Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

धरातलीय स्वरुपको आधारमा नेपालको विभाजन

  • Ajnabee Khadka
  • June 19, 2026
  • 17

धरातलीय स्वरुपको आधारमा नेपालको विभाजन

Division of Nepal based on topography
  • नेपालको धरातलीय स्वरूप वा बनावटमा निकै ठुलो विविधता पाइन्छ,
  • उत्तरमा गगनचुम्बी हिमशृङ्खलादेखि दक्षिणमा समथर मैदानसम्म फैलिएको नेपालको भूभागलाई धरातलीय स्वरूपका आधारमा मुख्यतया तीन प्रदेशमा विभाजन गरिएको छ: हिमाली प्रदेश (Mountain Region), पहाडी प्रदेश (Hilly Region) र तराई प्रदेश (Terai Region) 

१.) हिमाली प्रदेश:

सूचक
विवरण
भौगोलिक अवस्थिति
नेपालको उत्तरी भागमा हिउँ र चट्टानले निर्मित क्षेत्र
उचाइ 
समुद्री सतहदेखि ३,००० मिटरदेखि ८,८४८.८६ मिटरसम्म (विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइसम्म)
चौडाई
उत्तर-दक्षिण चौडाई करिब २५ किलोमिटरदेखि ५० किलोमिटर सम्म
क्षेत्रफल
कूल क्षेत्रफलको १५ प्रतिशत (२२,०७७.१५ व.कि.मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना, २०७८ अनुसार)
  • कूल जनसङ्ख्याको ६.०८ प्रतिशत
  • नेपालकै सबैभन्दा कम जनसंख्या भएको भौगोलिक प्रदेश/क्षेत्र
जिल्ला संख्या
२१ वटा 
समावेश जिल्लाहरू
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी
सबैभन्दा ठुलो जिल्ला
डोल्पा (७,८८९ वर्ग किलोमिटर)
सबैभन्दा सानो जिल्ला
पूर्वी रुकुम (१,१६१ वर्ग किलोमिटर)
उप-विभाजन

१.) मुख्य हिमाली क्षेत्र (५,०००-८,८४८.८६ मि.):

  • उचाइ: यो क्षेत्र समुद्री सतहदेखि ५,००० मिटरदेखि ८,८४८.८६ मिटर (सगरमाथाको उचाइ) सम्म फैलिएको,
  • विशेषता: विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा यसै क्षेत्रमा पर्दछन्; यहाँ नेपालका प्रमुख २८ वटा हिमशृङ्खलाहरू (Mountain Ranges) अवस्थित; यो क्षेत्र सधैँ हिउँले ढाकिने र अत्यन्तै चिसो हुने गर्दछ,
  • प्रमुख हिमालहरू: सगरमाथा, कञ्चनजङ्घा, लोत्से, मकालु, चो ओयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण आदि
  • अन्य तथ्य: यो क्षेत्र प्रथम स्तरका नदीहरूको उद्गमस्थल पनि हो; यहाँ करिब ५,००० मिटरभन्दा माथिको भूभागमा बाह्रै महिना हिउँ रहन्छ,

 २.) भित्री हिमाली/भोट प्रदेश (२,४००-५,००० मि.):

  • उचाइ: यो क्षेत्र समुद्री सतहदेखि करिब २,४०० मिटरदेखि ५,००० मिटर सम्मको उचाइमा अवस्थित,
  • उपनाम: यस क्षेत्रलाई 'भोट प्रदेश' वा 'हिमाली उपत्यका' का नामले पनि चिनिन्छ,
  • भौगोलिक बनावट: यो क्षेत्र मुख्य हिमालयभन्दा उत्तर र सिमान्त हिमालयभन्दा दक्षिणमा पर्दछ; यहाँ नदीहरूले बनाएका ठुला र सुन्दर उपत्यकाहरू रहेका,
  • प्रमुख स्थानहरू: हुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङ, लाङटाङ, केरुङ र खुम्बु जस्ता प्रसिद्ध उपत्यकाहरू यसै क्षेत्रमा पर्दछन्,
  • जनजीवन: यहाँको बसोबास र संस्कृतिमा तिब्बती प्रभाव बढी देखिन्छ; यहाँका बासिन्दाले मुख्यतया पशुपालन र व्यापार गर्ने गर्दछन्,

 ३.) सिमान्त हिमाली क्षेत्र (करिब ६,००० मि.):

  • उचाइ: यस क्षेत्रको औसत उचाइ करिब ६,००० मिटरदेखि ७,००० मिटर सम्म रहेको,
  • अवस्थिति: यो क्षेत्र मुख्य हिमालयको उत्तरमा र तिब्बती पठारको सिमानामा अवस्थित; यो करिब १३० किलोमिटरको क्षेत्रमा फैलिएको,
  • विशेषता: यो क्षेत्र 'वृष्टि छाया' (Rain Shadow) मा पर्ने भएकाले यहाँ निकै कम वर्षा हुन्छ; त्यसैले यस क्षेत्रलाई 'हिमाली मरुभूमि' वा 'शित मरुभूमि' पनि भनिन्छ,
  • प्रमुख स्थानहरू: मनाङ र मुस्ताङका अधिकांश भूभागहरू यसै क्षेत्र अन्तर्गत पर्दछन्,
  • भू-गर्भ: यस क्षेत्रलाई 'टेथिस हिमालय' पनि भनिन्छ, जहाँ नदीहरू (जस्तै: कालीगण्डकी र अरुण) मुख्य हिमालयभन्दा पनि पुराना मानिन्छन्,
  • भञ्ज्याङहरू/नाकाहरु: नेपाल र तिब्बत बीचका ऐतिहासिक व्यापारिक नाका तथा भञ्ज्याङहरू (जस्तै: चाबुक भञ्ज्याङ, पोपटी भञ्ज्याङ, रसुवागढी भञ्ज्याङ, कोदारी भञ्ज्याङ, लार्के भञ्ज्याङ, हिल्सा नाका, किमाथाङ्का नाका, टिङ्कर नाका आदि) यही सीमान्त क्षेत्रमा पर्दछन्
हिमाल र हिमशृङ्खलाहरू
  • नेपालको हिमाली प्रदेश विश्वकै सर्वोच्च शिखरहरू र विशाल हिमशृङ्खलाहरूको लागि प्रसिद्ध,
  • नेपालका कुल २८ वटा प्रमुख हिमशृङ्खलाहरू र १८ वटा उप-शृङ्खलाहरू हिमाली प्रदेशमा रहेका,
  • विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालकै हिमाली प्रदेशमा,
हावापानी
लेकाली (Alpine) र टुन्ड्रा (Tundra) वा हिमाली हावापानी
माटो 
हिमाली माटो (बालुवा, कंकड र पत्थर मिश्रित)
वनस्पति
लेकाली वन (धुपी, सल्ला, बुकी घाँस) र टुन्ड्रा वनस्पति (काँई, लेउ)
प्रमुख बालीहरू
जौ, आलु, तिते फापर, उवा र मुख्य फलफूलमा स्याउ
वन्यजन्तु 
कस्तूरी मृग, हिउँ चितुवा, चौँरी, थार, घोरल, झारल, रेड पाण्डा (हाब्रे)
चराचुरुङ्गी
डाँफे, मुनाल, चिल, बाह्रौँलो, रगत पोथी
प्रमुख हिमालहरू
सगरमाथा, कञ्चनजङ्घा, लोत्से, मकालु, चो ओयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण
आर्थिक क्रियाकलाप
पशुपालन (भेडा, च्याङ्ग्रा, चौँरी), जडीबुटी संकलन (यस क्षेत्रमा बहुमूल्य जडीबुटी यार्चागुम्बा पाइन्छ,) र पर्यटन

हिमाली प्रदेशको लोकसेवा परीक्षाका लागि 'Super Capsule' तथ्यहरु:

  • सबैभन्दा उच्च स्थानको सदरमुकाम: सिमिकोट, हुम्ला (२,९४६ मिटर)
  • सबैभन्दा उच्च स्थानको ताल: तिलिचो ताल, मनाङ (४,९१९ मिटर)
  • सबैभन्दा गहिरो उपत्यका: अरुण उपत्यका, सङ्खुवासभा
  • सबैभन्दा उच्च स्थानको मानव बस्ती: छार्का भोट र तराप, डोल्पा (४,०४० मिटर)
  • सबैभन्दा उच्च स्थानको धान खेती: जुम्ली मार्सी, जुम्ला (२,८५० मिटर)
  • सबैभन्दा उच्च स्थानको होटल: होटल एभरेष्ट भ्यू, सोलुखुम्बु (३,८८० मिटर) 
  • सबैभन्दा गहिरो गल्छी: अन्ध गल्छी (दाना), म्याग्दी (६,९६७ मिटर गहिरो)
  • सबैभन्दा उच्च स्थानको विमानस्थल: सोलुखुम्बुको स्याङबोचे विमानस्थल

२.) पहाडी प्रदेश:

सूचक
विवरण
भौगोलिक अवस्थिति
उत्तरमा हिमाल र दक्षिणमा तराई प्रदेशको बीचमा अवस्थित मध्यभाग
उचाइ 
समुद्री सतहदेखि ६०० मिटरदेखि ३,००० मिटर सम्म
चौडाई
उत्तर-दक्षिण चौडाई करिब ७५ किलोमिटरदेखि १२५ किलोमिटर सम्म
क्षेत्रफल 
  • नेपालको कुल क्षेत्रफलको ६८ प्रतिशत भू-भाग ओगटेको (१,००,०८३.०८ वर्ग कि.मी.)
  • नेपालको सबैभन्दा ठूलो भौगोलिक प्रदेश
जनसङ्ख्या (राष्ट्रिय जनगणना, २०७८ अनुसार)
नेपालको कूल जनसङ्ख्याको ४०.३१ प्रतिशत
जिल्ला संख्या
२८ वटा 
समावेश जिल्लाहरू
पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, बैतडी, डडेल्धुरा र पश्चिम रुकुम
सबैभन्दा ठुलो जिल्ला
बागलुङ (१,७८४ वर्ग कि.मी.)
सबैभन्दा सानो जिल्ला
भक्तपुर (११९ वर्ग कि.मी.)
उप-विभाजन 

१.) चुरे (शिवालिक) श्रेणी:

  • अवस्थिति: यो पहाडी प्रदेशको सबैभन्दा दक्षिणी भागमा र तराईको ठिक उत्तरमा पूर्व-पश्चिम फैलिएर रहेको,
  • उचाइ: समुद्री सतहदेखि ६१० मिटरदेखि १,८७२ मिटर सम्मको उचाइमा यो श्रेणी अवस्थित,
  • सर्वोच्च शिखर: चुरे श्रेणीको सबैभन्दा अग्लो स्थान कैलाली जिल्लामा पर्ने गार्वा (Garva) हो, जसको उचाइ १,८७२ मिटर रहेको,
  • विशेषता: यो नेपालको सबैभन्दा कान्छो र कलिलो पर्वत श्रेणी हो, जसलाई 'बाह्य हिमालय' (Outer Himalaya) पनि भनिन्छ; यहाँको माटो बालुवा, कंकड र गेग्र्यानले बनेको हुनाले निकै कमलो रहेको,
  • क्षेत्रफल: चुरे क्षेत्रले नेपालको कूल क्षेत्रफलको करिब १२.७ प्रतिशत भूभाग ओगटेको,
  • संरक्षण: चुरे क्षेत्रको संरक्षणका लागि नेपाल सरकारले 'राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति' मार्फत विशेष कार्यक्रम सञ्चालन गरिरहेको,
  • सथानीय नामहरु: चुरेलाई कोशी पूर्व चुलाचुली, दाङ क्षेत्रमा डन्डुवा, र सुदूरपश्चिममा मुर्किया भनिन्छ,
२.) महाभारत श्रेणी:
  • अवस्थिति: यो चुरे श्रेणीको उत्तर र हिमालय पर्वत श्रेणीको दक्षिणमा अवस्थित
  • उचाइ: समुद्री सतहदेखि करिब १,५०० मिटरदेखि ३,५०० मिटर (१२,००० फिट) सम्मको उचाइमा यो श्रेणी फैलिएको,
  • सर्वोच्च शिखर: महाभारत श्रेणीको सबैभन्दा अग्लो स्थान दोलखा जिल्लामा पर्ने शैलुङ डाँडा हो, जसको उचाइ ३,५०० मिटर रहेको,
  • उपनाम: यस श्रेणीलाई 'लघु हिमालय' (Lesser Himalaya) र यसको रमणीय तथा स्वास्थ्यकर हावापानीका कारण 'नेपालको हावाखोरी' (Hill-Station of Nepal) भनिन्छ,
  • नदीहरूको प्रभाव: कोशी, गण्डकी र कर्णाली जस्ता ठुला नदीहरूले यस श्रेणीलाई छेडेर गहिरा गल्छीहरू (Canyons) बनाएका,
३.) मध्यभूमि (Midlands): 
  • अवस्थिति: यो चुरे पर्वत र महाभारत शृङ्खलाको बीचमा तथा महाभारतको उत्तरतर्फ फैलिएको फराकिलो भू-भाग
  • विशेषता: यहाँ नदीहरूले बगाएर ल्याएको पाँगो माटोले बनेका ठुला–ठुला उपत्यका, टार र बेसीहरू रहेका; यो क्षेत्र पहाडी प्रदेशको सबैभन्दा उर्वर र घना बसोबास भएको क्षेत्र,
  • प्रमुख उपत्यकाहरू: काठमाडौँ, पोखरा, त्रिशूली, पाँचखाल, बनेपा, दाङ र सुर्खेत जस्ता प्रसिद्ध उपत्यकाहरू यसै क्षेत्रमा पर्दछन्,
  • प्रसिद्ध टारहरू: तुम्लिङटार (सङ्खुवासभा), रुम्जाटार (ओखलढुङ्गा), मङ्गलटार (काभ्रे), खुमलटार (ललितपुर), सल्यानटार (धादिङ) र पालुङटार (गोरखा) यस क्षेत्रका महत्वपूर्ण टारहरू
  • क्षेत्रफल: मध्यभूमि क्षेत्रले नेपालको कूल क्षेत्रफलको करिब २९.५ प्रतिशत भूभाग ओगटेको,
सर्वोच्च शिखर
महाभारत श्रेणीको शैलुङ डाँडा (दोलखा), उचाइ ३,५०० मिटर
हावापानी
न्यानो समशीतोष्ण (१,२००–२,१०० मि.) र ठन्डा समशीतोष्ण (२,१००–३,३०० मि.)
माटो
रातो फुस्रो माटो (पहाडी ढालमा) र तलैया माटो (काठमाडौँ र पोखरा जस्ता उपत्यकामा)
वनस्पति
पतझड मनसुनी वन (साल, सल्ला, कटुस, चिलाउने) र माथिल्लो भागमा कोणधारी वन
प्रमुख बालीहरू
मकै, कोदो, गहूँ, जौ, अदुवा र फलफूलमा सुन्तला, जुनार, कागती
आर्थिक क्रियाकलाप
कृषि (पहाडी कान्ला खेती - Terrace Farming), उद्योग, व्यवसाय, पर्यटन, फलफूल खेती (सुन्तला, कागती), पशुपालन (गाई, भैँसी, बाख्रा), चिया (इलाम, झापा आदि), अलैँची, कफी र अदुवा उत्पादन
वन्यजन्तु
चितुवा, भालु, मृग, रतुवा, बाँदर, सालक, स्याल
प्रमुख उपत्यकाहरू
काठमाडौँ, पोखरा, बनेपा, पाँचखाल, त्रिशूली, माडी, सुर्खेत, दाङ, पाटन (बैतडी)

पहाडी प्रदेशको लोकसेवा परीक्षाका लागि 'Super Capsule' तथ्यहरु:

  • 'नेपालको हावाखोरी' (Hill-Station of Nepal): महाभारत श्रेणी
  • सबैभन्दा ठूलो टार: तुम्लिङटार (सङ्खुवासभा, अरुण नदीको किनारमा)
  • सबैभन्दा बढी टार भएको जिल्ला: सङ्खुवासभा
  • उत्पत्ति हिसावले नेपालको सबैभन्दा कान्छो पर्वत: चुरे पर्वत शृङ्खला

३.) तराई प्रदेश:

सूचक
विवरण
भौगोलिक अवस्थिति
देशको सबैभन्दा दक्षिणी भागमा पूर्व-पश्चिम फैलिएको समथर भूभाग
उचाइ
समुद्री सतहदेखि ५९ मिटर (धनुषा जिल्लाको मुसहर्निया) देखि ६०० मिटर सम्म
चौडाई
उत्तर-दक्षिण औसत चौडाई करिब २५ किलोमिटरदेखि ३० किलोमिटर सम्म रहेको,
क्षेत्रफल
नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत (२५,०२०.७७ वर्ग कि.मी.)
जनसङ्ख्या (Population)
  • नेपालको कूल जनसङ्ख्याको ५३.६१ प्रतिशत
  • नेपालको सबैभन्दा धेरै जनसंख्या भएको भौगोलिक प्रदेश/क्षेत्र
जिल्ला संख्या
१८ वटा 
समावेश जिल्ला
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
सबैभन्दा ठुलो जिल्ला
कैलाली (३,२३५ वर्ग किलोमिटर)
सबैभन्दा सानो जिल्ला
महोत्तरी (१,००२ वर्ग किलोमिटर)
उप-विभाजन

१.) खास तराई:

  • अवस्थिति: यो तराई प्रदेशको सबैभन्दा दक्षिणी भागमा भारतको सिमानासम्म फैलिएको समथर भूभाग,
  • उचाइ: समुद्री सतहदेखि ५९ मिटर (धनुषा जिल्लाको मुसहर्निया) देखि २०० मिटर सम्मको उचाइमा यो क्षेत्र अवस्थित,
  • माटो र कृषि: यहाँ नदीहरूले बगाएर ल्याएको अत्यन्त उर्वर पाँगो माटो (Alluvial Soil) पाइन्छ; खेतीपातीका लागि निकै उपयुक्त भएकाले यसलाई 'नेपालको अन्न भण्डार' (Granary of Nepal) भनिन्छ,
२.) भावर क्षेत्र:
  • अवस्थिति: यो खास तराईको उत्तर र चुरे पर्वतको फेदीमा अवस्थित एउटा साँघुरो पेटी
  • उचाइ: यो क्षेत्र समुद्री सतहदेखि २०० मिटरदेखि ३०० मिटर सम्मको उचाइमा फैलिएको,
  • चौडाइ: यसको उत्तर-दक्षिण चौडाइ करिब ८ देखि १२ किलोमिटर रहेको,
  • विशेषता: यो क्षेत्र चुरेबाट बगेर आउने नदीहरूले थुपारेका बालुवा, कंकड, ढुङ्गा र गेग्र्यानले बनेको; यहाँको माटो छिद्रयुक्त हुने भएकाले साना नदीहरू जमिनमुनि हराउँछन् र तराईमा पुन: देखा पर्दछन्,
  • वनस्पति: यहाँ प्रसिद्ध 'चारकोसे झाडी' र ठुला सालका वनहरू पाइन्छन्,
३.) भित्री मधेश (दुन क्षेत्र): 
  • अवस्थिति: यो उत्तरमा महाभारत श्रेणी र दक्षिणमा चुरे (शिवालिक) श्रेणीको बीचमा चारैतिर पहाडले घेरिएर रहेको विशाल उपत्यका; भू-वैज्ञानिक भाषामा यसलाई 'दुन' भनिन्छ,
  • उचाइ: यो समुद्री सतहदेखि ३०० मिटरदेखि ६१० मिटर सम्मको उचाइमा अवस्थित,
  • क्षेत्रफल: यसले नेपालको कूल क्षेत्रफलको करिब ८.५ प्रतिशत भूभाग ओगटेको,
  • समावेश ७ जिल्लाहरू: पूर्वदेखि पश्चिमको क्रममा— उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), दाङ र सुर्खेत
  • जिल्लाको आकार: क्षेत्रफलका आधारमा यहाँको सबैभन्दा ठुलो जिल्ला दाङ र सबैभन्दा सानो जिल्ला नवलपुर (नवलपरासी पूर्व)
हावापानी
उष्ण मनसुनी हावापानी (गर्मीमा ४२°C सम्म पुग्ने)
माटो
खास तराईमा पाँगो माटो र भावर/भित्री मधेशमा बलौटे पथरिलो माटो
वनस्पति
उपौष्ण सदाबहार वन (साल, सिसौ, खयर, सिमल आदि)
प्रमुख बालीहरू
धान, उखु, जुट, सुर्ती, तेलहन, दलहन र गहुँ
आर्थिक क्रियाकलाप
व्यवसायिक कृषि उद्योग र व्यवसाय
वन्यजन्तु
बाघ, एकसिंगे गैँडा, जंगली हात्ती, अर्ना, घडियाल गोही, कृष्णसार

तराई प्रदेशको लोकसेवा विशेष 'Super Capsule' तथ्यहरू:

  • नेपालको अन्न भण्डार: उर्वर भूमिको कारण तराई प्रदेशलाई 'नेपालको अन्न भण्डार' (Granary of Nepal) भनिन्छ,
  • नेपालको सबैभन्दा होचो भूभाग: धनुषा जिल्लाको मुसहर्निया (५९ मिटर)
  • नयाँ मुलुक: वि.सं. १९१७ मा इस्ट इन्डिया कम्पनीबाट फिर्ता पाएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई 'नयाँ मुलुक' भनिन्छ,
  • औद्योगिक राजधानी: तराई प्रदेश अन्तर्गत पर्ने वीरगञ्ज, विराटनगर र भैरहवालाई नेपालको प्रमुख आर्थिक तथा औद्योगिक केन्द्र मानिन्छ,
  • नेपालको सबैभन्दा ठूलो उपत्यका: भित्री मधेसमा पर्ने दाङ उपत्यका नेपालको मात्र नभएर एसियाकै ठूलो अन्र्तपर्वतीय उपत्यका (Inner Valley) मानिन्छ,

Categories

  • Current Affairs 687
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 85
  • Nepal Police 7

Latest Blogs

International Yoga Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय योग दिवस, २०२६

  • Jun 21, 2026
  • 46
International Father's Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६

  • Jun 21, 2026
  • 74
Nepal Army Civil Service Written Examination (2083/03/06)
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Jun 21, 2026
  • 23
Gorkhapatra Institute: Accounts Officer (6th) - BS 2083/03/05
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 18
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 87
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA