Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल जीवनस्तर सर्वेक्षण (२०७९/८०) संशिप्तमा,

  • Ajnabee Khadka
  • December 30, 2025
  • 1180

नेपाल जीवनस्तर सर्वेक्षण (२०७९/८०) संशिप्तमा,

Nepal Living Standards Survey (2079/80)

पृष्ठभूमि, सर्वेक्षणको सन्दर्भ, नमुना र कार्यविधि:

  • नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विश्व बैंकको 'जीवनस्तर मापन सर्वेक्षण' (Living Standards Measurement Survey (LSMS)) को ढाँचा र अद्यावधिक विधि (Updated Methodology) अनुसार यो सर्वेक्षण सम्पन्न गरिएको,
  • कतिऔं सर्वेक्षण? चौथो
  • विगतका सर्वेक्षणहरू: पहिलो (२०५२/५३), दोस्रो (२०६०/६१), तेस्रो (२०६६/६७)
  • समय अवधि: २०७९ असारदेखि २०८० जेठसम्म (१ वर्ष)
  • नमुना आकार: देशभर प्रतिनिधित्व हुने गरी ९,६०० घरपरिवार
  • विश्लेषणात्मक क्षेत्र: १५ वटा क्षेत्र (सबै प्रदेशका शहरी र ग्रामीण क्षेत्र तथा काठमाडौँ उपत्यका शहरी क्षेत्र गरी जम्मा १५ क्षेत्र)
  • समेटिएका विषय क्षेत्रहरू:
    • उपभोग र आम्दानी
    • शिक्षा, स्वास्थ्य र रोजगारी
    • आवास र आवासीय सुविधा
    • बचत, ऋण र विप्रेषण
    • जग्गाको स्वामित्व र उपयोग
  • वर्गीकरण आधार: महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई शहरी तथा गाउँपालिकालाई ग्रामीण क्षेत्र मानिएको

उपभोग खर्चको प्रवृत्ति:

  • औसत वार्षिक उपभोग खर्च: प्रतिव्यक्ति १,२६,१७२ रुपैयाँ (१२ वर्षमा ६६% वृद्धि)
    • २०६६/६७ मा रु ७५,९०२ रहेको औसत प्रतिव्यक्ति उपभोग खर्च हाल रु १,२६,१७२ पुगेको,
  • खर्चको संरचना: जम्मा खर्चमा गैर-खाद्य खर्चको अंश ३८% बाट बढेर ४७% पुगेको,
  • क्षेत्रगत खर्च: सबैभन्दा बढी काठमाडौँ उपत्यका शहरी क्षेत्रमा (रु. २,६३,३१८) र सबैभन्दा कम मधेशको ग्रामीण क्षेत्रमा (रु. ७१,८२८)

खाद्य उपभोग र क्यालोरी आवश्यकता:

  • सर्वेक्षण अनुसार प्रतिव्यक्ति प्रतिदिन औसत २,२३६ किलोक्यालोरी आवश्यक पर्ने देखिएको,
  • खाद्य डालो (Food Basket) निर्माण गर्दा जम्मा ७७ खाद्यवस्तु समावेश, 

गरिबीको अवस्था (मुख्य नतिजा):

  • तेस्रो सर्वेक्षणको गरिबी रेखा (रु १९,२६१) हालको मूल्यमा समायोजन गर्दा रु ४२,८४५ हुने,
  • चौथो सर्वेक्षण अनुसार:
    • खाद्य गरिबी रेखा: रु ३५,०२९
    • गैरखाद्य गरिबी रेखा: रु ३७,८७९
  • कुल गरिबी रेखा: रु ७२,९०८
  • नयाँ गरिबी रेखा अनुसार २०.२७% जनसंख्या गरिबी रेखामुनि रहेका,
  • गरिबी दर:
    • शहरी क्षेत्र: १८.३४%
    • ग्रामीण क्षेत्र: २४.६६%

नोट: गरिबी रेखा अद्यावधिक भएकाले अघिल्ला सर्वेक्षणसँग प्रत्यक्ष तुलना सम्भव छैन।

प्रादेशिक गरिबीको तुलना (उच्च देखि न्यून):

प्रदेश गरिबी दर (%) अवस्था
सुदूरपश्चिम ३४.१६% सबैभन्दा बढी गरिबी
कर्णाली २६.६९% राष्ट्रिय औसत भन्दा बढी
लुम्बिनी २४.३५% राष्ट्रिय औसत भन्दा बढी
मधेश २२.५३% राष्ट्रिय औसत भन्दा बढी
कोशी १७.१९% राष्ट्रिय औसत भन्दा कम
बागमती १२.५९% राष्ट्रिय औसत भन्दा कम
गण्डकी ११.८८% सबैभन्दा कम गरिबी

उपभोग खर्च र पञ्चमक (Quintile) विश्लेषण:

  • सबैभन्दा गरिब २०% र सबैभन्दा धनी २०% बीचको अन्तर:
    • सबैभन्दा बढी: बागमती प्रदेश (करिब ५ गुणा)
    • सबैभन्दा कम: सुदूरपश्चिम प्रदेश (करिब ३ गुणा)
  • काठमाडौँ उपत्यका शहरी क्षेत्रमा शीर्ष पञ्चमकको खाद्य खर्च हिस्सा: २८%

गरिबीको विषमता र असमानता:

  • गरिबीको विषमता सूचक (Poverty Gap): ४.५२%
    • ग्रामीण: ५.६४%
    • शहरी: ४.०३%
  • गिनी सूचकांक: ०.३०
    • ग्रामीण: ०.२८७
    • शहरी: ०.३०३
  • यसले शहरी क्षेत्रमा उपभोग असमानता ग्रामीण क्षेत्रभन्दा बढी रहेको,

सेवा सुविधामा पहुँच र गरिबी:

  • सार्वजनिक सेवामा पहुँच टाढिँदै जाँदा गरिबी दर कम्तीमा १.५ गुणाले बढ्ने देखिएको,
  • ३० मिनेटभित्र विद्यालय, अस्पताल, बैंक, बजार जस्ता सेवामा पहुँच हुने घरपरिवारमा गरिबी दर कम रहेको,

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 217
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 188
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 38
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 129
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 258
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA