Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नदीको आधारमा नेपालको विभाजन

  • Bikash Shrestha
  • August 31, 2025
  • 1118

नदीको आधारमा नेपालको विभाजन

Division of Nepal based on rivers

(क) कोशी क्षेत्र

  • पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसायँथान) सम्मको भू–भागलाई कोशी नदी प्रणाली क्षेत्र भनिन्छ । यो हिमाली पूर्वगामी नदी प्रणाली हो ।
  • तमोर, अरुण, लिखु, दूधकोशी, तामाकोशी, सुनकोशी र इन्द्रावती नदीहरू मिलेर सप्तकोशी नदी बनेको हो । सप्तकोशी नेपालकै सबैभन्दा ठूलो नदी हो । यसको कुल लम्बाइ ७२० कि.मि. मध्ये २०० कि.मि. नेपालभित्र पर्छ ।
  • औसत जलप्रवाह क्षमता १,५०० घनमिटर/सेकेन्ड रहेको यो नदीबाट २२,००० मेगावाट विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ । कोशी नदी प्रणालीको प्रभाव क्षेत्र करिब ६० हजार वर्ग कि.मि. (नेपालमा मात्रै ३१,६०० वर्ग कि.मि.) रहेको छ । सप्तकोशीका सहायक नदीमध्ये अरुण सबैभन्दा ठूलो र लिखु सबैभन्दा सानो हो ।

(ख) गण्डकी क्षेत्र

  • पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरि हिमालसम्मको भू–भागलाई गण्डकी नदी प्रणाली क्षेत्र भनिन्छ ।
  • गण्डकीका सात प्रमुख सहायक नदीहरू: त्रिशूली, बुढीगण्डकी, दरौँदी, मादी, मस्र्याङ्दी, सेती र कालीगण्डकी हुन् । चितवन जिल्लामा देवघाटभन्दा तल पुग्दा गण्डकीलाई नारायणी भनिन्छ ।
  • यस नदीको कुल लम्बाइ करिब ३३८ कि.मि. छ । प्रवाह क्षेत्रफल ३३,००० वर्ग कि.मि. भन्दा बढी छ र विद्युत् उत्पादन क्षमता करिब २१,००० मेगावाट मानिन्छ । सहायक नदीहरूमध्ये कालीगण्डकी सबैभन्दा ठूलो र दरौँदी सबैभन्दा सानो हो ।
  • गहिरो खण्ड भएका कारण गण्डकीलाई नेपालको सबैभन्दा गहिरो नदी पनि मानिन्छ । यसले औसतमा प्रतिसेकेन्ड १,७१३ घनमिटर पानी बगाउँछ ।

(ग) कर्णाली क्षेत्र

  • पूर्वमा धवलागिरि हिमालदेखि पश्चिममा व्यास हिमालसम्मको भू–भागलाई कर्णाली नदी प्रणाली क्षेत्र भनिन्छ ।
  • कर्णालीका प्रमुख सात सहायक नदीहरू: हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेती हुन् । कर्णालीलाई नेपालको सबैभन्दा लामो नदी पनि मानिन्छ ।
  • भारतमा प्रवेश गरेपछि यसलाई घाघरा वा सरयू नदी भनिन्छ । कुल प्रवाह क्षेत्रफल करिब ४२,००० वर्ग कि.मि. छ । नेपालभित्र मात्र यसको लम्बाइ करिब ५०७ कि.मि. छ ।
  • यसको विद्युत् उत्पादन क्षमता करिब ३२,००० मेगावाट छ भने औसत जलप्रवाह क्षमता प्रतिसेकेन्ड १,३१६ घनमिटर छ ।

Categories

  • Current Affairs 575
  • Gorkhapatra 301
  • Others 962
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Public Service Preparation Special: Objective Question and Answer (16 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१६ वैशाख २०८३, बुधबार)

  • Apr 29, 2026
  • 1
Brief table of the world's major religions
Others

विश्वका प्रमुख धर्महरूको संक्षिप्त तालिका

  • Apr 28, 2026
  • 84
Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Apr 28, 2026
  • 48
Narayan Dutta Poudel appointed as the 13th Inspector General (IGP) of the Armed Police Force (APF), Nepal
Current Affairs

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

  • Apr 28, 2026
  • 71
Red Bull Shilapatra Year Person 2082
Current Affairs

रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२

  • Apr 28, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA