Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण— के के हुँदै छ त नयाँ?

  • Ajnabee Khadka
  • October 19, 2026
  • 330

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण— के के हुँदै छ त नयाँ?

The third edition of the Nepal Premier League (NPL) - what's new?
  • आयोजक संस्था: नेपाल क्रिकेट संघ (क्यान)
  • मुख्य प्रायोजक (Title Sponsor): सिद्धार्थ बैंक (Siddhartha Bank NPL 2026)— नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणदेखि नै मुख्य प्रायोजक रहँदै आएको,
  • सहप्रायोजक (Official Partner): नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)— नेपाल क्रिकेट संघ (क्यान) र नेपाल टेलिकमबीच वि.सं. २०८३ कात्तिक १ गते (अक्टोबर १८, २०२६) मा आधिकारिक सम्झौता पत्र (MoU) मा हस्ताक्षर भएसँगै नेपाल टेलिकम तेस्रो संस्करणको एनपीएल (NPL Season 3) को 'आधिकारिक दूरसञ्चार साझेदार (Official Telecom Partner)' को रूपमा अनुबन्धित भएको,
  • प्रतियोगिता अवधि: सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म (वि.सं. २०८३ कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म)
  • खेल स्थान (Venue): त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान (त्रिवि मैदान), कीर्तिपुर
  • सहभागी टोली संख्या: कुल ८ वटा फ्रेन्चाइज टोलीहरू
  • कुल खेल (Match) संख्या: ३२ खेलहरू
  • नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण (तेस्रो संस्करणलाई मात्र) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (International Cricket Council - ICC) ले आधिकारिक रूपमा स्वीकृति (Sanction) प्रदान गरेको— क्यानका सचिव पारस खड्काले वि.सं. २०८३ असोज ३१ गते (अक्टोबर १६, २०२६) मा प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीको यस ऐतिहासिक निर्णयबारे औपचारिक जानकारी गराएका,
  • एनपीएल (NPL) को तेस्रो संस्करणदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को नयाँ नियमअनुसार एउटा फ्रेन्चाइज टोलीले बढीमा ८ जना विदेशी खेलाडी टिममा राख्न पाउने व्यवस्था गरिएको— वि.सं. २०८३ आश्विन ३०

नेपाल प्रिमियर लिग (NP) को तेस्रो संस्करणमा आवद्ध हुनेभएका विदेश खेलाडीहरु:

फ्रेन्चाइज टोली (Team) खेलाडी खेलाडीको आवद्ध राष्ट्र
विराटनगर किङ्स (Biratnagar Kings) आन्द्रे रसेल (Andre Russell) वेस्ट इन्डिज (West Indies)
काठमाडौँ गुर्खाज़ (Kathmandu Gorkhas)

डेविड वार्नर (David Warner)

स्प्रित पटेल (Smit Pate)

अस्ट्रेलिया (Australia)

संयुक्त राज्य अमेरिका (United States of America)

पोखरा एभेन्जर्स (Pokhara Avengers)

शकिब अल हसन (Shakib Al Hasan)

धनञ्जय लक्षण (Dhananjaya Lakshan)

बंगलादेश (Bangladesh)

श्रीलंका (Sri Lanka)

कर्णाली याक्स (Karnali Yaks)

डेविड मिलर (David Miller)

हुसेन तलात (Hussain Talaat)

दक्षिण अफ्रिका (South Africa)

पाकिस्तान (Pakistan)

 सुदूरपश्चिम रोयल्स (Sudurpaschim Royals)

शेर्फाने रदरफोर्ड (Sherfane Rutherford)

वेस्ट इन्डिज (West Indies)

  • पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हक सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक नियुक्त— वि.सं. २०८३ आश्विन ३०
  • फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय प्रसिद्ध अलराउन्डर इरफान पठानलाई आफ्नो आधिकारिक 'क्रिकेट सद्भावना दूत (Cricket Ambassador)' नियुक्त— वि.सं. २०८३ आश्विन ३१
  • एनपीएल (NPL) को तेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (DRS - Decision Review System) प्रविधि लागू गर्ने तयारी अन्तिम चरणमा— यस प्रविधिको कुल लागत नेपाल क्रिकेट संघ (Nepal Cricket Association - CAN) र सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूले संयुक्त रूपमा बेहोर्ने सहमति भएको,
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले नेपाल क्रिकेट संघ (CAN) को आयोजनामा हुने तेस्रो संस्करणको एनपीएल (NPL) का सबै खेललाई आधिकारिक रूपमा 'लिस्ट ए टी–२० (List A T20)' को मान्यता प्रदान गरेको,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA