नेपाल पत्रकार महासंघ

नेपालभरका पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघ को स्थापना वि.सं. २०१२ साल चैत १६ गते भएको हो। यसको संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्छ।
यस महासंघका जिल्ला शाखा सबै जिल्लामा रहेका छन्। महासंघका प्रमुख उद्देश्य तथा कार्यहरू यसप्रकार छन्ः
-
नेपालभरका विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरूलाई एउटै छातामुनि आबद्ध गरी व्यावसायिक नेतृत्व प्रदान गर्ने।
-
पत्रकारहरूको व्यावसायिक हक–हितको संरक्षण गर्दै उनीहरूलाई सशक्त नेतृत्व प्रदान गर्ने।
-
जिम्मेवार, उत्तरदायी र अनुशासित पत्रकारिताको संस्थागत विकासमा सक्रिय भई प्रेस स्वतन्त्रताको आदर्शलाई पालना गर्ने।
-
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारिता क्षेत्रसँग सम्बन्धित सङ्घ–संस्थासँग सहकार्य तथा सम्बन्ध विस्तार गर्ने, साथै विभिन्न देशका पत्रकार सङ्घ–संस्थासँग प्रतिनिधिहरूको आदान–प्रदान गर्ने।
-
पत्रकारिता सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान, सभा, सम्मेलन, गोष्ठी, तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्ने।
-
पत्रकार जगत्को हितका लागि अन्य आवश्यक कार्यहरू गर्ने।