Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ब्रह्माण्डको उत्पत्ति सम्बन्धी प्रमुख सिद्धान्तहरू

  • Ajnabee Khadka
  • February 20, 2026
  • 609

ब्रह्माण्डको उत्पत्ति सम्बन्धी प्रमुख सिद्धान्तहरू

Major theories regarding the origin of the universe
सिद्धान्तको नाम प्रतिपादक र राष्ट्र मिति मुख्य अवधारणा
महाविस्फोट सिद्धान्त (Big Bang Theory) जर्ज लेमैत्रे (George Lemaitre) सन् १९२७
  • ब्रह्माण्ड लगभग १३.८ अरब वर्ष पहिले एक अत्यन्तै तातो र सघन बिन्दु (Singularity) मा भएको विशाल विस्फोट (विस्तार) बाट सुरु भई आजसम्म पनि निरन्तर रूपमा फैलिरहेको,
  • विशेषता: महाविस्फोट सिद्धान्त ब्रह्माण्डको उत्पत्ति र विकासको व्याख्या गर्ने सबैभन्दा प्रचलित र वैज्ञानिक रूपमा स्वीकृत सिद्धान्त,
स्थिर अवस्था सिद्धान्त (Steady State Theory) फ्रेड होयल (Fred Hoyle), थॉमस गोल्ड (Thomas Gold) र हर्मन बोन्डी (Hermann Bondi) सन् १९४८
  • विस्तारका कारण उत्पत्ति हुने खाली ठाउँ भर्न नयाँ पदार्थ निरन्तर थपिइरहने हुनाले ब्रह्माण्ड सधैं र सबैतिर एकैनासको देखिन्छ र देखिरहनेछ,
दोलन सिद्धान्त (Pulsating/Oscillating Theory) रिचर्ड टोलम्यान (Richard Tolman) सन् १९६० को दशक
  • ब्रह्माण्ड विस्तार (expansion) र संकुचन (contraction) को एउटा अनन्त चक्र हो—जहाँ महाविस्फोट (Big Bang) बाट फैलिएको ब्रह्माण्ड अन्ततः महासंकुचन (Big Crunch) भई पुनः अर्को नयाँ ब्रह्माण्डको रूपमा जन्मन्छ,
निहारिका परिकल्पना (Nebular Hypothesis) इमानुएल कान्ट (Immanuel Kant) सन् १७५५
  • सौर्यमण्डलको निर्माण अन्तरिक्षमा रहेको ग्यास र धुलोको विशाल घुम्ने बादल अर्थात् निहारिका (Nebular) को गुरुत्वाकर्षणका कारण भएको खुम्च्यावटबाट भएको हो भन्ने परिकल्पना,
  • विशेषता: सन् १७५५ मा इमानुएल कान्टले सुरु गरेको र पछि सन् १७९६ मा पियरे सिमोन लाप्लास (Pierre-Simon Laplace) ले परिमार्जन गरेको यो सिद्धान्तले सौर्यमण्डलको संरचनालाई बुझाउने सबैभन्दा पुरानो र महत्वपूर्ण आधार मानिन्छ,
मुद्रास्फीति सिद्धान्त (Inflationary Theory) एलन गुथ (Alan Guth) सन् १९८०
  • महाविस्फोट (Big Bang) को सुरुवाती सूक्ष्म पलमै ब्रह्माण्ड अचानक प्रकाशभन्दा तीव्र गतिमा बेलुन जसरी फुल्यो र समयको अन्तरालसँगै परिमार्जित हुँदै वर्तमान स्थितिमा विस्तार भएको,
  • विशेषता: यो सिद्धान्तलाई महाविस्फोट सिद्धान्तको परिपूरक सिद्धान्त (Complementary Theory) को रुपमा लिईन्छ,

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 44
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 98
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 105
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 132
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 115
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA