Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Ajnabee Khadka
  • October 29, 2026
  • 76

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)

यहाँ केवल १०० वटा महत्वपूर्ण प्रश्नहरू मात्र संकलित गरिएका छन्। वि.सं. २०८३ कार्तिक महिनासम्म लोकसेवा आयोगका विभिन्न परीक्षाहरूमा सोधिएका सम्पूर्ण प्रश्नोत्तरहरूको पूर्ण संग्रह विस्तृत रूपमा अध्ययन गर्नका लागि GhokSewa App डाउनलोड गर्नुहोस्।

  1. भ्रष्टाचार सूचकाङ्क २०२४ मा नेपालको स्थान कति रहेको छ? [मधेश प्रदेश ७ औं तह - २०८३/०१/१९]
    (A) १०५ औँ 
    (B) १०७ औँ ✓ 
    (C) १०९ औँ 
    (D) १११ औँ
  2. नेपालको संविधान अनुसार नेपाल कस्तो राज्य हो? [मधेश प्रदेश ७ औं तह - २०८३/०१/१९]
    (A) धर्मनिरपेक्ष राज्य 
    (B) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ✓ 
    (C) बहुसांस्कृतिक राज्य 
    (D) एकात्मक राज्य
  3. नेपालमा हाल कायम रहेका महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको सही संख्याक्रम कुन हो? [मधेश प्रदेश ७ औं तह - २०८३/०१/१९]
    (A) ६, ११, २७६, ४६० ✓ 
    (B) ११, ६, ४६०, २७६ 
    (C) ६, ९, २७५, ४६५ 
    (D) ५, ११, २७६, ४६०
  4. प्रशासन सुधार आयोगको प्रतिवेदन २०४८ ले नेपालमा कति ओटा मन्त्रालय राख्न सिफारिस गरेको थियो? [मधेश प्रदेश ७ औं तह - २०८३/०१/१९]
    (A) १५ 
    (B) १८ ✓ 
    (C) २१ 
    (D) २५
  5. नेपालमा जनमत संग्रहको घोषणा कहिले भएको थियो? [प्रशासन, मिटर रिडिङ सुपरभाइजर/लेखापाल पद, २०८३/०१/२६]
    (A) वि.सं. २०३६ वैशाख
    (B) वि.सं. २०३६ जेठ ✓
    (C) वि.सं. २०३६ असोज
    (D) वि.सं. २०३६ फागुन
  6. सार्वजनिक प्रशासन (Public Administration) का पिता भनेर कसलाई चिनिन्छ? [प्रशासन, मिटर रिडिङ सुपरभाइजर/लेखापाल पद, २०८३/०१/२६]
    (A) एल डी ह्वाइट
    (B) वुड्रो विल्सन ✓
    (C) एफ डब्लु टेलर
    (D) हेनरी फोयल
  7. कुनै कार्यालय, व्यवसाय वा संगठनको लक्ष्य हासिल गर्न आवश्यक पर्ने कर्मचारी वा मानव स्रोतको व्यवस्थापन, प्रयोग र नियमनसँग सम्बन्धित व्यवस्थापकीय कार्य वा पद्धतिलाई के भनिन्छ? [प्रशासन, मिटर रिडिङ सुपरभाइजर/लेखापाल पद, २०८३/०१/२६]
    (A) सामान्य प्रशासन
    (B) निजामती प्रशासन
    (C) सार्वजनिक प्रशासन
    (D) कर्मचारी प्रशासन ✓
  8. ट्रान्सपरेन्सी इन्टरनेशनल, २०२४ को प्रतिवेदन अनुसार Corruption Perception Index मा नेपालको प्राप्ताङ्क (Score) कति रहेको छ? [सशस्त्र प्रहरी निरीक्षक, २०८३/०२/०८]
    (A) १४
    (B) २३
    (C) ३४ ✓
    (D) ४०
  9. खुला प्रतियोगितामा हुने पदपूर्तिमा दलितलाई छुट्ट्याइएको प्रतिशत कति रहेको छ? [सशस्त्र प्रहरी निरीक्षक, २०८३/०२/०८]
    (A) २८
    (B) २२
    (C) १५
    (D) ९ ✓
  10. नेपाललाई जनसंख्या र भूगोलको आधारमा हाल कतिवटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ? [सशस्त्र प्रहरी निरीक्षक, २०८३/०२/०८]
    (A) १६५ ✓
    (B) १७५
    (C) २६५
    (D) २७५
  11. नेपाललाई कहिले १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो? [नेपाल विद्युत् प्राधिकरण, पाँचौ तह, मिटरिडिङ सुपरभाइजर/लेखापाल, २०८३/०२/२३]
    (A) वि.सं. २०१५ असोज
    (B) वि.सं. २०१६ पुष
    (C) वि.सं. २०१७ फागुन
    (D) वि.सं. २०१८ वैशाख ✓
  12. वि.सं. २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना पछि नेपालको प्रधानमन्त्री को बनेका थिए? [सशस्त्र प्रहरी सहायक निरीक्षक, २०८३/०२/२७]
    (A) कृष्ण प्रसाद भट्टराई ✓
    (B) लोकेन्द्र बहादुर चन्द
    (C) मरिचमान सिंह श्रेष्ठ
    (D) गिरिजा प्रसाद कोइराला
  13. वि.सं. २०१५ सालको आम निर्वाचनमा कुन पार्टीले बहुमत प्राप्त गर्यो? [सशस्त्र प्रहरी सहायक निरीक्षक, २०८३/०२/२७]
    (A) नेपाली कांग्रेस ✓
    (B) नेपाल कम्युनिष्ट पार्टी
    (C) प्रजा परिषद्
    (D) गोरखा परिषद्
  14. नेपालको शासकीय प्रणालीका सम्बन्धमा तलको कुन कथन सही होइन? [सशस्त्र प्रहरी सहायक निरीक्षक, २०८३/०२/२७]
    (A) तीन तहका सरकार छन्।
    (B) सरकारको नेतृत्व राष्ट्रपतिले गर्दछन्। ✓
    (C) स्थानीय सरकारले कानून बनाउँदछन्।
    (D) द्विसदनात्मक व्यवस्थापिका रहेको छ।
  15. सुशासनका प्रमुख आयामहरूमा तलको कुन पर्दैन? [गोरखापत्र, सूचना प्रविधि अधिकृत (IT Officer), २०८३/०२/२२]
    (A) राजनीतिक
    (B) कानूनी
    (C) आर्थिक
    (D) सांस्कृतिक ✓
  16. हेलो सरकारमा प्राप्त गुनासोहरूलाई कति तहमा वर्गीकरण गरी व्यवस्थापन गरिन्छ? [गोरखापत्र, सूचना प्रविधि अधिकृत (IT Officer), २०८३/०२/२२]
    (A) २
    (B) ३
    (C) ४ ✓
    (D) ५
  17. निम्नमध्ये कानूनको शासन विरुद्ध कुन छ? [गोरखापत्र, सूचना प्रविधि अधिकृत (IT Officer), २०८३/०२/२२]
    (A) कानूनको पालनमा स्वेच्छा ✓
    (B) पारदर्शी कानूनी प्रक्रिया
    (C) समानरूपमा कानून लागू
    (D) स्वच्छ सुनुवाइ
  18. प्रमुख ७ राजनीतिक दलहरूको अगुवाइमा लोकतान्त्रिक आन्दोलनको सुरूवात कहिले भयो? [गोरखापत्र, सूचना प्रविधि अधिकृत (IT Officer), २०८३/०२/२२]
    (A) वि.सं. २०६२ चैत्र २२
    (B) वि.सं. २०६२ चैत्र २३
    (C) वि.सं. २०६२ चैत्र २४ ✓
    (D) वि.सं. २०६२ चैत्र २५
  19. समावेशीकरणका चुनौतीका सम्बन्धमा तलका कथनहरूमा विचार पुऱ्याइ कोडबाट ठीक उत्तर छान्नुहोस्। [गोरखापत्र, सूचना प्रविधि अधिकृत (IT Officer), २०८३/०२/२२]
    क) संवैधानिक रूपमै राजनीतिक क्षेत्रमा आत्मसात् गरिएको समानुपातिक प्रतिनिधित्वलाई सोही मर्म अनुरूप व्यवहारमा रूपान्तरण गर्नु।
    ख) समावेशीकरणप्रतिको नकारात्मक भावनालाई हटाइ राष्ट्रिय जीवनका सर्वाङ्गीण आयाममा त्यसको वस्तुनिष्ठ कार्यान्वयन सुनिश्चित गर्नु।
    (A) क मात्र ठीक
    (B) क र ख दुवै ठीक ✓
    (C) ख मात्र ठीक
    (D) क र ख दुवै बेठीक
  20. भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कुनै व्यक्तिले राष्ट्रसेवकको ओहोदा पाउने उद्देश्यले शैक्षिक योग्यतासम्बन्धी भुट्टा प्रमाणपत्र पेश गरेमा के-कस्तो सजाय हुने कानूनी व्यवस्था रहेको छ? [CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक - २०८३/०२/३०]
    (A) बढीमा १ वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिमाना
    (B) बढीमा २ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिमाना
    (C) बढीमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना
    (D) बढीमा २ वर्षसम्म कैद वा विगोबमोजिम जरिमाना ✓
  21. तलका मध्ये कुन सिद्धान्त सार्वजनिक सेवा प्रवाहको सिद्धान्त अन्तर्गत पर्दैन? [सिभिल सब-इन्जिनियर, २०८३/०३/०६]
    (A) मितव्ययिता र प्रभावकारिता
    (B) गुणस्तरीयता
    (C) पहुँच र सहभागिता
    (D) छनौटको सीमितता ✓
  22. सार्वजनिक निकायमा रहने अभिलेखहरूलाई सुरक्षित राख्ने अवधिबीचको सम्बन्धको बारेमा अध्ययन गरी सही विकल्प छान्नुहोस्। [सिभिल सब-इन्जिनियर, २०८३/०३/०६]
    अभिलेख - सुरक्षित राख्ने अवधि
    (अ) अतिमहत्वपूर्ण - (iv) कहिल्यै नष्ट गर्न नहुने।
    (आ) महत्वपूर्ण - (iii) १-१० वर्षसम्म सुरक्षित राख्नुपर्ने।
    (इ) उपयोगी - (i) १०-२० वर्षसम्म सुरक्षित राख्नुपर्ने।
    (ई) कम उपयोगी - (ii) सामान्यतया १ वर्षसम्म सुरक्षित राख्नुपर्ने।
    (A) अ-iv, आ-ii, इ-i, ई-iii
    (B) अ-iv, आ-i, इ-iii, ई-ii
    (C) अ-iv, आ-iii, इ-i, ई-ii ✓
    (D) अ-i, आ-ii, इ-iii, ई-iv
  23. कर्मचारीको सरुवासम्बन्धी गुनासो व्यवस्थापनको मुख्य उद्देश्य क्या हो? [सिभिल सब-इन्जिनियर, २०८३/०३/०६]
    (A) कर्मचारीलाई सजाय दिनु
    (B) विवाद समाधान र समन्वयको सुनिश्चितता गर्नु ✓
    (C) प्रक्रियागत ढिलाई हुन नदिनु
    (D) सरुवा यथास्थितिमा राख्नु
    [सिभिल सब-इन्जिनियर परीक्षा - २०८३ असार ६ गते]
  24. नेपालमा कर्मचारी प्रशासनसम्बन्धी केन्द्रीय निकायको रूपमा काम गर्ने निकाय कुन हो? [सिभिल सब-इन्जिनियर, २०८३/०३/०६]
    (A) लोक सेवा आयोग
    (B) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    (C) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ✓
    (D) गृह मन्त्रालय
  25. वि.सं. २०३७ सालमा भएको जनमत संग्रहमा बहुदल पक्षले कति जिल्लामा जित हासिल गरेको थियो? [गोरखापत्र संस्थान, लेखा अधिकृत (छैठौँ) , २०८३/०३/०५]
    (A) १५
    (B) २०
    (C) २४
    (D) ३१ ✓
  26. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले जारी भएको हो? [गोरखापत्र संस्थान, लेखा अधिकृत (छैठौँ) , २०८३/०३/०५]
    (A) वि.सं. २०१३ ✓
    (B) वि.सं. २०३९
    (C) वि.सं. २०२१
    (D) वि.सं. २०२५
  27. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भएको हो? [गोरखापत्र संस्थान, लेखा अधिकृत (छैठौँ) , २०८३/०३/०५]
    (A) वि.सं. २०३८
    (B) वि.सं. २०३९ ✓
    (C) वि.सं. २०४०
    (D) वि.सं. २०४५
  28. सरकारी कार्यालयहरूमा टिप्पणी कुन प्रयोजनका लागि पेश गरिन्छ? [कम्प्युटर अपरेटर, २०८३/०३/०७]
    (A) कर्मचारीको घर विदा स्वीकृत गर्न
    (B) तलब भत्ता भुक्तानी गर्न
    (C) कुनै विषयमा निर्णय गर्न ✓
    (D) चिठ्ठी पत्र दर्ता र चलानी गर्न
  29. निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० बमोजिम नयाँ नियुक्ति हुने कर्मचारीले नियुक्ति पाएको कति अवधिभित्र सम्पत्ति विवरण बुझाउनु पर्छ? [कम्प्युटर अपरेटर, २०८३/०३/०७]
    (A) नियुक्ति पाएको अर्को आर्थिक वर्षको भाद्र मसान्तसम्म
    (B) नियुक्ति पश्चात एक महिनाभित्र
    (C) नियुक्ति पाएको ६० दिनभित्र ✓
    (D) जतिसक्दो छिटो
  30. विभागीय सजाय दिनु अघि कर्मचारीलाई अनिवार्य रूपमा___________पर्छ। [कम्प्युटर अपरेटर, २०८३/०३/०७]
    (A) जागिरबाट हटाउनु
    (B) तलबकट्टा गर्नु
    (C) स्पष्टीकरण सोध्नु ✓
    (D) प्रहरीलाई बुझाउनु
  31. बेरुजु वर्गीकरण निर्देशिका, २०७० अनुसार लेखापरीक्षणबाट कुनै सार्वजनिक निकायको त्रुटी वा कमजोरीका कारणबाट कैफियत देखिएको व्यहोराका सम्बन्धमा पर्याप्त र उचित प्रमाणसहित रकम किटान गरेको बेरुजुलाई देहायका मध्ये कुन बेरुजुले चिनिन्छ? [कम्प्युटर अपरेटर, २०८३/०३/०७]
    (A) सैद्धान्तिक बेरुजु
    (B) नियमित गर्नुपर्ने बेरुजु
    (C) पेश्की बाँकी बेरुजु
    (D) असूल उपर गर्नुपर्ने बेरुजु ✓
  32. सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सेवाग्राहीको अधिकारभित्र नपर्ने विषय तलका मध्ये कुन हो? [कम्प्युटर अपरेटर, २०८३/०३/०७]
    (A) क्षतिपूर्तिको अधिकार
    (B) सेवा छनौटको अधिकार
    (C) सूचनाको हकको अधिकार
    (D) आफ्नो अनुकूलको सेवा प्राप्त गर्ने अधिकार ✓
  33. सूचनाको हकसम्बन्धी ऐन बमोजिम सूचना प्राप्त गर्न चाहने नेपाली नागरिकले को समक्ष निवेदन दिनुपर्ने व्यवस्था रहेको छ? [कम्प्युटर अपरेटर, २०८३/०३/०७]
    (A) कार्यालय प्रमुख
    (B) कर्मचारी प्रशासन महाशाखा प्रमुख
    (C) गुनासो सुन्ने अधिकारी
    (D) सूचना अधिकारी ✓
  34. नागरिक वडापत्रको मुख्य उद्देश्य के हो? [कम्प्युटर अपरेटर, २०८३/०३/०७]
    (A) घरदैलोमा सेवा पुऱ्याउनु
    (B) सेवाग्राहीलाई सरकारी सेवासम्बन्धी जानकारी दिनु ✓
    (C) कानूनको संसोधन गर्नु
    (D) सरकारी सेवा प्रवाहमा एकद्वार प्रणाली स्थापना गर्नु
  35. नेतृत्व (Leadership) को कुन शैलीमा नेताले सबै निर्णय आफैँ गर्छ? [कम्प्युटर अपरेटर, २०८३/०३/०७]
    (A) तानाशाही ✓
    (B) लोकतान्त्रिक
    (C) स्वतन्त्र
    (D) सहभागितामूलक
  36. कार्यालयको परम्परागत धारणाअनुसार कार्यालयसँग सम्बन्धित तलका मध्ये कुन भनाई बढी उपयुक्त हुन्छ? [नेपाल सर्भे सेवा (प्राविधिक), २०८३/०३/०८]
    (A) कुनै निश्चित स्थानबाट मात्र काम सञ्चालन हुने ✓
    (B) रणनीतिक कार्य गर्ने
    (C) व्यवस्थापकीय कार्य गर्ने
    (D) निश्चित उद्देश्य प्राप्तिको कार्य गर्ने
  37. देहायका मध्ये कुन अवस्थामा टिप्पणी लेखनको आवश्यकता पर्दछ? [नेपाल सर्भे सेवा (प्राविधिक), २०८३/०३/०८]
    (A) कार्यालय प्रमुखले मातहतका कर्मचारीलाई निर्देशन दिनु पर्दा
    (B) सेवाग्राहीलाई नागरिक बडापत्र अनुसारको सेवा प्रदान गर्दा
    (C) नयाँ कर्मचारीलाई नियुक्ति र पदस्थापन गर्नु पर्दा ✓
    (D) कार्यालयका शाखाहरूबीच एक आपसमा सूचना आदान प्रदान गर्दा
  38. निजामती सेवाको पदमा पदपूर्ति गर्दा पिछडिएको क्षेत्रका लागि कति प्रतिशत पद छुट्ट्याएको छ? [नेपाल सर्भे सेवा (प्राविधिक), २०८३/०३/०८]
    (A) सम्पूर्ण रिक्त पदको चार प्रतिशत
    (B) खुला तर्फ छुट्ट्याएको सम्पूर्ण पदको चार प्रतिशत
    (C) समावेशीबाट पदपूर्ति गर्न छुट्ट्याएको जम्मा पदको चार प्रतिशत
    (D) खुला तर्फ छुट्ट्याएको पद मध्ये पचपन्न प्रतिशत पदको चार प्रतिशत ✓
  39. निजामती कर्मचारीलाई विभागीय कारवाही गर्नुपर्दा सामान्य सजाय अन्तर्गत कति प्रकारका सजाय गर्न सकिने व्यवस्था निजामती सेवा ऐन, २०४९ ले गरेको छ? [नेपाल सर्भे सेवा (प्राविधिक), २०८३/०३/०८]
    (A) ६
    (B) ४
    (C) ३
    (D) २ ✓
  40. निजामती कर्मचारीले एक वर्षमा जम्मा कतिदिन भैपरी आउने र पर्व बिदा पाउँछन्? [नेपाल सर्भे सेवा (प्राविधिक), २०८३/०३/०८]
    (A) ६
    (B) १२ ✓
    (C) १५
    (D) १८
  41. एक निश्चित अवधिको लागि तयार गरिएको सरकारको अनुमानित आय र व्ययको विवरण_________हो। [नेपाल सर्भे सेवा (प्राविधिक), २०८३/०३/०८]
    (A) लेखा
    (B) बेरुजु
    (C) श्रेस्ता
    (D) बजेट ✓
  42. नागरिकहरूको सूचनाको हकको संरक्षणका लागि स्थापना गरिएको निकाय कुन हो? [नेपाल सर्भे सेवा (प्राविधिक), २०८३/०३/०८]
    (A) राष्ट्रिय सूचना आयोग ✓
    (B) लोक सेवा आयोग
    (C) न्याय सेवा आयोग
    (D) सर्वोच्च अदालत
  43. सार्वजनिक बडापत्रले तलका मध्ये कुन पक्षमा मुख्य रूपले जोड दिन्छ? [नेपाल सर्भे सेवा (प्राविधिक), २०८३/०३/०८]
    (A) राजस्व बढाउन
    (B) सार्वजनिक सेवाको प्रक्रिया बढाउन
    (C) पारदर्शिता र प्रभावकारिता कायम गराउन ✓
    (D) कार्यालयले प्रदान गर्ने सेवाको औचित्य थाहा पाउन
  44. व्यवस्थापनको POSDCORB सिद्धान्तमा 'CO' ले केलाई जनाउँछ? [नेपाल सर्भे सेवा (प्राविधिक), २०८३/०३/०८]
    (A) Communication
    (B) Coordination ✓
    (C) Control
    (D) Computing
  45. वि.सं. २०१५ सालको आम निर्वाचनपछि गठित प्रतिनिधि सभाका सभामुख को बनेका थिए? [गोरखापत्र प्रशासन अधिकृत, २०८३/०३/०७]
    (A) महेन्द्रनारायण निधि
    (B) काशीप्रसाद श्रीवास्तव
    (C) कृष्णप्रसाद भट्टराई ✓
    (D) सुवर्णशमशेर ज.ब.रा
  46. वि.सं. २०४८ सालको उच्चस्तरीय प्रशासन सुधार आयोग कसको अध्यक्षतामा गठन भएको थियो? [गोरखापत्र प्रशासन अधिकृत, २०८३/०३/०७]
    (A) प्रधानमन्त्री ✓
    (B) सामान्य प्रशासन मन्त्री
    (C) प्रशासनिक विज्ञ
    (D) उपप्रधानमन्त्री
  47. पृथ्वीनारायण शाहको पालामा तिब्बत मामिला हेर्ने अड्डाको नाम के थियो? [गोरखापत्र प्रशासन अधिकृत, २०८३/०३/०७]  
    (A) उत्तर ढोका
    (B) छेमडेल खाना
    (C) जैसी कोठा ✓
    (D) भोट खाना
  48. नेपालमा विदेशी लगानी (सामान्यतया ६ अर्ब रुपैयाँसम्मको) स्वीकृत गर्ने निकाय कुन हो? [गोरखापत्र प्रशासन अधिकृत, २०८३/०३/०७]
    (A) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    (B) कम्पनी रजिस्ट्रारको कार्यालय
    (C) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
    (D) उद्योग विभाग ✓
  49. व्यवस्थापनका विशेषतामा तलको कुन पर्दैन? [ल्याब टेक्निसियन (५औं तह), २०८३/०३/०८]
    (A) विशिष्ट र गतिशील प्रक्रिया
    (B) उद्देश्यमुखी
    (C) पृष्ठपोषण ✓
    (D) व्यवस्थापनको सर्वव्यापी प्रयोग
  50. सहायक कर्मचारीको कार्य तलका मध्ये कुन होइन? [ल्याब टेक्निसियन (५औं तह), २०८३/०३/०८]
    (A) कार्यालयमा प्राप्त भएका पत्र दर्ता गर्ने
    (B) तोकादेशअनुसार कार्य सम्पादन गर्ने
    (C) अन्तरनिकाय समन्वय र सहकार्य गर्ने ✓
    (D) कार्यालयका उपकरणहरू सञ्चालन गर्ने
  51. सरकारी खर्च व्यवस्थापन गर्न प्रयोग गरिने एउटा नयाँ अवधारणा मध्यकालिन खर्च संरचना (MTEF) कति वर्षका लागि तयार गरिन्छ? [ल्याब टेक्निसियन (५औं तह), २०८३/०३/०८]
    (A) ५ वर्ष
    (B) २ वर्ष
    (C) ३ वर्ष ✓
    (D) ६ वर्ष
  52. नेपालमा राष्ट्रिय सूचना आयोगको स्थापना कहिले भएको हो? [ल्याब टेक्निसियन (५औं तह), २०८३/०३/०८]
    (A) वि.सं. २०६४ चैत्र २८
    (B) वि.सं. २०६५ बैशाख २२ ✓
    (C) वि.सं. २०६६ जेठ १४
    (D) वि.सं. २०६७ असार १५
  53. सार्वजनिक प्रशासनमा 'उत्तरदायित्व' को अर्थ के हुन्छ? [ल्याब टेक्निसियन (५औं तह), २०८३/०३/०८]
    (A) अधिकारको प्रयोग
    (B) सम्पादित कामको जवाफदेहिता ✓
    (C) सम्पादित कामको गोपनीयता
    (D) कार्य सम्पादनमा स्वतन्त्रता
  54. सरकारी सूचना वर्गीकरण समितिको अध्यक्ष को रहने कानूनी व्यवस्था छ? [ल्याब टेक्निसियन (५औं तह), २०८३/०३/०८]
    (A) नेपाल सरकारको मुख्य सचिव
    (B) प्रमुख सूचना आयुक्त
    (C) सूचना आयोगको सचिव
    (D) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव ✓
  55. तलका मध्ये कुनलाई व्यवस्थापन (Management) को सार (Essence) मानिन्छ? [ल्याब टेक्निसियन (५औं तह), २०८३/०३/०८]
    (A) नियन्त्रण
    (B) निर्देशन
    (C) समन्वय ✓
    (D) निर्णय
  56. आत्म अनुशासन (Self-discipline) को अर्थ के हो? [ल्याब टेक्निसियन (५औं तह), २०८३/०३/०८]
    (A) नियम पालना गर्न बाध्य पारिनु
    (B) आफ्ना भावनात्मक व्यवहार स्वेच्छिक रूपमा आफै नियन्त्रण गर्नु ✓
    (C) कसैलाई सजाय दिनु
    (D) आफ्नो विवेकको प्रयोग गर्दै अरुलाई पछ्याउनु
  57. निजामती सेवाको पदमा पदपूर्ति गर्ने क्रममा पिछडिएको क्षेत्र अन्तर्गत तलका मध्ये कुन जिल्लालाई समेटिएको छैन? [रेडियोग्राफी, पाँचौँ, २०८३/०३/०७]
    (A) डोल्पा
    (B) बझाङ
    (C) दार्चुला
    (D) जाजरकोट ✓
  58. निजामती सेवा नियमावली बमोजिम कुनै निजामती कर्मचारीलाई विभागीय सजायको आदेश दिने अधिकारीले निजलाई लगाईएको आरोपको सम्बन्धमा सफाईको मौका पेश गर्न कति दिनको समय दिनु पर्ने व्यवस्था छ? [रेडियोग्राफी, पाँचौँ, २०८३/०३/०७]
    (A) ३०
    (B) २५
    (C) १५ ✓
    (D) १०
  59. कुनै एक कार्यालय वा स्थानबाट अर्को कार्यालय वा स्थानमा सरुवा भई जाने निजामती कर्मचारीले कति समयभित्र बरबुझारथ गरी सक्नुपर्छ? [रेडियोग्राफी, पाँचौँ, २०८३/०३/०७]
    (A) १५ दिन
    (B) २१ दिन
    (C) ३० दिन
    (D) ३५ दिन ✓
  60. बहालवाला निजामती कर्मचारीलाई सजाय गर्नुपुर्दा कुन निकायको परामर्शमा गर्नुपर्ने कानुनी व्यवस्था छ? [रेडियोग्राफी, पाँचौँ, २०८३/०३/०७]
    (A) मन्त्रिपरिषद्
    (B) लोक सेवा आयोग ✓
    (C) महालेखापरीक्षक
    (D) सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालय
  61. घाटा बजेट सिद्धान्तका प्रतिपादक को हुन्? [रेडियोग्राफी, पाँचौँ, २०८३/०३/०७]
    (A) जे.एम.किन्स ✓
    (B) हुभर कमिसन
    (C) जिमि कार्टर
    (D) एफ.डब्लु.टेलरक
  62. शान्ति, सुरक्षा, रक्षा, राजस्व जस्ता विषयका सेवा कस्तो प्रकारका सार्वजनिक सेवा प्रवाह अन्तर्गत पर्दछन्? [रेडियोग्राफी, पाँचौँ, २०८३/०३/०७]
    (A) आकस्मिक सेवा
    (B) परम्परागत सेवा ✓
    (C) आधारभूत सेवा
    (D) कल्याणकारी सेवा
  63. सूचनाको हक अन्तर्गत सूचना अधिकारीले सूचना माग्ने व्यक्तिलाई कति समयभित्र सूचना दिनुपर्दछ? [रेडियोग्राफी, पाँचौँ, २०८३/०३/०७]
    (A) तुरुन्तै ✓
    (B) ७ दिनभित्र
    (C) १५ दिनभित्र
    (D) ३० दिनभित्र
  64. सार्वजनिक बडापत्रमा देहायका मध्ये कुन विषय समावेश गरिएको हुँदैन? [रेडियोग्राफी, पाँचौँ, २०८३/०३/०७]
    (A) सेवा प्राप्त गर्न लाग्ने दस्तुर/राजस्व
    (B) गुनासो सुन्ने अधिकारी
    (C) सेवाग्राहीको कर्तव्य ✓
    (D) सेवा प्राप्त गर्न लाग्ने समय
  65. "उत्प्रेरणा व्यवस्थापनको हृदय हो" यो भनाइ देहायका मध्ये कुन व्यक्तिको हो? [शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) - २०८३/०३/१०]
    (A) मस्लो
    (B) हर्जवर्ग
    (C) रेन्सिस लिकर्ड ✓
    (D) मेक ग्रेगर
  66. तलका मध्ये सार्वजनिक सेवा प्रवाहको मुख्य उद्देश्य क्या हो? [शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) - २०८३/०३/१०]
    (A) कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने
    (B) सरकारी आय वृद्धि गर्ने
    (C) नागरिकको सन्तुष्टि र हित प्रवर्द्धन गर्ने ✓
    (D) सार्वजनिक निकायहरूको नाफा आर्जन गर्ने
  67. प्राकृतिक अधिकारका प्रणेता भनेर तलका मध्ये कसलाई चिनिन्छ? [शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) - २०८३/०३/१०]
    (A) जोन लक ✓
    (B) जोन एडम्स
    (C) थोमस हब्स
    (D) मार्टिन लुथर किङ्ग
  68. सार्वजनिक वडापत्रको अवधारणा कुन देशबाट शुरु भएको हो? [शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) - २०८३/०३/१०]
    (A) जापान
    (B) बेलायत ✓
    (C) भारत
    (D) फ्रान्स
  69. प्रत्येक सरकारी कार्यालयमा सबैले देख्ने गरी सार्वजनिक वडापत्र राख्नु पर्ने व्यवस्था कुन कानूनमा रहेको छ? [शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) - २०८३/०३/१०]
    (A) सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन ✓
    (B) भ्रष्टाचार निवारण ऐन
    (C) निजामती सेवा ऐन
    (D) निजामती सेवा नियमावली
  70. निजामती सेवा ऐन, २०४९ अनुसार रा.प.अनं. प्रथम श्रेणीको लागि खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न कति प्रतिशत पद छुट्ट्याउने व्यवस्था रहेको छ? [शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) - २०८३/०३/१०]
    (A) ४०
    (B) २०
    (C) ३०
    (D) ५० ✓
  71. कुनै कर्मचारी पूर्व स्वीकृति नलिई बराबर कार्यालयमा अनुपस्थित रहेमा के सजाय हुने व्यवस्था छ? [शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) - २०८३/०३/१०]
    (A) नसहत दिने
    (B) दुई वर्ष बढुवा रोक्का गर्ने
    (C) दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने
    (D) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने ✓
  72. निजामती सेवा ऐन, २०४९ मा व्यवस्था भएको कर्मचारीले पालना गर्नुपर्ने अन्य आचरण अन्तर्गत रहेको आचरण तलको मध्ये कुन हो? [शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) - २०८३/०३/१०]
    (A) यातना दिन नहुने
    (B) सबैप्रति शिष्ट व्यवहार गर्नुपर्ने
    (C) यौनजन्य दुर्व्यवहार गर्न नहुने ✓
    (D) आफ्नो सम्पत्तिको विवरण दिनु पर्ने
  73. अभिलेखहरू कार्यालयमा सृजना भएदेखि नष्ट नगरेसम्म निरन्तर सञ्चालन गरिने कार्यलाई__________भनिन्छ। [शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) - २०८३/०३/१०]
    (A) फाइलिङ व्यवस्थापन
    (B) अभिलेख व्यवस्थापन ✓
    (C) प्रमाण व्यवस्थापन
    (D) तथ्याङ्क व्यवस्थापन
  74. १६औं आवधिक योजनामा सुशासनसम्बन्धी कति वटा लक्ष्य तोकिएको छ? [सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल), २०८३/०३/१०]
    (A) २०
    (B) १०
    (C) १५
    (D) १२ ✓
  75. कार्यालयमा कुनै निकाय वा व्यक्तिबाट प्राप्त हुन आएका चिठीपत्र, निवेदन, प्रतिवेदन जस्ता कागजपत्रहरू प्राप्त हुनासाथ शुरुको अभिलेख राख्ने कार्यलाई___________भनिन्छ। [सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल), २०८३/०३/१०]
    (A) दर्ता ✓
    (B) चलानी
    (C) परिपत्र
    (D) पत्रव्यवहार
  76. नियुक्ति प्रक्रियामा "मेरिट प्रणाली" भन्नाले के बुझिन्छ? [सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल), २०८३/०३/१०]
    (A) राजनीतिक नियुक्ति
    (B) योग्यता र प्रतिस्पर्धाका आधारमा चयन ✓
    (C) अनुभवको आधारमा नियुक्ति
    (D) माथिका सबै
  77. निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था निजामती सेवा ऐनको कुन परिच्छेदमा गरेको छ? [सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल), २०८३/०३/१०]
    (A) परिच्छेद ६
    (B) परिच्छेद ७ ✓
    (C) परिच्छेद ८
    (D) परिच्छेद ९
  78. नेपालमा लैङ्गिक उत्तरदायी बजेट (Gender Responsive Budgeting – GRB) को शुरुवात कुन आर्थिक वर्षदेखि भएको हो? [सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल), २०८३/०३/१०]
    (A) २०४८/४९
    (B) २०६४/६५ ✓
    (C) २०६८/६९
    (D) २०७४/७५
  79. सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने सबैभन्दा महत्वपूर्ण उपकरण तलका मध्ये कुन हो? [सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल), २०८३/०३/१०]
    (A) कर्मचारीको संख्यामा वृद्धि
    (B) सूचना प्रविधिको प्रयोग ✓
    (C) केन्द्रीकृत निर्णय
    (D) कार्यविधिको प्रयोग
  80. नेपालका २० वटा मालपोत कार्यालयहरूमा शुरुमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र कहिलेदेखि लागू गरियो? [सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल), २०८३/०३/१०]
    (A) वि.सं. २०६८
    (B) वि.सं. २०६९
    (C) वि.सं. २०७० ✓
    (D) वि.सं. २०७१
  81. कार्यालय व्यवस्थापनको विशेषतामा तलका मध्ये कुन पर्दैन? [सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल), २०८३/०३/१०]
    (A) निश्चित लक्ष्य तथा उद्देश्य
    (B) कर्मचारी व्यवस्थापन गर्नु ✓
    (C) स्रोत तथा साधनको समुचित प्रयोग
    (D) समन्वयलाई प्रभावकारी बनाउनु
  82. नेपालमा बजेट कार्यान्वयन गर्ने मुख्य निकाय कुन तलका मध्ये हो? [कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५]
    (A) कार्यपालिका ✓
    (B) संसद
    (C) न्यायपालिका
    (D) संवैधानिक निकाय
  83. सार्वजनिक सेवा प्रवाहमा “Touch Point Analysis” कार्यक्रम लागू गर्ने देश देहायका मध्ये कुन हो? [कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५]
    (A) दक्षिण कोरिया
    (B) संयुक्त अरब इमिरेट्स ✓
    (C) नर्वे
    (D) अष्ट्रेलिया
  84. सार्वजनिक सेवा प्रवाहमा “Customer Service Journey Mapping” कार्यक्रम गर्ने सेवाको Redesign गर्ने मुलुक देहायको मध्ये कुन हो? [कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५]
    (A) बेलायत
    (B) अष्ट्रेलिया ✓
    (C) मलेसिया
    (D) कतार
  85. मानवीय मूल्य मान्यता (Human values) अन्तर्गत आर्थिक नैतिकता सक्षमता (Economic ethics of capabilities) सम्बन्धी जोड दिने व्यक्ति देहायको मध्ये कुन हुन्? [कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५]
    (A) प्लेटो
    (B) अरस्तु
    (C) जेम्स मिल
    (D) अमर्त्य सेन ✓
  86. कार्यालयमा प्राप्त चिठ्ठीपत्रहरूको सुरुको अभिलेख राख्ने कार्यलाई के भनिन्छ? [कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५]
    (A) दर्ता ✓
    (B) चलानी
    (C) पत्र संख्या
    (D) पञ्जिका
  87. निजामती कर्मचारीले पाउने भैपरी र पर्व बिदा बाहेकका बिदाको अभिलेख प्रत्येक कार्यालयले वर्ष व्यतित भएको कति दिनभित्र निजामती किताबखाना र तलब खर्च लेख्ने कार्यालयमा पठाउनु पर्दछ? [कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५]
    (A) १५ दिन
    (B) २५ दिन
    (C) ३० दिन
    (D) ६० दिन ✓
  88. निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत तलका मध्ये कुन कुरा पर्दैन? [कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५]
    (A) समयपालना र नियमितता
    (B) दान, उपहार र चन्दा स्वीकार ✓
    (C) राजनीतिमा भाग लिन नपाउने
    (D) सरकारी सम्पत्ति संरक्षण गर्ने
  89. कर्मचारी प्रशासन सम्बन्धी केन्द्रीय निकायको रूपमा तलका मध्ये कुन निकायले कार्य गर्दछ? [कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५]
    (A) अर्थ मन्त्रालय
    (B) गृह मन्त्रालय
    (C) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ✓
    (D) लोक सेवा आयोग
  90. राणाकालीन प्रशासनमा मुन्सीखानाले के काम गर्थ्यो? [लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, अप्राविधिक, २०८३/०३/१३]
    (A) परराष्ट्र मामिला ✓
    (B) आन्तरिक प्रशासन
    (C) आर्थिक लेखापरीक्षण
    (D) सैनिक व्यवस्थापन
  91. भष्टाचार अनुभूति सूचकांक - २०२५ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ? [CTEVT, कार्यालय सहायक/सहलेखापाल परीक्षा - २०८३/०३/१३]
    (A) ९९
    (B) १०७
    (C) १०९ ✓
    (D) १४७
  92. कुन राणा प्रधानमन्त्रीको पालामा २० वर्षे आवधिक योजना घोषणा गरिएको थियो? [CTEVT, प्रशासकीय सहायक/लेखापाल, २०८३/०३/२०]
    (A) जुद्धशमशेर ज.ब.रा
    (B) चन्द्रशमशेर ज.ब.रा
    (C) मोहनशमशेर ज.ब.रा
    (D) पद्मशमशेर ज.ब.रा ✓
  93. 'The Spirit of the Laws' का लेखक को हुन्? [CTEVT, प्रशासकीय सहायक/लेखापाल, २०८३/०३/२०]
    (A) रूसो
    (B) केटभली
    (C) मोन्टेस्क्यु ✓
    (D) भोल्टियर
  94. सार्वजनिक सेवालाई प्रभावकारी बनाउन ल्याइएको नागरिक एप (Nagarik App) को औपचारिक सुरुवात नेपालमा कहिले भयो? [CTEVT, अधिकृत तृतीय - २०८३/०३/२७]
    (A) वि.सं. २०७५ फागुन
    (B) वि.सं. २०७६ पुस
    (C) वि.सं. २०७७ माघ ✓
    (D) वि.सं. २०७८ वैशाख
  95. नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्धलाई सुधार गर्न सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (EPG) मा नेपालको तर्फबाट कसले नेतृत्व गरेका थिए? [CTEVT, अधिकृत तृतीय - २०८३/०३/२७]
    (A) भेषबहादुर थापा ✓
    (B) रमेशनाथ पाण्डे
    (C) मधुरमण आचार्य
    (D) नीलाम्बर आचार्य
  96. परम्परागत सार्वजनिक प्रशासन र नविन सार्वजनिक व्यवस्थापन बीचको मुख्य भिन्नता कुन हो? [गण्डकी प्रदेश, सब-इन्जिनियर (सिभिल), पाँचौं तह - २०८३/०३/२९]
    (A) परम्परागत प्रशासनले बजारमुखी प्रतिष्पर्धामा जोड दिन्छ, नविन सार्वजनिक व्यवस्थापनले नियम र प्रक्रियामा जोड दिन्छ
    (B) परम्परागत प्रशासनले नियम, कानुन र प्रक्रियामा जोड दिन्छ भने नविन सार्वजनिक व्यवस्थापनले नतिजा, कुशलता र उपभोक्ता सन्तुष्टिमा जोड दिन्छ ✓
    (C) दुवै व्यवस्थाले सार्वजनिक क्षेत्रमा नागरिकको सहभागीतालाई पूर्ण निषेध गर्दछन्
    (D) परम्परागत प्रशासन बढी लचिलो र आधुनिक हुन्छ
  97. नागरिक वडापत्रको अवधारणा कुन मुलुकबाट सुरु भएको हो? [गण्डकी प्रदेश, सब-इन्जिनियर (सिभिल), पाँचौं तह - २०८३/०३/२९]
    (A) अमेरिका
    (B) चीन
    (C) बेलायत ✓
    (D) भारत
  98. पत्र, परिपत्र, प्रतिवेदन दिइएकामध्ये के-का उदाहरण हुन्? [गण्डकी प्रदेश, सब-इन्जिनियर (सिभिल), पाँचौं तह - २०८३/०३/२९]
    (A) लिखित सञ्चार ✓
    (B) सामान्य सञ्चार
    (C) मौखिक सञ्चार
    (D) तलतिर सञ्चार
  99. कति रकमसम्म लागत अनुमान भएको सार्वजनिक निर्माण खरिदमा नेपाली निर्माण व्यवसायीसँगको संयुक्त उपक्रम (Joint Venture) मा मात्र अन्तर्राष्ट्रिय निर्माण व्यवसायी सहभागी हुन सक्ने कानुनी व्यवस्था रहेको छ? [गण्डकी प्रदेश, सब-इन्जिनियर (सिभिल), पाँचौं तह - २०८३/०३/२९]
    (A) १५ अर्ब
    (B) १२ अर्ब
    (C) १० अर्ब ✓
    (D) ५ अर्ब
  100. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पहाडी जिल्लामा नगरपालिका घोषणा हुन कति स्थायी बासिन्दा हुनुपर्ने व्यवस्था छ? [गण्डकी प्रदेश, सब-इन्जिनियर (सिभिल), पाँचौं तह - २०८३/०३/२९]
    (A) ४० हजार
    (B) ५० हजार ✓
    (C) ६० हजार
    (D) १ लाख

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 75
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 118
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 166
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 218
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA