Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बाघ गणना २०२६ को लागि मिति तोकिएको,

  • Ajnabee Khadka
  • December 10, 2025
  • 1218

बाघ गणना २०२६ को लागि मिति तोकिएको,

Date set for Tiger Census 2026,
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पुस १ गतेदेखि बाघ गणना सुरु गर्ने भएको (यो गणना हरेक चार–चार वर्षमा गरिन्छ,),
  • सुरु मिति: वि.सं. २०८२ पुस १ गते 
  • गणना अवधि: तीन महिना
  • समावेश गरिने महिनाहरू: पुस, माघ, र फागुन
  • गणना गरिने क्षेत्रहरू (राष्ट्रिय निकुञ्जहरू)
    • पर्सा राष्ट्रिय निकुञ्ज
    • चितवन राष्ट्रिय निकुञ्ज
    • बाँके राष्ट्रिय निकुञ्ज
    • बर्दिया राष्ट्रिय निकुञ्ज
    • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
  • वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य का अनुसार क्यामेरा ट्र्यापिङ विधि प्रयोग गरिनेछ र गणनालाई मुख्य तीन कम्प्लेक्समा विभाजन गरिएको छ:
कम्प्लेक्स सङ्ख्या समावेश गरिएका क्षेत्र ब्लक सङ्ख्या गणना विधि
पहिलो कम्प्लेक्स चितवन र पर्सा राष्ट्रिय निकुञ्ज तीन (३) वटा प्रति 'ग्रीड' (२ वर्ग किमि) मा एक जोडी क्यामेरा जडान गरी १५ रातसम्म राख्ने,
दोस्रो कम्प्लेक्स बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तीन (३) वटा सोही विधि लागू,
तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी एक (१) वटा सोही विधि लागू,
  • प्रयोग गरिने क्यामेरा: सरकारी र दातृ निकायसँग भएका १,१०० क्यामेरा (पुरानै क्यामेरा प्रयोग गरिने),
  • अनुमानित खर्च: २ करोड ५० लाख हाराहारी (क्यामेरा पुरानै प्रयोग गरिने भएकाले खर्च कम हुने अनुमान),
  • बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरू राखिनेछ; क्यामेराले खिचेका फोटोहरू हेरेर बाघको शरीरमा भएका विशिष्ट पाटा (धारहरू) का आधारमा सङ्ख्या छुट्याइनेछ, किनभने हरेक बाघको पाटा फरक-फरक हुने गर्दछन्,

सन् २०२२ को बाघ गणनाको तथ्यांक:

  • सन् २०२२ मा नेपालमा वयस्क बाघको कुल सङ्ख्या: ३५५ वटा (सन् २००९ मा रहेको १२१ वटा बाघको सङ्ख्याको तुलनामा १९०% भन्दा बढी ले वृद्धि भएको, अर्थात् दोब्बर बनाउने लक्ष्य २५० थियो, तर सङ्ख्या ३५५ पुगेको,))
  • नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको विश्व बाघ सम्मेलनमा गरेको प्रतिबद्धता (बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर गरी २५० पुर्‍याउने - TX2 लक्ष्य) लाई सफलतापूर्वक पूरा गर्दै लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको,
  • राष्ट्रिय बाघ सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक मिति: २९ जुलाई २०२२, विश्व बाघ दिवसको दिन

नेपालका पाँचवटा बाघ पाइने राष्ट्रिय निकुञ्जहरूमा बाघको सङ्ख्या:

राष्ट्रिय निकुञ्ज बाघको सङ्ख्या (सन् २०२२)
चितवन राष्ट्रिय निकुञ्ज १२८
बर्दिया राष्ट्रिय निकुञ्ज १२५
पर्सा राष्ट्रिय निकुञ्ज ४१
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३६
बाँके राष्ट्रिय निकुञ्ज २५
कुल सङ्ख्या ३५५

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 17
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 33
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 74
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 92
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 55
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA