Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ताल, कुण्ड र पोखरीहरू

  • Bikash Shrestha
  • September 09, 2025
  • 531

ताल, कुण्ड र पोखरीहरू

Lakes, ponds and pools

 

तिलिचो ताल

तिलिचो ताल समुद्री सतहबाट ४,९१९ मिटर उचाइमा, फाक्चे हिमालको काखमा अवस्थित छ। यो ताल अन्नपूर्ण हिमालको उत्तरी भेग, मनाङ जिल्लामा पर्छ र मुस्ताङसँग सिमाना जोडिएको छ। यसको लम्बाइ करिब ४ कि.मि., चौडाइ १.२ कि.मि. र गहिराइ करिब २०० मिटर छ। यसलाई ‘तिरिचो’ वा ‘तिलिजो’ पनि भनिन्छ। तालको उत्तरमा नीलगिरि हिमाल र दक्षिणतर्फ अन्नपूर्ण हिमालय पर्छन्। हिउँ, पानी र ढुङ्गाको प्राकृतिक सौन्दर्यका कारण यो ताल अत्यन्त आकर्षक मानिन्छ।

रारा ताल

मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो। यसको लम्बाइ ५.२ कि.मि., चौडाइ २.४ कि.मि. र गहिराइ १६७ मिटर छ। यो समुद्री सतहबाट २,९९० मिटर उचाइमा पर्छ। यसलाई ‘महेन्द्र ताल’ पनि भनिन्छ।

शे–फोक्सुण्डो ताल

शे–फोक्सुण्डो ताल डोल्पा जिल्लामा, कान्जिरोवा हिमालको दक्षिण फेदीमा अवस्थित छ। भेरी नदीको मुख्य शाखा जगदुल्ला खोला र कागमारो लेकको काखमा फैलिएको यो ताल समुद्री सतहबाट करिब ३,६१३ मिटर उचाइमा छ। यसको लम्बाइ करिब ४.८२ कि.मि., चौडाइ १.६१ कि.मि. र गहिराइ ६५० मिटर छ। स्थानीय भाषामा यसलाई ‘रिग्मो ताल’ भनिन्छ। यो तीनकुने आकारको लाम्चो ताल हो। रारा तालपछि दोस्रो ठूलो तथा नेपालको सबैभन्दा गहिरो ताल पनि यही हो। यहाँको पानी अत्यन्त चिसो भएकाले कुनै किसिमका जलजीव पाइँदैनन्। यस तालको निस्सरण सुलीगाड खोलामा १७६ मिटरको सुन्दर झरनाका रूपमा बग्छ।

छो–रोल्पा ताल

छो–रोल्पा ताल दोलखा जिल्लामा, समुद्री सतहबाट ४,५८० मिटर उचाइमा अवस्थित छ। यसको लम्बाइ ३ कि.मि., चौडाइ ०.५ कि.मि. र गहिराइ करिब १०० मिटर छ। अनुमानित ८ करोड घनमिटर पानी यसमा संचित छ। ताल फुट्ने जोखिम भएकाले पानी बाहिर निकाल्न साइफन जडान गरिएको छ।

फेवाताल

कास्की जिल्लाको पोखरामा अवस्थित फेवातालको लम्बाइ ४.८ कि.मि., चौडाइ १.५ कि.मि. र गहिराइ २४ मिटर छ। यसमा माछापुच्छ्रे हिमालको छायाँ प्रतिबिम्बित हुने भएकाले यो ताल निकै रमणीय देखिन्छ। पर्यटकीय दृष्टिले पनि यसको महत्व अत्यन्त ठूलो छ।

रानी पोखरी

काठमाडौंमा राजा प्रताप मल्लले आफ्नी पत्नी अनन्तप्रियालाई सान्त्वना दिनको लागि बनाएको पोखरी हो। यसको लम्बाइ १८० मिटर, चौडाइ १४० मिटर र क्षेत्रफल करिब ३२ रोपनी छ। पोखरीका कुनामा भैरव, महालक्ष्मी र सोह्रहाते गणेशको स्थापना गरिएको छ।

टौदह

काठमाडौं उपत्यका जलमग्न भएको बेला मञ्जुश्रीले चोभारको डाँडो काटेर पानी बाहिर पठाएपछि नागराज कर्कोटकको वासस्थानको रूपमा टौदह निर्माण भएको विश्वास छ। यो पोखरी ८४ रोपनी जलक्षेत्रसहित ९६ रोपनी क्षेत्रमा फैलिएको छ। यहाँ विभिन्न प्रजातिका चराहरू पाइने भएकाले चराविज्ञान अध्ययनका लागि उपयुक्त स्थल मानिन्छ।

घोडाघोडी ताल

कैलाली जिल्लामा महेन्द्र राजमार्गको उत्तरतर्फ १.५ हेक्टर क्षेत्रमा अवस्थित यो ताल घोडाको आकृतिजस्तै देखिन्छ। तालको बीचमा चार–पाँचवटा थुम्का छन्। यसको किनारमा घोडाघोडी मन्दिर रहेको छ। यस क्षेत्रमा दुर्लभ धनेश पक्षीसहित अन्य पशुपक्षी, तालभित्र माछा, गोही, कछुवा आदि पाइन्छन्।

बेगनास ताल

कास्की जिल्लामा, फेदीका डाँडामुनि अवस्थित यो ताल समुद्री सतहबाट ६७७ मिटर उचाइमा छ। यसको गहिराइ ७.५ मिटर र क्षेत्रफल २२५ हेक्टर छ।

गोसाइँकुण्ड

धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित छ। समुद्री सतहबाट करिब ४,३६० मिटर उचाइमा रहेको यो ताल जनैपूर्णिमामा लाग्ने मेलाका कारण प्रसिद्ध छ। यसलाई हिमाली कालो चट्टानमा बनेको निर्मल जलयुक्त ताल भनिन्छ।

रूपाताल

पोखराको पूर्व–उत्तर भागमा, पचभैया पर्वतको फेदीमा अवस्थित यो ताल समुद्री सतहबाट ७०१ मिटर उचाइमा छ। यसको गहिराइ ४.५ मिटर र क्षेत्रफल १२० हेक्टर छ। हाल यसमा मत्स्यपालन गरि आर्थिक लाभ लिने कार्य भइरहेको छ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 45
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 43
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA