राष्ट्रिय चिया दिवस, २०८३
राष्ट्रिय चिया दिवस, २०८३ को आधारभूत तथ्य:
- नेपालमा प्रत्येक वर्षको वैशाख १५ गते 'राष्ट्रिय चिया दिवस' मनाइन्छ,
- संस्करण: ३०औँ राष्ट्रिय चिया दिवस
- मूल नारा: "स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार"
- ३०औँ राष्ट्रिय चिया दिवसको औपचारिक कार्यक्रम सूर्योदय नगरपालिका, फिक्कल, इलाममा आयोजना गरिएको;
- कार्यक्रमको प्रमुख आकर्षणको रुपमा विभिन्न ७ वटा विधामा उत्कृष्ट चिया कृषक, उद्योग तथा सहकारीहरूलाई सम्मान गरिने र टि च्याम्पियन प्रतियोगिताका विभिन्न ५ वटा विधाका उत्कृष्ट चिया उत्पादकलाई पुरस्कृत गरिने,
- नेपालमा राष्ट्रिय चिया दिवस मनाउन सुरुवात: वि.सं. २०५४ वैशाख १५
चिया सम्बन्धी विविध जानकारीहरू:
- चियाको उत्पत्ति भएको देश: चीन
- सबैभन्दा बढी उत्पादन गर्ने देश: चीन
- चियाको वैज्ञानिक नाम: Camellia sinensis
- पानीपछि विश्वमा सबैभन्दा बढी पिइने पेय पदार्थ: चिया
- संयुक्त राष्ट्र संघद्वारा मे २१ लाई आधिकारिक रूपमा चिया दिवस घोषणा गरिएको,
- नेपालमा सर्वप्रथम चिया भित्राउने व्यक्ति: बडाहाकिम गजराज सिंह थापा (उनले वि.सं. १९२० मा इलाममा पहिलो पटक चिया रोपेका,)
- नेपालको पहिलो चिया बगान: इलाम चिया कमान (वि.सं. १९२० मा स्थापित,)
- नेपालको निजी स्तरको पहिलो चिया बगान: बुधकरण चिया बगान (वि.सं. २०१६ मा स्थापित,)
- नेपालको पहिलो चिया प्रशोधन कारखानाको स्थापना: वि.सं. २०३५ मा इलाममा
- "नेपाल चिया विकास निगम"को स्थापना: वि.सं. २०२३ असोज २३
- "राष्ट्रिय चिया तथा कफी विकास बोर्ड"को स्थापना: वि.सं. २०५० जेष्ठ २०
- चिया क्षेत्र घोषणा: वि.सं. २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले पूर्वाञ्चलका ५ जिल्ला (झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम) लाई 'चिया क्षेत्र' घोषणा गरेका,
- नेपालको पहाडी जिल्लामा उत्पादन हुने चियाको प्रमुख प्रकार: अर्थोडक्स (Orthodox) चिया
- नेपालको तराईका जिल्लामा उत्पादन हुने चियाको प्रमुख प्रकार: सिटिसी (CTC) चिया
- चिया खेतीका लागि आवश्यक वातावरणीय अवस्था:
- हावापानी: वार्षिक १२०० देखि १५०० मि.मि. वर्षा र १२ देखि ३० डिग्री सेल्सियस तापक्रम,
- माटो: प्रशस्त प्राङ्गारिक पदार्थ भएको, पानी नजम्ने र ४.५ देखि ५.५ pH मान,
- उचाइ: सिटिसीका लागि ५००–१००० मिटर र अर्थोडक्सका लागि १०००–२००० मिटरको उचाइ,
- चियाका प्रकारहरू (प्रशोधनका आधारमा): ह्वाइट टी (White Tea), ग्रीन टी (Green Tea), ओलाङ टी (Oolong Tea) र ब्ल्याक टी (Black Tea)
- नेपालमा मुख्यतया ३ प्रजातिका चिया खेती गरिन्छ: आसामी (Camelia asamica), कम्बोडियाली (Camelia asamica spp lasiocalyx) र चिनियाँ (Camellia sinensis)
नेपालको चिया क्षेत्रको पछिल्लो तथ्याङ्क (आ.व. २०८१/८२):
| विवरण | तथ्याङ्क / विवरण |
| कुल चिया रोपण क्षेत्र | २०,६०२ हेक्टर |
| कुल तयारी चिया उत्पादन | २,६१,२३,१११ केजी |
| CTC चिया उत्पादन | १,८६,२६,७९५ केजी |
| Orthodox चिया उत्पादन | ६३,३७,४६३ केजी |
| Green Tea उत्पादन | ९,३५,५२८ केजी |
| अन्य चिया उत्पादन | २,२३,३२६ केजी |
| प्रमुख उत्पादन जिल्ला (झापा) को कुल उत्पादन | १,९५,६६,७९५ केजी |
| चिया खेती विस्तार भएका जिल्लाहरू | ३१ जिल्ला |
| साना चिया कृषक संख्या | १५,१३२ जना |
| ठूला चिया बगान (Estates) | १७० वटा |
| प्रशोधन केन्द्र संख्या | करिब १२० वटा |
| प्रत्यक्ष रोजगारी संख्या | करिब ६०,००० श्रमिक |
| वार्षिक निर्यात परिमाण | १,५५,९८,६६० केजी |
| वैदेशिक मुद्रा आर्जन (रुपैयाँमा) | ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार |
| प्रमुख निर्यात गन्तव्य (भारत) | कुल निर्यातको ८६ प्रतिशत |