Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

  • Ajnabee Khadka
  • October 12, 2026
  • 329

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

Various types of bills under the Constitution of Nepal
विधेयकको नाम
सम्बन्धित भाग र धारा
विधेयकको परिभाषा र संवैधानिक व्यवस्था
सरकारी विधेयक
भाग–९, धारा ११०(२) (संघ), भाग–१५, धारा १९८(२) (प्रदेश)
नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीद्वारा संसदमा प्रस्तुत गरिने विधेयक। अर्थ विधेयक तथा नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल लगायत सुरक्षा निकायसँग सम्बन्धित विधेयकहरू सरकारी विधेयकका रूपमा मात्र प्रस्तुत गर्न सकिन्छ
गैर-सरकारी विधेयक
भाग–९, धारा ११०(१) (संघ), भाग–१५, धारा १९८(१) (प्रदेश)
सरकारका मन्त्री बाहेक संसदका अन्य कुनै पनि साधारण सदस्य (सांसद) ले संसदमा प्रस्तुत गर्ने विधेयक
अर्थ विधेयक
भाग–९, धारा ११०(३) (संघ), भाग–१५, धारा १९८(३) (प्रदेश)
कर लगाउने, उठाउने, छुट दिने, सञ्चित कोष वा अन्य सरकारी कोषमा रकम जम्मा गर्ने/विनियोजन गर्ने वा ऋण तथा जमानत सम्बन्धी विषयसँग सम्बन्धित विधेयक। यो विधेयक प्रतिनिधि सभा वा प्रदेश सभामा सरकारी विधेयकका रूपमा मात्र प्रस्तुत गरिन्छ
विनियोजन विधेयक
भाग–१०, धारा १२० (संघ), भाग–१६, धारा २०८ (प्रदेश)
वार्षिक बजेट अनुमान अनुसार सञ्चित कोषबाट सेवा तथा कार्यहरूका लागि रकम खर्च गर्ने अधिकार प्राप्त गर्न प्रस्तुत गरिने विधेयक
पूरक विनियोजन विधेयक
भाग–१०, धारा १२१ (संघ), भाग–१६, धारा २०९ (प्रदेश)
चालू आर्थिक वर्षका लागि विनियोजन ऐनले छुट्याएको रकम अपर्याप्त भएमा वा नयाँ सेवामा खर्च गर्नुपरेमा वा थप खर्च भएमा पेस गरिने पूरक बजेट सम्बन्धी विधेयक
पेश्की खर्च विधेयक
भाग–१०, धारा १२२ (संघ), भाग–१६, धारा २१० (प्रदेश)
विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा नयाँ आर्थिक वर्षको अनुमानित व्ययको बढीमा एक तिहाइ (१/३) रकम पेस्कीका रूपमा खर्च गर्न पेस गरिने विधेयक
उधारो खर्च विधेयक
भाग–१०, धारा १२३ (संघ), भाग–१६, धारा २११ (प्रदेश)
प्राकृतिक कारण वा सङ्कटको अवस्था परी बजेटको सम्पूर्ण विवरण खुलाउन अव्यावहारिक वा अवाञ्छनीय देखिएमा व्ययको विवरण मात्र समावेश गरी पेस गरिने विधेयक
संविधान संशोधन विधेयक
भाग–३१, धारा २७४
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल नहुने गरी संविधानका धाराहरू संशोधन वा खारेज गर्न प्रस्तुत गरिने विधेयक

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 117
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 152
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA