Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दस वर्षयताकै लामो दिन आज

  • Bijeta Kunwar
  • July 06, 2023
  • 514

दस वर्षयताकै लामो दिन आज

दस वर्षयताकै लामो दिन आज
  • बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्याधिक गर्मी हुने छ ।
  • बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्सरभेटोरी विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुरा जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. सतनकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
  • पृथ्वी र सूर्यबिचको दुरी करिव १५ करोड किलोमिटर छ । बिहिबार दुबै बीचको दूरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्य दुरुस्थ भनिन्छ ।
  • उहाँले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जान्छ भन्नुभयो । सुर्य को नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ ।
  • पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ,” समितिका कार्यकारी निर्देशक डा. शर्माले भन्नुभयो पृथ्वी आफ्नो अक्षरमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुन जान्छ। असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री त्यसपछि सूर्यतीर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाश लाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी धुव्रमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ। उत्तरी धुव्रमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुबमा वर्ष बास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुबमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ।

-गोरखापत्र समाचारदाता
-काठमाडौँ असार २० गते

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 19
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 159
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 61
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 212
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 179
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA