Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Ajnabee Khadka
  • November 03, 2026
  • 66

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

Madhesh Province, Education Technical Assistant - 2083/07/16

प्रस्तुत गरिएका सम्पूर्ण प्रश्नहरू परीक्षामा सम्मिलित परीक्षार्थी साथीहरूको सम्झना (स्मृति) का आधारमा सङ्कलन गरिएका हुन्। प्रश्नको मूल मर्म नबिग्रिने गरी यसलाई परिमार्जन र परिष्कृत गरिएको छ। आधिकारिक उत्तरकुञ्जिका र थप स्पष्टताका लागि आयोगको आधिकारिक सूचनालाई नै मुख्य स्रोत मान्नुहोला।

1. नेपालको शिक्षामा नविन्तम सोच अन्तर्गत प्रविधिमैत्री र डिजिटल शिक्षा (ICT and Digital Literacy) को अनुसरण गर्ने गरिएको छ । यस अन्तर्गत तलका मध्ये कुन कार्य पर्दछ ?

A. Project Based Learning

B. "STEAM" शिक्षा

C. Smart Classroom and Online Learning ✓

D. हप्तामा एकदिन सीपमुलक कार्यक्रम

2. नेपालमा मातृभाषामा शिक्षा कार्यक्रमको औपचारिक शुरुआत कहिलेदेखि भएको थियो ?

A. वि.सं. २०५० देखि

B. वि.सं. २०५२ देखि

C. वि.सं. २०५५ देखि ✓

D. वि.सं. २०६३ देखि

3. सामाजिक न्यायमुखी शिक्षाको प्रमुख उद्देश्य कुन हो ?

A. स्वच्छ प्रतिस्पर्धामा आधारित शिक्षाको प्रवर्द्धन गर्नु

B. समान पाठ्यक्रम र पाठ्यपुस्तक मात्र उपलब्ध गराउनु

C. उच्च शिक्षामा सम्पन्न वर्गलाई प्राथमिकता दिनु

D. सबैका लागि न्यायपूर्ण अवसर तथा सहभागिता सुनिश्चित गर्नु ✓

4. नेपालको संविधानको धारा ३१ अनुसार निम्नमध्ये कुन कथन पूर्ण रुपमा सही छ ?

A. आधारभूत र माध्यमिक दुवै तहको शिक्षा अनिवार्य तथा निःशुल्क

B. आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क ✓

C. आधारभूत तहसम्मको शिक्षा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य

D. सम्पूर्ण विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क

5. नेपालमा कति कक्षा सम्मको शिक्षालाई आधारभूत शिक्षा मानिएको छ ?

A. कक्षा ३ सम्म

B. कक्षा ५ सम्म

C. कक्षा ८ सम्म ✓

D. कक्षा १० सम्म

6. तलका मध्ये कुन विद्यालय सुधार योजनाको विशेषता होइन ?

A. विद्यालयको हालको अवस्थाको समिक्षा गरिएको हुन्छ ।

B. केही वर्षका लागि लक्ष्य र प्राथमिकता निर्धारण गरिएको हुन्छ ।

C. सिकााइ उपलब्धीको निर्धारण गरिएको हुन्छ । ✓

D. आवश्यक बजेट र स्रोतको अनुमान गरिएको हुन्छ ।

7. कुन राणा प्रधानमन्त्रीको पालामा दरबार हाइस्कुलको स्थापना भयो ?

A. जङ्गबहादुर राणा ✓

B. देवशमशेर राणा

C. पद्मशमशेर राणा

D. वीरशमशेर राणा

8. शिक्षामा समता र समानता बीचको प्रमुख भिन्नता कुन हो ?

A. दुवैमा खासै भिन्नता छैन ।

B. समानताले सबैलाई एउटै अवसर दिन्छ भने समताले आवश्यकतानुसार सहयोग गर्छ । ✓

C. समताले अवसर अस्वीकार गर्छ भने समानताले कमजोर समूहलाई मार प्राथमिकता दिन्छ ।

D. समताले आरक्षणमा जोड दिन्छ तर समानताले दिँदैन ।

9. दिगो विकास लक्ष्यको मूल अभिप्राय कुन हो ?

A. विद्यालय शिक्षा र उच्च शिक्षा विस्तार

B. समावेशी र समतामूलक गुणस्तरीय शिक्षा तथा जीवनपर्यन्त सिकाइ अवसर ✓

C. परीक्षा तथा मूल्याङ्कनमा सुधार ल्याई गुणस्तरीय शिक्षाको प्रवर्द्धन

D. विद्यालय भवन निर्माण

10. पूर्वबाल्यावस्थाको उमेर अवधि कुन हो ?

A. जन्मदेखि २ वर्षसम्म

B. २ वर्षदेखि ६ वर्षसम्म ✓

C. ६ वर्षदेखि १२ वर्षसम्म

D. १२ वर्षदेखि १८ वर्षसम्म

11. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ मा उल्लेख भए अनुसार ५०१ देखि ८०० सम्म विद्यार्थी संख्या भएको संस्थागत विद्यालयले कम्तिमा जम्मा विद्यार्थी संख्याको कति प्रतिशतलाई छात्रवृत्ति दिनु पर्ने व्यवस्था छ ?

A. १० प्रतिशत

B. १२ प्रतिशत ✓

C. १५ प्रतिशत

D. १८ प्रतिशत

12. स्थानीय तहको शिक्षा सम्बन्धी अधिकार तलको कुन होइन ?

A. माध्यमिक तहको परीक्षा सञ्चालन र अनुगमन ✓

B. गाभिएका वा बन्द गरिएका विद्यालयको सम्पत्ति व्यवस्थापन

C. विद्यालय व्यवस्थापन समितिको गठन तथा व्यवस्थापन

D. विद्यालयको नामाकरण गर्ने

13. शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को अनुसूचीमा उल्लेख भए अनुसार शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा विशेष जिम्मेवारी बापतको अंक दिंदा शिक्षकको तलको कुन भूमिकालाई विशेष जिम्मेवारी मानिदैन ?

A. वर्ग शिक्षकको भूमिका

B. खेलकुद संयोजकको भूमिका

C. विषय शिक्षकको भूमिका ✓

D. सहायक प्रधानाध्यापकको भूमिका

14. सन् १९५६ मा ब्लूम (Bloom) ले प्रतिपादन गरेको ब्लूमको ट्याक्सोनामी (Blooms Taxonomy) मा संज्ञानका ६ वटा तह अन्तर्गत तलका मध्ये कुन पर्दैन ?

A. सामान्य स्तरको ज्ञान (Knowledge)

B. ज्ञानको उपयोग (Application)

C. ज्ञानको समालोचन (Literary Criticism) ✓

D. मूल्याङ्कन गर्ने क्षमता (Evaluation)

15. तलको के भएमा सिकाइ सबैभन्दा बढी प्रभावकारी हुन्छ ?

A. कक्षा कार्य

B. गृहकार्य

C. विद्यार्थीको सक्रिय सहभागिता ✓

D. कक्षाकोठाको व्यवस्थापन

16. शिक्षाको व्यक्तिगत कार्य अन्तर्गत कुन पर्दैन ?

A. क्षमता विकास

B. आत्मनिर्भरता

C. चरित्र निर्माण

D. अन्तर्राष्ट्रिय समझदारीको विकास ✓

17. निरन्तर विद्यार्थी मूल्याङ्कनमा कुन प्रमाण सबैभन्दा उपयुक्त हुन्छ ?

A. वार्षिक परीक्षाको अङ्क मात्र

B. कक्षा कार्य, अवलोकन, पोर्टफोलियो र पृष्ठपोषण ✓

C. हाजिरी मात्र

D. शिक्षकको अनुमान मात्र

18. विद्यार्थीले वास्तविक समस्याको अध्ययन, तथ्य सङ्कलन र प्रस्तुति गर्छन् । कुन शिक्षण विधि उपयुक्त छ ?

A. परियोजना विधि ✓

B. व्याख्या विधि मात्र

C. रटान विधि

D. श्रुतिलेखन मात्र

19. स्थानीय तहले विद्यालय सुधारका लागि प्रदेशसँग सहकार्य गर्दा कुन कार्यले तहगत समन्वय देखाउँछ ?

A. स्थानीय योजना र प्रदेशका कार्यक्रमबीच लक्ष्य तथा स्रोत मिलान ✓

B. सबै निर्णय प्रदेशलाई हस्तान्तरण

C. संघको नीति वेवास्ता

D. विद्यालयको सहभागिता हटाउने

20. तहगत सक्षमतातमा आधारित शिक्षणको सबैभन्दा उपयुक्त प्रमाण कुन हो ?

A. पाठ्यपुस्तक पूरा भएको अभिलेख

B. विद्यार्थीले नयाँ परिस्थितिमा सिकेको सीप प्रयोग गरेको प्रदर्शन ✓

C. परीक्षामा धेरै प्रश्न सोधिएको

D. शिक्षकले धेरै व्याख्या दिएको

21. राष्ट्रिय शिक्षा नीति, २०७६ मा कतिवटा नीति समेटिएको छ ?

A. ३३

B. ४४

C. ५५ ✓

D. ६६

22. सर्वप्रथम कति सालको शिक्षा आयोगको प्रतिवेदनले शिक्षामा विकेन्द्रीकरण गर्नु पर्छ भनी सिफारिस गर्यो ?

A. वि.सं. २०४९

B. वि.सं. २०२८

C. वि.सं. २०१८

D. वि.सं. २०११ ✓

23. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मुख्यतया कुन विषयसँग सम्बन्धित छ ?

A. कर्मचारी सरुवा र बढुवा व्यवस्थापन

B. सरकारी बजेट लेखा र वित्तीय अनुशासन व्यवस्थापन ✓

C. मुलुकको अर्थतन्त्र विकास व्यवस्थापन

D. सामाजिक सुरक्षा/अधिकार संरक्षण

24. अन्तर-प्रदेश परिषद्को अध्यक्ष को हुन्छन् ?

A. प्रधानमन्त्री ✓

B. राष्ट्रपति

C. गृहमन्त्री

D. प्रदेश प्रमुख

25. नेपालको मौद्रिक नीति कुन निकायले जारी गर्छ ?

A. अर्थ मन्त्रालय

B. राष्ट्रिय योजना आयोग

C. नेपाल राष्ट्र बैंक ✓

D. महालेखा परीक्षकको कार्यालय

26. मधेस प्रदेशको स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०२१ बमोजिम अपाङ्ग उम्मेदवारका लागि कति प्रतिशत आरक्षणको व्यवस्था रहेको छ ?

A. २% ✓

B. ५%

C. ६%

D. ४%

27. ईमेलको पिता भनेर कसलाई चिन्छिन् ?

A. Bill Gates

B. Ray Tomlinson ✓

C. Tim Berners-Lee

D. Steve Job

28. मानव अधिकार सबै व्यक्तिका लागि समान रुपमा लागू हुने सिद्धान्तलाई के भनिन्छ ?

A. सार्वभौमिकता ✓

B. केन्द्रीयकरण

C. विश्वव्यापिकरण

D. निजीकरण

29. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार "शासन" को प्रभावकारिता बढाउन सबैभन्दा महत्त्वपूर्ण आधार कुन हो ?

A. अधिकारको केन्द्रीयकरण

B. जनमुखी प्रशासन ✓

C. प्रशासनिक गोपनीयता

D. कर्मचारीको संख्या वृद्धि

30. अनौपचारिक शिक्षा (Non-formal Education) को विशेषता तलका मध्ये कुन हो ?

A. उमेर र पाठ्यक्रममा लचिलोपन हुनु ✓

B. कडा परीक्षा र प्रमाणपत्र केन्द्रित हुन

C. निश्चित समय र विद्यालयमै सीमित हुनु

D. कुनै पनि योजना र उद्देश्य नहुनु

31. शिक्षा नियमावली, २०५९ अनुसार विशेष शिक्षा परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ?

A. शिक्षा सचिव

B. नेपाल सरकारले मनोनित गरेको शिक्षा क्षेत्रको विज्ञ

C. शिक्षा मन्त्री वा राज्यमन्त्री ✓

D. माथिको कुनै पनि होइन

32. शिक्षक सेवा आयोग नियमावली, २०५७ कुन ऐनले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको हो ?

A. लोक सेवा आयोग ऐन

B. शिक्षा ऐन ✓

C. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन

D. शिक्षक सेवा आयोग ऐन

33. मूल्याङ्कनलाई सिकाइको अभिन्न अंग मान्नुको मुख्य कारण कुन हो ?

A. विद्यार्थीलाई सिकाइ प्रति अभिप्रेरित गर्न

B. शिक्षकको कार्यभार र व्यस्तता बढाउन

C. सिकाइ उपलब्धि पहिचान गरी शिक्षण सिकाइमा सुधार गर्न ✓

D. परीक्षा संख्या बढाई विद्यार्थीलाई सिकाइमा केन्द्रित बनाउन

34. शिक्षा बजेटमा सशर्त अनुदानको प्रमुख उद्देश्य कुन हो ?

A. केन्द्रबाट तोकिएको कार्यक्रम मात्र कार्यान्वयन गर्न बाध्य पार्नु

B. तोकिएको उद्देश्य तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत उपलब्ध गराउनु ✓

C. स्थानीयको बजेट विस्थापित गरि कुनै जिम्मेवारी नदिनु

D. विद्यालयको बजेट र कार्यक्रम कार्यान्वयनमा स्वतन्त्रता नदिनु

35. १६ औं योजनाको अन्तिमसम्ममा शिक्षा क्षेत्रमा कति लगानी पुग्ने अनुमान गरिएको छ ?

A. रु २ खर्ब भन्दा बढी

B. रु ३ खर्ब भन्दा बढी

C. रु ४ खर्ब भन्दा बढी

D. रु ५ खर्ब भन्दा बढी ✓

36. राष्ट्रिय जनगणना, २०४८ अनुसार पाँचवर्ष भन्दा माथिका व्यक्तिको साक्षरता दर कति प्रतिशत रहेको छ ?

A. ७६.२० प्रतिशत ✓

B. ७८.२० प्रतिशत

C. ८०.४० प्रतिशत

D. ८२.२० प्रतिशत

37. विद्यालय सुधार योजना कति वर्षमा अद्यावधिक गर्नु पर्दछ ?

A. प्रत्येक वर्ष ✓

B. प्रत्येक ५ वर्षमा

C. प्रत्येक १० वर्षमा

D. प्रत्येक ६ महिनामा

38. संवैधानिक परिषद्को सदस्यको पदमा तलका मध्ये को रहदैन ?

A. प्रधानमन्त्री

B. राष्ट्रिय सभाको उपाध्यक्ष ✓

C. प्रतिनिधि सभाको उपाध्यक्ष

D. प्रतिनिधि सभाको विपक्षी दलको नेता

39. कुन अन्तर्राष्ट्रिय सम्झौता विश्वव्यापी तापक्रम वृद्धि न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बोधनका लागि प्रमुख विश्वव्यापी फ्रेमवर्क हो ?

A. क्योटो प्रोटोकल

B. बासेल महासन्धिय

C. मोन्ट्रियल प्रोटोकल

D. पेरिस सम्झौता ✓

40. BIMSTEC को पहिलो शिखर सम्मेलन कहाँ भएको थियो ?

A. नयाँ दिल्ली

B. बैंकक ✓

C. ढाका

D. कोलम्बो

41. प्रधानमन्त्री बालेन्द्र शाहले ८१ औं संयुक्त राष्ट्र महासभामा कहिले सम्बोधन गरेका थिए ?

A. २४ सेप्टेम्बर २०२६ ✓

B. २३ सेप्टेम्बर २०२६

C. २० सेप्टेम्बर २०२६

D. २५ सेप्टेम्बर २०२६

42. कम्प्युटर प्रविधिमा 'MS Excel' मुख्यतया केका लागि प्रयोग गरिन्छ ?

A. प्रेजेन्टेसन तयार गर्न

B. स्प्रेडसिट, हिसाबकिताब र डाटा विश्लेषण गर्न ✓

C. केवल इमेल पठाउन

D. फोटो सम्पादन गर्न

43. मधेस प्रदेश निजामती सेवा ऐन, २०७७ बमोजिम प्रदेश निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने उमेर कति रहेको छ ?

A. ६५ वर्ष

B. ५८ वर्ष

C. ६० वर्ष ✓

D. ५५ वर्ष

44. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको पदावधि कति वर्षको हुन्छ ?

A. ४ वर्ष

B. ५ वर्ष

C. ६ वर्ष ✓

D. ७ वर्ष

45. निम्न मध्ये प्रमुख हरित गृह ग्यास कुन हो ?

A. अक्सिजन

B. कार्बन डाइअक्साइड ✓

C. नाइट्रोजन

D. हाइड्रोजन

46. Dactylogram के संग सम्बन्धित छ ?

A. औंलाको छाप ✓

B. टेलिप्रिन्टर

C. खाद्य पदार्थ

D. हाइड्रोमिटर

47. स्कर्मी (Scurvy) रोग कुन भिटामिनको कमीले गर्दा लाग्छ ?

A. Vitamin B,

B. Vitamin K

C. Vitamin C ✓

D. Vitamin D

48. मधेस प्रदेशमा जम्मा वडा संख्या कति रहेको छ ?

A. ११२१

B. १२७९ ✓

C. ११५७

D. १२४६

49. नेपालमा दास प्रथाको अन्त्य कसको पालामा भएको हो ?

A. भीम शमशेर

B. वीर शमशेर

C. चन्द्र शमशेर ✓

D. देव शमशेर

50. वि.सं. २०७८ को जनगणना अनुसार मधेस प्रदेशको जनघनत्व कति ?

A. ४५० जना प्रति वर्ग कि.मी

B. ५५० जना प्रति वर्ग कि.मी

C. ६३३ जना प्रति वर्ग कि.मी ✓

D. ७५० जना प्रति वर्ग कि.मी

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 158
  • Nepal Police 10

Latest Blogs

Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 65
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 121
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 142
International Day to End Impunity for Crimes against Journalists, 2026
Current Affairs

पत्रकार विरुद्धको अपराधको दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Nov 02, 2026
  • 84
Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 299
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA