Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

जी२० के हो? (What is G20 Summit?)

  • Ajnabee Khadka
  • September 10, 2023
  • 750

जी२० के हो? (What is G20 Summit?)

जी२० के हो? (What is G20 Summit?)

विश्वका शक्तिराष्ट्रहरूको समूह जी-२० का नेताहरू जलवायु परिवर्तन र युक्रेनमाथिको रुसी युद्धसँग कसरी जुझ्नेसहितका जटिल मुद्दामा छलफल गर्न भारतको नयाँ दिल्लीमा भेला भएका छन्।

उक्त शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्रहरू रुस र चीनका सरकार प्रमुखहरू अनुपस्थित हुनेछन्। मतभेदका माझ भारतीय प्रधानमन्त्री मोदीले शिखर सम्मेलन समाप्त हुने समयसम्ममा एउटा साझा घोषणापत्रमा सहमति जुटाउने आशा राखेका छन्। कम्तीमा एउटा विषयमा समझदारी बनेको देखिएको छ। त्यो भनेको कैयौँ नेताहरूले अफ्रिकी युनियनलाई पनि आमन्त्रित गरेर जी-२०लाई जी-२१ मा विस्तारित गर्ने भारतीय प्रधानमन्त्रीको प्रस्तावलाई समर्थन गरेका छन्।

जी २० के हो?

ग्रूप अफ ट्वेन्टी अर्थात् जी२० विश्वका शक्तिराष्ट्रहरूको एउटा समूह हो। यसको बैठक विश्वव्यापी अर्थतन्त्रबारे योजना बनाउन केन्द्रित हुने गर्छ। जी२० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच कुल व्यापारमध्ये ७५ प्रतिशत हुने गर्छ। विश्वको कुल जनसङ्ख्यामध्ये दुईतिहाइ मानिसहरू ती देशमा बस्छन्।

  • चिनियाँ राष्ट्रपति जी२० मा भाग लिन भारत नजाने, बाइडन ‘निराश’
  • चीनको नयाँ नक्सा: भारतको आपत्तिपछि बेइजिङले दियो जबाफ, ताइवान समेत रुष्ट

जी२० को सदस्यमा युरोपेली सङ्घ र १९ वटा देशहरू छन्। आर्जेन्टिना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन्।

जी२० राष्ट्रमध्ये सात वटाको समूह जी७ (जी-सेभन) पनि छ। जी२० का कतिपय देशहरू – ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका – ले ‘ब्रिक्स’ नामक अलग्गै समूह बनाएका छन्। उक्त समूह ठूलो हुने क्रममा छ। ब्रिक्सको हालै सम्पन्न शिखर बैठकमा आर्जेन्टिना, इजिप्ट, इरान, इथिओपिया, साउदी अरब र यूएईसहित छ देशलाई पनि आमन्त्रण गरिएको थियो।

जी२० समूहले के छलफल गर्छ?

जी२० राष्ट्रका शीर्षस्थ नेताहरूले छलफल गर्ने विषयहरू हालैका वर्षहरूमा अर्थतन्त्रमा मात्र सीमित छैन। जलवायु परिवर्तन, दिगो ऊर्जा, अन्तर्राष्ट्रिय ऋण मिनाहा, बहुराष्ट्रिय कम्पनीहरूलाई कर लगाउने विषयहरूमा पनि छलफल हुन थालेको छ। प्रत्येक वर्ष एउटा फरक जी२० सदस्यराष्ट्रले अध्यक्षता ग्रहण गर्ने अभ्यास छ। सोही राष्ट्रले बैठकको विषयवस्तु तय गर्ने गरेको पाइन्छ। सन् २०२२ मा इन्डोनेशियाले जी२० को अध्यक्षता ग्रहण गरेको थियो र शिखर सम्मेलन बालीमा आयोजना गरिएको थियो। सन् २०२३ को अध्यक्ष भारतले दिल्लीमा हुने शिखर सम्मेलन दिगो विकासमा केन्द्रित भएको हेर्न चाहेको छ। भारतले विकसित र विकासशील देशहरूबीच आर्थिक वृद्धिमा समान पहुँच कायम गर्न चालिनुपर्ने कदमहरूप्रति पनि रुचि व्यक्त गरेको छ।

  • युक्रेनका लागि एफ-१६ लडाकु विमान किन महत्त्वपूर्ण
  • पुटिन र प्रिगोजिनबीचको त्यो मित्रता जसले विद्रुप मोड लियो
  • नेटो के हो, यसले रुसविरुद्ध अब कस्तो अभियान चाल्न सक्छ

सम्मेलनमा सामूहिक बैठकबाहेक विश्वका राष्ट्रपति र प्रधानमन्त्रीहरूले एक्लाएक्लै भेटवार्ताको अवसर पनि पाउने छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले राष्ट्रपति जो बाइडनले विभिन्न नेताहरूसँग भेटवार्ता गर्ने र जलवायु परिवर्तनसँग जुझ्ने उपाय, युक्रेनमा जारी रुसी युद्ध र गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा विश्व ब्याङ्कजस्ता संस्थाहरूले चाल्नुपर्ने कदमलाई अझ बलियो बनाउनुपर्ने विषयमा छलफल गर्ने जनाएको छ। तर क्रेम्लिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङ पनि सम्मेलनमा सहभागी नहुने विवरणहरू आएका छन्।

के जी२० मा विवादास्पद मुद्दाहरू छन्?

हालै दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्सको शिखर सम्मेलनमा रुसको प्रतिनिधित्व विदेशमन्त्री सर्गेइ लाभ्रोफले गरेका थिए। उक्त सम्मेलनमा राष्ट्रपति पुटिनले भिडिओ लिङ्कबाट सम्बोधन गरेका थिए। मे महिनामा चीन र साउदी अरबले पर्यटनबारेको जी२० बैठकलाई बहिष्कार गरेका थिए। भारत-प्रशासित कश्मीरमा उक्त बैठक आयोजना गरिएको थियो र कश्मीर क्षेत्रमा पाकिस्तान र भारत दुवैले दाबी गर्दै आएका छन्। भारत र चीनबीच बेइजिङले सार्वजनिक गरेको नक्सालाई लिएर पनि विवाद छ। सो चिनियाँ नक्सामा अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई चिनियाँ सीमाभित्र देखाइएको छ। रुस-युक्रेन युद्धले दिल्लीमा हुने शिखर सम्मेलनमा मतभेदहरू निम्त्याउने देखिन्छ। सन् २०२२ को मार्चमा जी२० का विदेशमन्त्रीहरूको सम्मेलनमा अमेरिकी र रुसी प्रतिनिधिमण्डलबीच गम्भीर मतभेदका कारण कुनै सहमति हुन सकेन। सन् २०२२ को नोभेम्बरमा बालीमा सम्पन्न नेताहरूको सम्मेलनमा युक्रेनी सीमाबाट पोल्यान्डतर्फको भूमिमा लडाइँका क्रममा क्षेप्यास्त्र खसेको विषय छलफलको केन्द्रमा रहेको थियो।

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 27
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 51
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 33
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 14
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 23
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA