Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Bikash Shrestha
  • October 10, 2025
  • 475

राणाकालपछिको राजनीतिक विकासक्रम

Political developments after the Rana period

पृथ्वीनारायण शाह गोर्खाका राजा भएका समयमा भारतमा इस्ट इण्डिया कम्पनीको नाममा अंग्रेज सरकारको स्थापना र विस्तार हुँदै थियो। त्यतिबेला विगतको एकीकृत नेपाल विभिन्न कारणहरूले बाइसे र चौबिसे राज्यमा विभाजित भई आपसमा शत्रुतापूर्ण व्यवहार र युद्धमा सीमित भएको थियो । एकातर्फ देशको राष्ट्रिय अखण्डता संकटमा परेको थियो भने अर्कातर्फ आर्थिक विकास पनि अवरुद्ध भएको थियो। यस्तो चुनौतीपूर्ण परिस्थितिमा पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणको श्रीगणेश गरी एकीकृत आधुनिक नेपालको स्थापना गरे । नेपालको एकीकरणका लागि उनले सफल कूटनीति, रणनीति र युद्धनीति अपनाए। तर, सुगौली सन्धिपछि एकीकरणको आन्दोलन रोकियो। त्यसपछि दरबारभित्र षड्यन्त्र सुरु भयो र कोतपर्वपछि जङ्गबहादुरले राणाशासनको स्थापना गरे । आधुनिक नेपालको राजनीतिक इतिहासको विकास राणाशासनविरुद्धको आन्दोलनबाट सुरु हुन्छ। वि.सं. २००७ साल असोज ७ र ८ गते भारतको बैरगनियामा भएको नेपाली कांग्रेसको सम्मेलनले नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने निर्णय गर्‍यो । त्यसअनुसार २००७ साल कात्तिक २५ गतेदेखि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले सशस्त्र संघर्ष सुरु गर्‍यो। अन्ततः, २००७ साल फागुन ४ गते राजा त्रिभुवन परिवारसहित नेपाल फर्केपछि, फागुन ७ गते शाही घोषणाद्वारा नेपालमा प्रजातन्त्रको स्थापना भयो ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 43
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA