Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको भौगोलिक परिचय

  • Bikash Shrestha
  • August 27, 2025
  • 1423

नेपालको भौगोलिक परिचय

Geographical introduction of Nepal

 

भौगोलिक अवस्थिति
नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्ठित मुलुक हो। यसको अक्षांशीय दायरा २६°२२’ देखि ३०°२७’ उत्तरी अक्षांश र ८०°४’ देखि ८८°१२’ पूर्वी देशान्तर सम्म फैलिएको छ।

नेपालले विश्वको कुल भूभागको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत, र दक्षिण एसियाको २.८२ प्रतिशत भूभाग ओगटेको छ। यो एसियाका दुई विशाल मुलुक—भारत र चीन—को बीचमा अवस्थित छ। समुद्र (बङ्गालको खाडी) बाट नेपाल करिब ११२७ कि.मि. टाढा छ।

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. (५६,८२७ वर्गमाइल) छ। यसको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर–दक्षिण औसत चौडाइ १९३ कि.मि. छ।

सीमा क्षेत्र

  • दक्षिणमा: भारतको बिहार र उत्तर प्रदेश

  • पश्चिममा: भारतको उत्तराखण्ड

  • पूर्वमा: भारतको पश्चिम बङ्गाल र सिक्किम

  • उत्तरमा: चीनको तिब्बत स्वशासित क्षेत्र

समय निर्धारण
नेपालको प्रामाणिक समय दो लखा जिल्लामा पर्ने गौरीशङ्कर हिमालको ८६°१५’ पूर्वी देशान्तर लाई आधार मानी निर्धारण गरिएको हो। यो समय ग्रीनविच मानक समय (GMT) भन्दा ५ घण्टा ४५ मिनेट अगाडि छ। यो व्यवस्था वि.सं. २०४२ साल बैशाख १ गतेदेखि लागू गरिएको हो।

भू–स्वरूप र जलवायु
नेपाल विश्वकै उचाइमा रहेका हिमालहरूको लागि प्रसिद्ध छ। विश्वका ८,००० मिटरभन्दा माथिका १४ वटा चुचुरामध्ये ८ वटा नेपालमा छन्। साथै, ६,००० मिटरभन्दा अग्ला १,३०० भन्दा बढी चुचुरा पाइन्छन्। केवल मुस्ताङ जिल्लामा मात्र करिब ३०१ चुचुरा रहेका छन्।

नेपालमा हिमालयका साथै कोशी, गण्डकी, कर्णाली जस्ता ठूला नदीहरू र रारा, फेवा, गोसाइँकुण्ड जस्ता सुन्दर तालहरू छन्।

उचाइको विविधताले गर्दा नेपालमा विभिन्न प्रकारका जलवायु पाइन्छन्:

  • उष्ण (Tropical)

  • उपोष्ण (Subtropical)

  • शीतोष्ण (Temperate)

  • उप–आर्कटिक (Subarctic/ Taiga)

  • टुन्ड्रा (Tundra)

विशेष पहिचान
नेपाल विश्व नक्सामा निम्न कारणले विशेष पहिचान राख्छ:

  • विश्वको सर्वोच्च शिखर सगरमाथाको देश

  • गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश

  • सीताको जन्मस्थल भएको देश

  • अनौठो आकारको (आयताकार नभएको) राष्ट्रिय झन्डा भएको देश

Categories

  • Current Affairs 575
  • Gorkhapatra 300
  • Others 962
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Brief table of the world's major religions
Others

विश्वका प्रमुख धर्महरूको संक्षिप्त तालिका

  • Apr 28, 2026
  • 78
Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Apr 28, 2026
  • 48
Narayan Dutta Poudel appointed as the 13th Inspector General (IGP) of the Armed Police Force (APF), Nepal
Current Affairs

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

  • Apr 28, 2026
  • 69
Red Bull Shilapatra Year Person 2082
Current Affairs

रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२

  • Apr 28, 2026
  • 95
Annual National Accounts Report of Nepal, 2082/83
Current Affairs

नेपालको वार्षिक राष्ट्रिय लेखा प्रतिवेदन, २०८२/८३

  • Apr 28, 2026
  • 94
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA