Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Ajnabee Khadka
  • August 12, 2026
  • 35

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)

१. नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली एकदिवसीय टोलीको नयाँ कप्तानमा कसलाई नियुक्त गर्यो ? 

➤ सन्दीप लामिछाने 

  • वि.सं. २०८३ साउन २५ गते उहाँ दोस्रो पटक राष्ट्रिय टोलीको कप्तान बन्नुभयो, 
  • नेपाल क्रिकेट सङ्घ (क्यान) ले ज्ञानेन्द्र मल्लको स्थानमा पहिलो पटक २०७८ मङ्सिर २९ गते उहाँलाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको थियो,   
  • रोहित पौडेलले चार वर्ष नेपालका लागि कप्तानी गर्नुभएको थियो । उहाँको कप्तानीमा नेपालले ओडिआई मान्यता जोगाउनुका साथै विश्वकप छनोट र दुई पटक टी२० विश्वकप खेलेको थियो,
  • क्यानले टी२० आईको कप्तानमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई यसअघि नै नियुक्त गरेको ।

२. अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबी) को विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली कति औँ स्थानमा रहन सफल भएको छ ? 

➤ ८३ औँ 

  • अन्तर्राष्ट्रिय भलिबल महासङ्घको विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली ५७ स्थानको छलाङ मार्दै ८३ औँ स्थानमा प्रवेश गर्न सफल भएको,
  • यस ऐतिहासिक उपलब्धिसँगै नेपालले आगामी दिनमा एसियाली च्याम्पियनसिपदेखि ओलम्पिक छनोटसम्मका साथै एफआइभिबी र एभिसीले आयोजना गर्ने आधिकारिक तथा छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको ।

३. नेपाल राष्ट्र बैङ्कद्वारा केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सिबिडिसी) सम्बन्धी अवधारणापत्र कहिले सार्वजनिक गरिएको हो ? 

➤ वि.सं. २०८३ साउन २४ 

  • डिजिटल करेन्सी प्रयोगले पाँच वर्षमा ५० प्रतिशत नोट छपाई घटी रु. चार अर्ब ७३ करोड बचत र पुँजीगत खर्चमा टेवा पुग्ने जनाइएको,
  • जाली नोटको जोखिम घट्ने र सुरक्षित डिजिटल भुक्तानी सुविधा, आमनागरिकले सहज रूपमा चलाउन सक्ने डिजिटल मुद्रा ।

नेपालमा पनि डिजिटल मुद्रा चलाउने तयारी, कसरी हुन्छ प्रयोग ?

४. दोस्रो बागमती कार्ययोजनाको अवधि कुन हो ? 

➤ वि.सं. २०८२—२१०२

  • अनुमानित बजेट : रु. दुई खर्ब २५ अर्ब ३१ करोड १६ लाख रुपियाँ,
  • कार्ययोजनाको अवधि : आगामी २० वर्ष (जसलाई चार चरणमा विभाजन गरिएको छ) पहिलो चरण : चालु आवदेखि पाँच वर्ष 
  • दोस्रो चरण :  ६—१० वर्ष (पहिलो मध्यावधि) 
  • तेस्रो चरण : ११—१५ वर्ष (दोस्रो मध्यावधि)
  • चौथो चरण : १६—२० वर्ष (दीर्घकालीन)
  • समेटिएको क्षेत्र : बागमती र यसका सहायक नदीको जलाधार क्षेत्रले ओगटेको ३१४.२ वर्गकिलोमिटर क्षेत्र,
  • क्षेत्रगत वर्गीकरण : जलाधार पर्यावरण र सहरी वृद्धि परिदृश्यका आधारमा संरक्षित क्षेत्र, उपसहरी क्षेत्र र सहरी क्षेत्र गरी तीन भागमा वर्गीकरण । 

 

५. भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड, २०८३ बाट सम्मानित हुने शिक्षक को को हुनुहुन्छ ?  

➤ अन्जना महर्जन (नेपाली, मङ्गल मावि कीर्तिपुर), शर्मिला प्रधान (अङ्ग्रेजी, मङ्गल मावि कीर्तिपुर), राजकुमार कँडेल (गणित, नारायणी नमुना मावि चितवन), प्रकाश आचार्य (सामाजिक अध्ययन, श्रम राष्ट्रिय मावि टुसाल काठमाडौँ) र मुकुन्दप्रसाद काफ्ले (विज्ञान, श्रम राष्ट्रिय मावि टुसाल काठमाडौँ)

  • पुरस्कार राशि : जनही दुई लाख २२ हजार २२२ रुपियाँ । 
  • पुरस्कार प्रदान गर्ने संस्था : भिपी अग्रवाल साइन्स फाउन्डेसन

६. नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन, २०२६’ ले कति बुँदे ‘टोकियो घोषणापत्र’ जारी गर्यो ?

➤ नौबुँदे

  • नेपालजापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित सो सम्मेलनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको कार्यान्वयन र प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरण मुख्य विषय रहेका, 
  • महासङ्घ, जापान शाखाको आयोजना, सबै वैदेशिक शाखाको सहआयोजना तथा नेपालअमेरिका र नेपालअस्ट्रेलिया पत्रकार सङ्घको सहकार्य,
  • प्रवासमा रहेका पत्रकारको ज्ञान र सिपलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने प्रतिबद्धता,
  • विदेशमा कार्यरत पत्रकारको सम्मानार्थ ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय ।

टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ ले जारी गर्‍यो ९ बुँदे ' टोकियो घोषणा पत्र' - Rapti Khabar

७. नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन कहिले भएको हो ?

➤ वि.सं. २०८३ साउन १२ 

८. संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो ५९ वर्ष लामो सदस्यता त्याग गर्दै पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र ओपेक प्लसबाट कहिले बाहिरिएको हो ? 

➤ सन् २०२६ मे १ (सन् २०२६ अप्रिल २८ मा बाहिरिने घोषणा गरेको थियो।)

  • करिब छ दशक लामो आबद्धता अन्त्य गर्दै युएई ओपेकबाट बाहिरिने ठुलो अर्थतन्त्र भएको पहिलो खाडी राष्ट्र बनेको छ, जसले विश्व ऊर्जा राजनीतिमा नयाँ तरङ्ग ल्याएको,
  • ओपेकले तोकेको कूटनीतिक उत्पादन कोटाभन्दा आफ्नो क्षमता अनुसार तेलको उत्पादन बढाएर आर्थिक लाभ लिने र राष्ट्रिय हितलाई प्राथमिकता दिने दीर्घकालीन रणनीतिस्वरूप युएईले यो कदम चालेको,
  • युएईको यो बहिर्गमनले विश्व बजारमा ओपेकको पकड तथा मध्यपूर्वी ऊर्जा समीकरणमा प्रभाव पर्ने विश्लेषकको ठम्याइ रहेको ।

९. सिङ्गापुरमा सम्पन्न ‘एसियन गेम्स पुरुष टी-२० छनोट प्रतियोगिता’ को उपाधि जित्ने राष्ट्र कुन हो ?

➤ नेपाल (१९ रनले विजयी)

  • खेल सञ्चालन मिति : सन् २०२६ मे ३१ - जुन ८  
  • आयोजक : सिङ्गापुर 
  • सिङ्गा ओभल मैदानमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा दुई विकेट गुमाई ११४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सो समयमा डिएलएस नियम अनुसार नेपाल १९ रनले अगाडि रहेकाले विजेता घोषित भएको,
  • यो फाइनल खेल नेपाली राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको १०० औँ टी२० अन्तर्राष्ट्रिय खेल थियो, जुन आफैँमा एउटा महत्वपूर्ण व्यक्तिगत कीर्तिमान हो,
  • प्रतियोगितामा उत्कृष्ट लयमा रहेका कुशल भुर्तेलले फाइनलमा ४० बलमै आठ चौका र तीन छक्कासहित ६५ रन बनाउनुभयो । यसै छनोट प्रतियोगितामा उहाँले दुई शतक प्रहार गर्नुभएको, यस जितसँगै छनोट प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान आगामी एसियन गेम्सका लागि छनोट भएका ।

१०. आसियन डे कहिले मनाउने गरिन्छ ? 

➤ अगस्त ८ 

  • सन् १९६७ अगस्त ८ मा आसियानको स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाइने,
  • पाँच संस्थापक : थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर र फिलिपिन्स, 
  • हाल यसमा कुल ११ सदस्य राष्ट्र रहेका, 
  • ११ औँ सदस्य राष्ट्र : टिमोर लेस्टे ।  

 

११. साउदी अरब, पाकिस्तान र टर्कीबिच सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यसाथ ‘मक्का संयुक्त रक्षा सम्झौता’ कहिले भएको हो? 

➤ सन् २०२६ अगस्त ७

  • सम्झौता अनुसार कुनै एक सदस्य राष्ट्रमाथि हुने आक्रमणलाई तिनै राष्ट्रमाथिको आक्रमण मानिने व्यवस्था गरिएको । 

 

१२. बाल्टिक सागर पौडिएर पार गर्दै ऐतिहासिक कीर्तिमान कायम गर्ने पौडीबाज को हुन् ? 

➤ बार्तोमेइ कुब्कोव्स्की (पोल्यान्डका पौडीबाज)

  • उहाँले बाल्टिक सागरमा लगातार ५६ घण्टासम्म पौडी खेल्दै (करिब १६० किलोमिटर) सो ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको, 
  • उहाँ स्विडेनदेखि पोल्यान्डसम्म बाल्टिक सागर पौडी खेलेर पार गर्ने पहिलो व्यक्ति बन्नुभएको । 

१३. वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन कहिले भएको हो ?  

➤ वि.सं. २०८३ साउन २६ गते

  • जन्म : वि.सं. २००४ साउन ११ 
  • योगदान एवं विधा : नेपाली, मैथिली, हिन्दी र अङ्ग्रेजी (कथा, कविता, गीत तथा अन्य) 
  • चर्चित कृति तथा पाठ्यक्रम : विपतिया (१९६३, पहिलो कथा), हंसा चलल परदेश (मैथिली टेलिफिल्म), ई हमरे कथा थिक, इतिहासक घाओ, डा. विमलका कथाहरू, फिस्टी रानी, कचनार के पेंड (१५ वर्षको उमेरमा), बन्धनबाट मुक्ति र लङ्का दहन (पाठ्यक्रममा समावेश) 
  • पुरस्कार/सम्मान : जगदम्बाश्री पुरस्कार (२०६६), नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार (पहिलो प्राप्तकर्ता), मधुपर्क सम्मान (२०७६) । 

१४. परराष्ट्र मन्त्रालयद्वारा प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको फोरम कुन हो ? 

➤ मोफा नलेज फोरम

  • सुरुवात : वि.सं. २०८३ साउन २० 
  • सञ्चालन गर्ने निकाय : परराष्ट्र मन्त्रालय (नेतृत्व : परराष्ट्रमन्त्री शिशिर खनाल),
  • सञ्चालन अवधि : महिनामा एक पटक (मासिक कार्यक्रम) ।

 

१५. जापानको आइची र नागोयामा हुने २० औँ एसियाली खेलकुदमा नेपाल सहभागी हुने खेलको सङ्ख्या कति रहेको छ ?  

➤ २२ खेल 

  • प्रतियोगिता सञ्चालन मिति : ३१८ असोज, २०८३ (सन् २०२६ सेप्टेम्बर १९अक्टोबर ४)
  • आयोजक राष्ट्र/सहर : आइची र नागोया, जापान
  • नेपालबाट सहभागी हुने खेलाडी सङ्ख्या : १३६ जना (८० पुरुष, ५६ महिला), 
  • चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले एक रजत (कराँतेकी एरिका गुरुङ) र एक कांस्य (महिला कबड्डी) प्राप्त गर्न सफल भएको । 

१६. ‘जनताको हितभन्दा माथि कुनै पनि राजनीतिक उद्देश्य हुन सक्दैन’ भन्ने नेपाली राजनीतिज्ञ को हुन् ? 

➤ पुष्पलाल श्रेष्ठ

 

१७. कोलम्बियामा ठुलो जनधनको क्षति हुने गरी शक्तिशाली भूकम्प कहिले गयो ? 

➤ सन् २०२६ अगस्त १०

  • ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको । 
  • केन्द्रविन्दु र गहिराइ : सान होसे डेल पालमार, चोको क्षेत्र (गहिराइ : १०७ किमी)
  • राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाद्वारा देशभर सङ्कटकाल घोषणा । अमेरिका, इजरायल, फ्रान्स, मेक्सिको, चिलीलगायतका राष्ट्रबाट 
  • सहयोगको प्रतिबद्धता । 

१८. नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को आयोजनाका लागि तय गरेको मिति कुन हो ?  

➤ वि.सं. २०८३ कात्तिक ९ - मङ्सिर ५ (सन् २०२६ अक्टोबर २६ - नोभेम्बर २१) 

 

१९. विश्व आदिवासी दिवस कहिले मनाउने गरिन्छ ? 

➤ अगस्त ९ 

  • ‘हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल मर्मका साथ ३२ औँ विश्व आदिवासी दिवस सन् २०२६ अगस्त ९ मा मनाइएको ।
  • सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घ महासभाको निर्णय अनुसार यो दिवस मनाउन थालिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1136
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 21
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 5
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 34
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 70
Gandaki Pradesh, Fifth - 2083/04/23
Past Questions

गण्डकी प्रदेश, पाँचौ तह - २०८३/०४/२३

  • Aug 11, 2026
  • 279
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA