Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Ajnabee Khadka
  • November 04, 2026
  • 75

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

Unique and salient features of the Constitution of Nepal (2072)
  • नेपालको संवैधानिक इतिहासमा जनताद्वारा प्रतक्ष्य निर्वाचित संविधानसभाबाट जारी भई कार्यन्वयनमा आएको पहिलो संविधान
  • राज्यको मूल संरचना सङ्घीय (Federal), प्रादेशिक र स्थानीय गरी त्रि-स्तरीय सङ्घीय प्रणालीमा विभाजन गरिएको,
  • मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक (Federal Democractic Republic) राज्यका रूपमा स्थापित गरिएको,
  • संसदको दुई-तिहाइ (२/३) बहुमतबाट समयअनुकूल संसोधन सम्भव रहेको लचिलो प्रकारको संविधान
  • सनातन धर्म-संस्कृतिको संरक्षण गर्दै प्रत्येक नागरिकलाई आफ्नो आस्था अनुसार धर्म मान्ने स्वतन्त्रतासहित नेपाललाई 'धर्मनिरपेक्ष राज्य (Secular State)' घोषित गरिएको
  • राज्यका तीन प्रमुख अङ्गहरू (विधायिका, कार्यपालिका र न्यायपालिका) बीच स्पष्ट अधिकार र सीमा निर्धारण गरी शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई संवैधानिक रूपमा अङ्गीकार गरिएको,
  • नागरिकका सामाजिक, आर्थिक, सांस्कृतिक तथा नागरिक-राजनीतिक अधिकारहरू समेटेर ३१ वटा मौलिक हकको संवैधानिक प्रत्याभूति गरिएको,
  • आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्न सकिने प्रावधानका साथै गैरआवासीय नेपाली (NRN) नागरिकताको पहिलो संवैधानिक व्यवस्था
  • राष्ट्रध्यक्ष (राष्ट्रपति) लाई संवैधानिक/आलङ्कारिक प्रमुख र मन्त्रिपरिषद् (प्रधानमन्त्री) लाई स्पष्ट कार्यकारी अधिकारसहितको बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली कायम गरिएको,
  • समुदाय विशेषको अधिकार संरक्षण तथा सम्बोधनमा राज्यको जवाफदेहितालाई मजबुत बनाउदैं विस्तारित संवैधानिक आयोगहरूको व्यवस्था गरिएको— दलित आयोग, महिला आयोग, मधेसी आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग आदि
  • राष्ट्रिय महत्त्वको कुनै पनि विषयमा सङ्घीय संसद्का तत्काल कायम सम्पूर्ण सदस्य सङ्ख्याको दुई-तिहाइ बहुमतबाट निर्णय गरी 'जनमत सङ्ग्रह (Referendum)' मार्फत प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने संवैधानिक अवसर सुनिश्चित
  • २७५ सदस्यीय प्रतिनिधि सभा र ५९ सदस्यीय राष्ट्रिय सभा गरी द्विसदनात्मक संसद् तथा प्रत्यक्ष (FPTP - १६५ जना) र समानुपातिक (PR - ११० जना) निर्वाचन प्रणालीको संयोजन मार्फत फराकिलो र समावेशी जनप्रतिनिधित्व सुनिश्चित
  • राज्यका सम्पूर्ण संरचना, मौलिक हक, निर्वाचन प्रणाली, संवैधानिक निकाय, कूटनीतिक नियुक्ति तथा निजामती/सरकारी सेवामा समानुपातिक समावेशी सिद्धान्तका आधारमा नागरिकको सहभागिता र प्रतिनिधित्वको स्पष्ट संवैधानिक प्रत्याभूति
  • सङ्घीय विवाद निरूपणका लागि सर्वोच्च अदालतमा 'संवैधानिक इजलास' र स्थानीय तहमै विवाद निरूपणका लागि उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय 'न्यायिक समिति' को संवैधानिक व्यवस्था

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 79
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 74
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 115
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 249
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA