘आउट स्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड, २०२६’ बाट सम्मानित हुने नेपाली बालरोग विशेषज्ञ को हुन् ?
➤ प्राडा मणीन्द्ररञ्जन बराल
- उक्त सम्मान श्रीलङ्काको कोलम्बोमा जुलाई २८ मा आयोजित १९ औँ एसिया प्यासिफिक कङ्ग्रेस अफ पेडियाट्रिक्सको उद्घाटन समारोहमा प्रदान गरिएको ।

१५. उद्योग विभागले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउन कुन प्रणाली अनिवार्य रूपमा लागु गर्ने घोषणा गरेको छ ?
➤ औद्योगिक व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस)
- उद्योग विभागले वि.सं. २०८३ साउन १८ देखि उद्योग दर्तादेखि अन्य कामका लागि लगानीकर्ताले भौतिक रूपमा उपस्थित भएर दिने आवेदन तथा कागजात अनलाइनबाटै गर्नुपर्ने जनाएको ।
प्रस्तुतकर्ता : टङ्क केसी