Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

गण्डक सम्झौता

  • Ajnabee Khadka
  • September 02, 2026
  • 196

गण्डक सम्झौता

Gandak Treaty
  • के हो?: नेपाल र भारत सरकारबीच गण्डक नदीको पानी उपयोग गरी दुवै देशको हितका लागि सिँचाइ र जलविद्युत विकास गर्ने उद्देश्यले गरिएको एक ऐतिहासिक द्विपक्षीय सम्झौता
  • सन्धिको पूर्ण नाम: गण्डक सिँचाइ तथा जलविद्युत आयोजना सम्झौता (Agreement regarding Gandak Irrigation & Power Project)
  • सम्झौता भएको मिति: वि.सं. २०१६ मंसिर १९ गते (तदनुसार सन् १९५९ डिसेम्बर ४)
  • हस्ताक्षर भएको स्थान: काठमाडौँ, नेपाल
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: तत्कालीन उपप्रधानमन्त्री सुवर्ण शमशेर
  • भारतका तर्फबाट हस्ताक्षरकर्ता: नेपालका लागि भारतीय राजदूत भगवान सहाय
  • सन्धिको मुख्य उद्देश्य: नेपाल र भारत दुवै देशको हितका लागि नारायणी (गण्डकी) नदीमा सिँचाइ सुविधा र विद्युत विकास गर्ने,
  • संशोधन परिमार्जन: सन् १९६४ अप्रिल ३० मा राजा महेन्द्रको पालामा यस सम्झौतामा नेपालको हित अनुकूल केही संशोधन गरिएको,
  • नेपाल र भारत दुवैतर्फ सिँचाइ सुविधा पुर्याउने र जलविद्युत उत्पादन गर्ने मुख्य उद्देश्यले स्थापित ब्यारेज: गण्डक ब्यारेज — यो ब्यारेज वि.सं. २०१६ मा भएको गण्डक सम्झौताको आधारमा स्थापना गरिएको,
    • ब्यारेज शिलान्यास मिति: वि.सं. २०२१ वैशाख १९ (सन् १९६४ मे ४)
    • ब्यारेज शिलान्यासकर्ताहरू: नेपालका राजा महेन्द्र र भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू
    • निर्माण सुरु र सम्पन्न मिति: वि.सं. २०२४ सालमा निर्माण सुरु भई वि.सं. २०३१ (सन् १९७४) मा सम्पन्न
    • नेपाललाई हस्तान्तरण मिति: वि.सं. २०३८ भदौ १५ (सन् १९८१ अगस्ट ३१)
    • हस्तान्तरण कार्यक्रमका प्रमुखहरू: नेपालका तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र भारतीय राजदूत नरेन्द्र जैन
  • विवाद: नदी नेपालको तर फाइदा बढी भारतलाई भएको, ब्यारेजका ढोका समयमा नजालिँदा नेपालको सुस्ता क्षेत्र डुबान र कटानमा पर्ने गरेको, भारतीय पक्षले मर्मत नगर्दा सूरजपुरा पावर हाउस पूर्ण क्षमतामा चल्न नसकेको, आदि

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 131
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 43
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 126
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 131
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 154
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA