Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका प्रमुख साहित्यिक पुरस्कारहरू

  • Bikash Shrestha
  • August 04, 2025
  • 1116

नेपालका प्रमुख साहित्यिक पुरस्कारहरू

Major literary awards of Nepal

नेपालका प्रमुख साहित्यिक पुरस्कारहरू

१. मदन पुरस्कार

मदन पुरस्कार स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाले स्थापना गर्नुभएको हो। यसको घोषणा वि.सं. २०१२ साल असोज १० गते भएको थियो भने वितरण वि.सं. २०१४ सालदेखि सुरु गरिएको हो। प्रारम्भमा पुरस्कार राशी रु. ४,००० र स्वर्णपदक थियो, तर वि.सं. २०६१ सालदेखि रु. २ लाख र वि.सं. २०७५ सालदेखि रु. ४ लाख पुर्‍याइएको छ। वि.सं. २०३१ र २०३३ सालमा यो पुरस्कार प्रदान गरिएको थिएन। मदन पुरस्कार हरेक वर्ष नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृति मध्ये एकलाई प्रदान गरिन्छ।

तालिका ७.५ — मदन पुरस्कार प्राप्त कृति र स्रष्टाहरू

क्र.सं. स्रष्टाको नाम कृति वर्ष
१ सत्यमोहन जोशी, चित्तञ्जन नेपाली, बलराम जोशी हाम्रो लोकसंस्कृति, जनरल भीमसेन थापा, अधिकविभव स्थिर विद्युत् उत्पादक २०१३
२ राजन मुकारुङ दमिनी भीर २०६९
३ राधा पौडेल खलङ्गामा हमला २०७०
४ विजय कुमार खुसी २०७१
५ रामलाल जोशी ऐना २०७२
६ घनश्याम कँडेल धृतराष्ट्र २०७३
७ नीलम कार्की ‘निहारिका’ योगमाया २०७४
८ योगेशराज राणहार २०७५
९ चन्द्रप्रकाश बानियाँ महारानी २०७६
१० भगिराज इननाम लिम्बुवानका ऐतिहासिक दस्तावेज सङ्ग्रह (१७१९–२०२०) २०७७
११ डा. नवराज लम्साल अग्नि २०७८
१२ विवेद ओझा ऐँजन २०७९
 

२. जगदम्बाश्री पुरस्कार

स्व. रानी जगदम्बाको पुण्य स्मृतिमा वि.सं. २०४५ सालमा स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष नेपाली भाषा, साहित्य, संस्कृति आदिमा महत्वपूर्ण योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ। पुरस्कार राशी हाल रु. ४ लाख छ।

तालिका ७.६ — जगदम्बाश्री पुरस्कार प्राप्त स्रष्टाहरू

क्र.सं. स्रष्टाको नाम वर्ष
१ नारायणगोपाल गुरुवाचार्य २०४५
२ लीलाबहादुर क्षत्री २०७२
३ दुर्गा बराल (वात्स्यायन) २०७३
४ शान्तदास मानन्धर २०७४
५ वैरागी काइँला (तिलविक्रम नेम्वाङ) २०७५
६ शान्ति ठटाल २०७६
७ भैरवबहादुर थापा २०७७
८ दुर्गाप्रसाद श्रेष्ठ २०७८
९ टेकराज मुखिया २०७९
 

३. साझा पुरस्कार

यो पुरस्कार वि.सं. २०२६ सालमा साझा प्रकाशनद्वारा स्थापना गरिएको हो। हरेक वर्ष प्रकाशित पुस्तकहरू मध्ये उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिन्छ। पुरस्कार राशी हाल रु. ५१ हजार छ।

तालिका ७.७ — साझा पुरस्कार प्राप्त कृतिहरू (छनौट सूची)

कृति वर्ष स्रष्टा
घुम्ने मेचमाथि अन्धो मान्छे २०२६ भूपी शेरचन
एक बाटो अनेक मोड २०२७ विजय मल्ल
समर समका कृति २०२८ तारानाथ शर्मा
भीमसेनको अन्त्य २०२९ बालकृष्ण सम
मोहन कोइरालाका कविता २०३० मोहन कोइराला
वैरागी काइँलाका कविता २०३१ वैरागी काइँला
आगत २०३२ भवानी भिक्षु
शाहकालीन कला र वास्तुकला २०३३ डा. जगदीशचन्द्र रेग्मी
प्रत्येक ठाउँ प्रत्येक मान्छे २०३४ पिटर जे. कार्थक
घामका पाइलाहरू २०३५ ध.च. गोतामे
देवकोटा २०३६ चूडामणि बन्धु
नेपाली उपन्यास र उपन्यासकार २०३७ कृष्णचन्द्रसिंह प्रधान
समान्तर २०३८ ईश्वर वल्लभ
हाम्रो समाज : एक अध्ययन २०३९ जनकलाल शर्मा
माधवी २०३९ मदनमणि दीक्षित
ऋतु निमन्त्रण २०४० मोहन कोइराला
सडकदेखि सडकसम्म २०४१ अशेष मल्ल
यहाँदेखि त्यहाँसम्म २०४२ ध.च. गोतामे
पूर्वकथा २०४३ राजेश्वर देवकोटा
सुवानन्ददासदेखि राजीवलोचनसम्म २०४४ गणेशबहादुर प्रसाईं
विशुदाइ २०४५ किशोर पहाडी
तिमीकी स्वास्नी र म २०४६ मनु ब्राजाकी
पाइला : आगतमा टेक्ने २०४७ कृष्णचन्द्रसिंह प्रधान
आँसु त्यसै त्यसै छचल्किन्छ २०४८ दौलतविक्रम विष्ट
पृथ्वीराज चौहान २०४९ लक्ष्मीप्रसाद देवकोटा
दिशाहीन आकाश २०५० गोपाल पराजुली
इन्द्रजात्रा २०५१ दिनेश अधिकारी
यो जनगन्धा २०५२ विनोदप्रसाद धिताल
नफुलेका फूलहरू २०५३ क्षेत्रप्रताप अधिकारी
हिमालपारि हिमालवारि २०५४ माधव घिमिरे
मृत्यु–कविता २०५५ मञ्जुल
शब्दातीत शान्तनु २०५६ डा. वानीरा गिरि
राराको सौन्दर्य २०५७ पूर्णप्रकाश नेपाल ‘यात्री’
चारु चर्चा २०५८ माधव घिमिरे
तथाकथित २०५९ ध्रुवचन्द्र गौतम
अन्धकार २०६० ध्रुव सापकोटा
छेउको वधशाला २०६१ विमल निभा
समानान्तर आकाश २०६२ पद्मावती सिंह
हरि अधिकारीका कविता २०६३ हरि अधिकारी
साहित्य र समाज २०६४ डा. ऋषिराज बराल
प्रेतकल्प २०६५ नारायण ढकाल
सङ्क्रमणको साहित्य र समकालीनता २०६६ पुरुषोत्तम सुवेदी
अश्वमेध यज्ञका घोडाहरू २०६७ दुबसु क्षत्री
मेरा जीवनका पानाहरू २०६८ गौरा प्रसाईं
त्रासमा ईश्वर २०६९ ठाकुर बेलबासे
दोहाको सिधा उडान २०७३ जय छाङ्छा
व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश २०७८ नीलमणि ढुङ्गाना
 

४. प्रज्ञा पुरस्कारहरू

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापना गरिएका विभिन्न पुरस्कारहरू भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शन आदि क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई प्रदान गरिन्छ।

प्रमुख प्रज्ञा पुरस्कारहरू

  • पृथ्वी प्रज्ञा पुरस्कार : हरेक चार वर्षमा एक जना विद्वानलाई

  • नेपाल प्रज्ञा भाषा पुरस्कार : दुई/दुई वर्षमा भाषाविद्लाई

  • नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति र दर्शन पुरस्कार : दुई/दुई वर्षमा

  • नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार : प्रत्येक वर्ष एक जनालाई

  • नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (पहाड) : प्रत्येक वर्ष

  • नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (तराई) : प्रत्येक वर्ष

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 42
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 38
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA