Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Ajnabee Khadka
  • August 02, 2026
  • 57

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away

निधन सम्बन्धी विवरण:

  • विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ'को ४३ वर्षको उमेरमा सन् २०२६ जुलाई ३० मा पाकिस्तानको ब्रड पिक (८,०४७ मिटर) हिमालमा आएको विनाशकारी हिमपहिरोमा परी दुखद निधन भएको,
  • निधन भएको मिति: वि.सं. २०८३ साउन १५ गते (सन् २०२६ जुलाई ३०)
  • निधन भएको स्थान: पाकिस्तान र चीनको सीमामा अवस्थित काराकोरम हिमशृङ्खलाको ब्रड पिक (Broad Peak) हिमाल (उचाइ: ८,०५१ मिटर, विश्वको १२ औँ अग्लो हिमाल)
  • दुर्घटनाको कारण: ब्रड पिक आरोहणका क्रममा ६ हजार मिटरभन्दा माथि आएको विनाशकारी हिमपहिरो (Avalanche)
  • अन्तिम अभियानको उद्देश्य: विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल बिना अक्सिजन दुई पटक आरोहण गर्ने पहिलो व्यक्तिको इतिहास रच्न उनी यस अभियानमा निस्किएका,
  • सहयात्रीहरू: सोही हिमपहिरोमा पुर्जाको पर्वतारोहण कम्पनी 'इलाइट एक्सपेड (Elite Exped)' का अन्य ९ जना आरोहीहरू (नेपाली र विदेशीसहित) को पनि निधन भएको;

पर्वतारोहण कम्पनी 'इलाइट एक्सपेड (Elite Exped)' का पहिचान भएका टोली सदस्यहरूको नामावली:

क्रम नाम देश
१. निर्मल "निम्सदाई" पुर्जा नेपाल
२. पुर बहादुर गुरुङ "युक्ता" नेपाल
३. नधिरा अहमद अब्दुल्लाह अल हार्थी ओमान
४. मेलोरी गाइस अमेरिका
५. सोहेल साखी पाकिस्तान
६. वाङ जोङ चीन
७. किल्ली पेम्बा शेर्पा "किलु" नेपाल
८. निमा शेर्पा नेपाल
९. नवाङ थिन्दू शेर्पा नेपाल
१०. ग्यालु शेर्पा नेपाल
 
व्यक्तिगत परिचय र पृष्ठभूमि:
  • पूरा नाम: निर्मल पुर्जा
  • लोकप्रिय नाम: निम्स दाइ
  • जन्म मिति: सन् १९८३ जुलाई २५ (वि.सं. २०४० श्रावण ९ गते)
  • जन्मस्थान: दाना, म्याग्दी, नेपाल (बाल्यकाल चितवनमा व्यतीत)
  • सैनिक पृष्ठभूमि: सन् २००३ मा बेलायती सेनाको 'गोरखा राइफल्स' मा भर्ती भई पछि बेलायतको अत्यधिक प्रतिष्ठित विशेष जलसेना इकाई 'स्पेशल बोट सर्भिस (SBS)' मा सेवा गर्ने पहिलो नेपाली बन्न सफल (सन् २०१८ मा सैनिक सेवाबाट अवकाश)
  • नागरिकता: गैरआवासीय नेपाली (NRN) नागरिकता प्राप्त (बेलायती नागरिक समेत)

प्रमुख विश्व कीर्तिमान र ऐतिहासिक सफलताहरू:

पर्वतारोहण इतिहासमा ऐतिहासिक उपलब्धिहरू कीर्तिमानको विवरण / मुख्य तथ्य
प्रोजेक्ट पसिबल (Project Possible) सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल मात्र ६ महिना ६ दिनमा सफलतापूर्वक आरोहण गरी तत्कालीन समयमा विश्व कीर्तिमान कायम गरेको (अभियान अवधि: २०१९ अप्रिल २३ देखि अक्टोबर २९ सम्म)
के-टु (K2) को पहिलो हिउँदकालीन आरोहण सन् २०२१ जनवरी १६ मा विश्वकै दोस्रो अग्लो हिमाल के-टु (K2, ८,६११ मि.) को इतिहासमै पहिलो पटक हिउँद (Winter Season) मा सफल आरोहण गर्ने १० जना नेपाली टोलीको नेतृत्व गरेका,
सबैभन्दा तीव्र गतिको त्रिपक्षीय आरोहण ८,००० मिटरका तीन हिमाल: सगरमाथा (Everest), ल्होत्से (Lhotse), र मकालु (Makalu) हिमाल ४८ घण्टा ३० मिनेट भित्र आरोहण गरेर विश्व कीर्तिमान बनाएका,
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स
उच्च हिमाली पर्वतारोहण र तीव्र गतिको आरोहणका विभिन्न विधामा १८ भन्दा बढी गिनिज वर्ल्ड रेकर्ड आफ्नो नाममा सुरक्षित राखेका,
विशिष्ट सैन्य सफलता बेलायती सैन्य सेवाअन्तर्गत बेलायती रोयल नेभीको 'स्पेसल बोट सर्भिस' (Special Boat Service - SBS) मा छनोट हुने पहिलो नेपाली
सैन्य उपाधि
बेलायती महारानीद्वारा प्रदान गरिने प्रतिष्ठित सैनिक सम्मान MBE (Member of the Most Excellent Order of the British Empire) बाट सम्मानित
अन्तर्राष्ट्रिय वृत्तचित्र  उनको ऐतिहासिक आरोहण अभियानमा आधारित नेटफ्लिक्स वृत्तचित्र (Netflix Documentary) '14 Peaks: Nothing is Impossible' ले नेपाली पर्वतारोही र नेपालको साहसिक पर्यटनलाई विश्वभर उच्च सम्मान र पहिचान दिलाएको,

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 56
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 120
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 104
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA