पत्रकार विरुद्धको अपराधको दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस, २०२६
- यो दिवस प्रत्येक वर्ष नोभेम्बर २ का दिन विश्वभर मनाइन्छ,
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Threats Evolve. Impunity Endures."
- दिवसको मुख्य उद्देश्य: पत्रकारमाथि हुने अपराधको अनुसन्धान गर्ने, दोषीलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय सुनिश्चित गरी प्रेस स्वतन्त्रताको रक्षा गर्नु,
- घोषणा गर्ने निकाय: संयुक्त राष्ट्रसङ्घको महासभा (UNGA) द्वारा यो दिवस मनाउने घोषणा गरिएको,
- घोषणा भएको वर्ष: सन् २०१३ डिसेम्बर १८ मा संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव (६८/१६३) पारित गरी यो दिवस घोषणा गरिएको,
- पहिलो पटक मनाइएको वर्ष: सन् २०१४ नोभेम्बर २ मा
- मिति चयनको ऐतिहासिक पृष्ठभूमि: सन् २०१३ नोभेम्बर २ मा अफ्रिकी मुलुक माली (Mali) मा फ्रान्सेली पत्रकारद्वय घिस्लेन डुपोन्ट (Ghislaine Dupont) र क्लाउड भर्लोन (Claude Verlon) को हत्या भएको दिनको सम्झनामा यो मिति तय गरिएको,
- दिवसको अन्तर्राष्ट्रिय समन्वय तथा चेतनामूलक अभियानको नेतृत्व: संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (United Nations Educational, Scientific and Cultural Organization - UNESCO)
पत्रकारविरुद्धका अपराधहरूको दण्डहीनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस र युनेस्को २०२६ को प्रतिवेदनमा आधारित तथ्यपत्र:
- सन् २००६ यता भएका पत्रकार हत्याका घटनाहरूमा ८६% (१० मध्ये ९ वटा) मुद्दाहरू अझै सुल्झिएका छैनन् वा अलपत्र परेका,
- समाचार सङ्कलन तथा सूचना प्रवाहका क्रममा भएको पत्रकारहरुको हत्या (सन् १९९३ यता): १,७०० भन्दा बढी
- युनेस्को महानिर्देशकको २०२६ को प्रतिवेदन अनुसार अरब राष्ट्रहरू (Arab States) पत्रकार हत्याका हिसाबले सबैभन्दा बढी प्रभावित क्षेत्र
- २०२४-२०२५ को हत्या तथ्याङ्क: १८९ जना (अघिल्लो अवधिको तुलनामा २०% को वृद्धि)
- सन् २०२४-२०२५ मा भएका पत्रकार हत्याका दुई-तिहाइ घटना सशस्त्र द्वन्द्वका कारण भएका हुन्, जसमध्ये ४०% हत्या ड्रोन आक्रमणबाट भएका,
- सन् २०२४-२०२५ मा १४ जना महिला पत्रकारको हत्या भयो, जसमध्ये १ जना बाहेक सबैको हत्या द्वन्द्वग्रस्त क्षेत्रमा भएको,
- युनेस्कोको प्रतिवेदन अनुसार कार्यक्षेत्रको सिलसिलामा ७३% महिला पत्रकारहरूले अनलाइन धम्की, त्रास र गालीगलौजको सामना गरेका,
- सुरक्षा संयन्त्र: 'UN Plan of Action on the Safety of Journalists' मार्फत विश्वका कम्तीमा ५० देशमा राष्ट्रिय सुरक्षा संयन्त्र निर्माण गरिएको,