Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

समसामयिक सामान्यज्ञान-२०८२

  • Bikash Shrestha
  • September 01, 2025
  • 1731

समसामयिक सामान्यज्ञान-२०८२

Current General Knowledge-2082


विश्व पृथ्वी दिवस, २०२५
* यो दिवस कहिले मनाइन्छ ? हरेक बर्षको अप्रिल २२ तारिक
* पृथ्वी दिवस सर्वप्रथम कहिले मनाइएको थियो ? सन् १९७०
* पहिलो पृथ्वी सम्मेलन कहाँ भएको थियो ? ब्राजिलको रियो दि जेनेरियो
* कहिले भएको थियो ? सन् १९९२ जुन ३-१४ सम्म
* तत्कालिन नारा के रहेको थियो ? एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौं
* कति राष्ट्र सम्मीलित थिए ? १७८ राष्ट्र
* नेपालबाट उक्त सम्मेलनमा कस्ले भाग लिएका थिए ? गिरिजाप्रसाद कोइराला
* विश्व पृथ्वी दिवस सन् २०२२ को नारा के रहेको थियो ? Restore our earth
* विश्व पृथ्वी दिवस सन् २०२३ को नारा के रहेको थियो ? Invest in our planet
* विश्व पृथ्वी दिवस सन् २०२४ को नारा के रहेको छ ? planet vs plastics
* विश्व पृथ्वी दिवस सन् २०२५ को नारा के रहेको छ ? Our Power, Our Planet
* एजेण्डा २१ के सँग सम्बन्धीत छ ? वातावरण संरक्षणमा राष्ट्रहरुले गर्नुपर्ने कामहरुको सूची
* एजेण्डा २१ मा हस्ताक्षर गर्ने प्रथम मुलुक कुन हो ? चीन (सन् १९९४ )
* नेपालमा दाङ, सुर्खेत र कैलाली जिल्लाहरुमा एजेण्डा २१ अर्न्तगत क्यापासिटि-३ कार्यक्रम लागु गरिएको छ ।


राष्ट्रिय चिया दिवश, २०८२
कहिले मनाइन्छ ? वैशाख १५ गतेराष्ट्रिय चिया दिवस २०८२ को नारा
स्वस्थ चिया दिगो बजार, समृद्ध नेपालको आधार
राष्ट्रिय चिया दिवस २०८१ को नारा
कृषि पर्यटन र औद्योगिकरण : नेपाली चियाको दिगो बजारीकरण।
विश्वको पहिलो नगदे बालि कुन हो ? चिया
चिया उत्पादन गर्ने प्रमुख राष्ट्र भारत, श्रिलंका, केन्या, इण्डोनेसिया, चिन (सुत्र भासि के इचि)
पहाडि जिल्लामा उत्पादन हुने चिया अर्थोडक्स चिया

तराईका जिल्लामा उत्पादन हुने चिया : सिटिसि चिया
नेपालमा उत्पादित हुने चिया चमेलिया चिया परिवार अन्तर्गत को चिया हो
बढि चिया बगान भएको जिल्ला : इलाम (५५९८ बगान )
बढि चिया उत्पादन गर्ने जिल्ला : झापा
नेपालमा चिया भित्राउने व्यक्ति को हुन् ? गजराज मिश्र
२०३९ सालमा राजा विरेन्द्र द्वारा चिया क्षेत्र घोषित ५ जिल्ला : झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा) नेपालको १४
जिल्लामा चिया खेती हुने गरेको छ
चियामा पाइने तत्व : टेनिन
स्मरण रहोस नेपालमा चिया उत्पादन प्रति हेक्टर १०० कि.ग्रा रहेको छ
नेपालमा उत्पादिन चियाले बजारबो ४५ प्रतिशत माग मात्र धानेको छ ।


बिम्स्टेकको छैटौँ शिखर सम्मेलन
* कहाँ सम्पन्न भयो ? थाइल्याण्डको बैङ्कक
* कहिले सम्पन्न भयो ? सन् २०२५ अप्रिल ४
* बिम्स्टेकको पहिलो भिजन दस्तावेज, बिमस्टेक बैङ्कक भिजन २०३० अनुमोदन भएको ।
* यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानविय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्ध लचिलो र खुला
बिमस्टेक नारा अर्न्तगत बिमस्टेक बैङ्कक भिजनसहित छ बुदें प्रस्ताव पारित गरेको छ ।
१. बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन
२. बिम्स्टेकको भविष्य निर्धारणका लागि प्रबृद्ध व्यक्तिहरुको समूह
३. समुद्री यातायात सहयोगसम्बन्धी म्यारिटाइम ट्रान्सर्पोट सम्झौता
४. भूकम्पबाट प्रभावित म्यानमार र थाइल्याण्डलाई सहयोग गर्ने बिष्यसहितको संयुक्त वक्तव्य
५. पर्यटन र संस्कृतिलाई प्राथमिकता
६. जनता जनताको सम्पर्क विस्तार


राष्ट्रिय याक दिवश, २०८२
● कहिलेबाट मनाउन सुरु गरिएको हो ? वि.सं २०८२ बाट
● कहिले मनाइन्छ ? वैशाख ७ गते
● नारा के रहेको छ ? याक चौंरी प्रर्वद्धन हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण
● याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।


विश्व आर्टिफिसियल इन्टेलिजेन्स शिखर सम्मेलन
* कहाँ सम्पन्न भयो ? फ्रान्सको राजधानी पेरिस मा
* कहिले सम्पन्न भयो ? सन् २०२५ फेब्रअरी १०-११
* कति देशको सहभागिता थियो ? ८० देशका सरकारी प्रतिनिधि सँगै एआई क्षेत्रका विज्ञ, अग्रणी कम्पनी, डेभलपर आदि
* कस्को अध्यक्षतामा सम्पन्न भयो ? फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याको
* कस्को सहअध्यक्षतामा सम्पन्न भयो ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
* पहिलो सम्मेलन कहिले भएको थियो ? सन् २०२३, बेलायतमा
* दोस्रो सम्मेलन कहिले भएको थियो ? सन् २०२४, दक्षिण कोरिया
* तेस्रो सम्मेलन कहिले भयो ? सन् २०२५, फ्रान्स
* यसपटक चिनिया एआई मोडल डिपसिकको व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठुलो परिर्वतनका बिच यो
सम्मेलन आयोजना भएको हो ।

भरपर्दो पहुँच प्रदान गर्ने, वातावरणमैत्री एआई
विकास गर्ने र प्रभावकारी एवं समावेशी एआईको सुनिश्चितता गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिएको छ ।


विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक बृद्धिदर
* कहिले सार्वजनिक गर्यो ? सन् २०२५ मार्च २४
* पछिल्लो तिन दशकको आर्थिक बृद्धिदर कति रहेको छ ? ४.२ प्रतिशत
*प्रतिवेदन अनुसार सन् १९९६ देशि २०२३ सम्मको अवधिमा नेपालको आर्थिक वृद्धिमा विप्रेषणको महत्वपूर्ण भूमिका रहेको छ ।
दक्षिण एशियाका आठ राष्ट्र मध्ये नेपालको आर्थिक वृद्धिदर छैटौँ स्थानमा रहेको छ ।
* गरिबि न्युनिकरणमा नेपालको सफलता उल्लेखनिय रहेको छ ।
*१६ औं आवधिक योजनाले सन् २०२९ सम्ममा बार्षिक ७.१ प्रतिशतको जिडिपि वृद्धिको अनुमान गरेको छ ।

विश्व खुशी सूचकांक, २०२३

सबैभन्दा खुशी १० राष्ट्र दक्षिण एसियाली राष्ट्रको अवस्था
पहिलो: फिनल्याण्ड नेपाल – ९२ औं स्थानमा
दोस्रो: डेनमार्क पाकिस्तान – १०८ औं स्थानमा
तेस्रो: आइसल्याण्ड भारत – १२६ औं स्थानमा
चौथो: इजरायल श्रीलङ्का – ११२ औं स्थानमा
पाँचौं: नेदरल्यान्ड्स बंगलादेश – ११८ औं स्थानमा
छैटौं: स्विडेन  
सातौं: नर्वे  
आठौं: स्विट्जरल्याण्ड  
नवौं: लक्जेम्बर्ग  
दशौं: न्युजिल्याण्ड  

खोखो विश्वकप, २०२५
* कहाँ सम्पन्न भयो ? भारतको नयाँ दिल्लि
* विजेता : भारत
* उपविजेता : नेपाल


कोशि प्रदेश सरकारद्वारा आयोजित लगानि सम्मेलन
• कहिले सम्पन्न भयो ? वि.सं २०८२ वैशाख १८ र १९ गते
● यस अघि माघ ११-१३ का लागि तय गरिएको सम्मेलन स्थगन भएको थियो ।
सम्मेलनमा प्रस्तुत हुने परियोजनामा उद्योग र पर्यटन क्षेत्रका आयोजना बढी रहने जनाइएको छ ।


विश्वका अर्वपतिहरुको सूची, २०२५
● कस्ले प्रकाशन गरेको ? फोब्रस
● विश्वकै धनाढ्य व्यक्ति को हुन ? एलन मस्क
● फोब्रसका अनुसार हाल विश्वभर, ३०२८ जना अर्बपति रहेका छन ।
● नेपालका उद्योगि एवं राजनितिकर्मि विनोद चौधरी दुई अर्ब डलरका साथ १,७२९ औं स्थानमा रहेका छन ।
● इलन मस्क (३४२ अर्ब), मार्क जुकरवर्ग (२१६ अर्ब), जेफ बेजोस (२१५ अर्ब), ल्यारि एलिसन (१९२ अर्ब), बर्नाड
अर्नल्ट (१७८ अर्ब) सम्पत्ति सहित विश्वका पाँच शिर्ष धनाढ्यको सूचीमा रहेका छन ।


सार्वजनिक प्रतिष्ठानको व्यवस्थापनका लागि स्वीकृति
●सरकारले सातवटा सार्वजनिक प्रतिष्ठानको व्यवस्थापनका लागि स्वीकृति प्रदान गरेको छ ।

Categories

  • Current Affairs 575
  • Gorkhapatra 301
  • Others 962
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Public Service Preparation Special: Objective Question and Answer (16 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१६ वैशाख २०८३, बुधबार)

  • Apr 29, 2026
  • 1
Brief table of the world's major religions
Others

विश्वका प्रमुख धर्महरूको संक्षिप्त तालिका

  • Apr 28, 2026
  • 84
Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Apr 28, 2026
  • 48
Narayan Dutta Poudel appointed as the 13th Inspector General (IGP) of the Armed Police Force (APF), Nepal
Current Affairs

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

  • Apr 28, 2026
  • 71
Red Bull Shilapatra Year Person 2082
Current Affairs

रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२

  • Apr 28, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA