अन्तर्राष्ट्रिय योग दिवस, २०२६
- मनाइने मिति: हरेक वर्ष जुन २१ (तदनुसार असार ७)
- शाब्दिक अर्थ: योगको अर्थ 'जोड्नु' हो (मानिसको चेतना र शरीर, तथा मन र मस्तिष्कको सम्बन्धलाई जोड्ने प्रक्रिया)
- मूल सूत्र: 'योगश्चित्तवृत्तिनिरोधः' (चित्त र वृत्तिको निरोध नै योग हो)
- योगको उद्गमस्थल: हिमवत्खण्ड प्राचीन कालदेखि ऋषिमुनिहरूको तपोभूमि भएकाले नेपाललाई योगको उद्गमस्थल मानिन्छ,
- वर्ष २०२६ को नारा (Theme 2026):"Yoga for Healthy Ageing" (स्वस्थ बुढ्यौलीका लागि योग)
- योगको प्रतिपादक: हजारौँ वर्ष पहिले महात्मा पतञ्जलिले १९५ वटा योगसूत्र समाहित गरी शुरुआत गरेका,
- योगको व्याख्याकर्ता: सर्वप्रथम व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका,
- अन्य योगदान: जैन धर्मगुरु हेमचन्द्रद्वारा ध्यान विधिको रूपमा प्रयोग; १९ औँ शताब्दीमा स्वामी विवेकानन्दद्वारा पश्चिमा देशहरूमा प्रवर्धन,
- विश्व योग दिवसको प्रस्ताव: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा प्रस्ताव,
- विश्व योग दिवसको प्रस्तावको प्रथम समर्थक राष्ट्र: नेपाल (तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला), जसलाई पछि युरोपियन युनियन र सुरक्षा परिषदका स्थायी सदस्यहरूले समर्थन गरेका,