Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अनलाइन सञ्चार माध्यम

  • Bikash Shrestha
  • August 21, 2025
  • 183

अनलाइन सञ्चार माध्यम

Online media

 

  • सूचना प्रविधिको तीव्र विकाससँगै नेपालमा अनलाइन मिडियाले आफ्नो सशक्त उपस्थिति स्थापित गरिसकेको छ। नेपालमा अनलाइन सञ्चार माध्यमको औपचारिक दर्ता प्रक्रिया अनलाइन सञ्चार माध्यम निर्देशिका, २०७३ जारी भई, वि.सं. २०७३ चैत्र ९ गतेदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागमार्फत सुरु भएको हो।
  • आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा विभागमा जम्मा ४६३२ अनलाइन सञ्चार माध्यम दर्ता भएका छन्। सो अवधिमा मात्र ५५६ नयाँ अनलाइन सञ्चार माध्यम दर्ता भएका छन् भने १४९२ अनलाइन सञ्चार माध्यम नवीकरण भएका छन्।
  • हाल प्रायः सबै ठूला लगानीमा सञ्चालित दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रिकाहरूले आफ्ना अनलाइन संस्करणसमेत प्रकाशन गर्ने गरेका छन्। पछिल्ला वर्षहरूमा यो प्रवृत्ति एफएम रेडियो र टेलिभिजनले पनि अपनाएका छन्।
  • घटनाक्रमहरूको तत्काल जानकारी उपलब्ध गराउने यी अनलाइन मिडियाले प्रकाशित सामग्रीबारे पाठकको प्रत्यक्ष प्रतिक्रिया पनि तुरुन्तै सार्वजनिक गर्ने गरेका छन्। यसरी हेर्दा, आगामी दिनमा अनलाइन मिडिया मानव जीवनको अविभाज्य अङ्ग बन्ने निश्चित देखिन्छ।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 56
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 29
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 108
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 54
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 61
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA