नेपालको अन्तरिम संविधान, २०६३

नेपालको अन्तरिम संविधान, २०६३
दोस्रो जनआन्दोलन (वि.सं. २०६२/०६३) को सफलताको परिणामस्वरूप नेपालको इतिहासमा पहिलो पटक जनताका तर्फबाट निर्मित संविधान जारी गरियो। यो संविधान वि.सं. २०६३ माघ १ गते लागु भयो।
यो संविधान नेपाल अधिराज्यको संविधान, २०४७ पछि छैटौँ संविधानको रूपमा जारी भएको हो।
संविधान निर्माण प्रक्रिया:
-
संविधानको मस्यौदा सर्वोच्च अदालतका पूर्वन्यायाधीश लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा गठित १६ सदस्यीय मस्यौदा समितिले तयार गरेको थियो।
-
संविधानलाई अन्तरिम व्यवस्थापिका–संसद्ले २०६३ माघ १ गते राति ११:३५ बजे अनुमोदन गर्यो।
संविधानको संरचना:
-
२५ भाग
-
१६७ धारा
-
४ अनुसूची
अन्य विशेष तथ्यहरू:
-
यो संविधानलाई समय–समयमा १३ पटक संशोधन गरिएको थियो।