Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको राजनीतिक विभाजन (सङ्घ, प्रदेश र स्थानीय तह)

  • Bikash Shrestha
  • September 01, 2025
  • 1220

नेपालको राजनीतिक विभाजन (सङ्घ, प्रदेश र स्थानीय तह)

Political division of Nepal (federal, provincial and local levels)

 

१.३.१ सङ्घ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना तीन तहमा विभाजित छ—सङ्घ, प्रदेश र स्थानीय तह।
यस संरचनाको सबैभन्दा माथिल्लो एकाइ सङ्घीय तह हो, जसलाई सङ्घ भनिन्छ। सङ्घीय सरकारलाई नेपाल सरकार नामले पनि चिनिन्छ।

संविधानले अनुसूची–५ मा सङ्घका अधिकारहरूको सूची तोकेको छ। ती अधिकारहरूको प्रयोग संविधान र सङ्घीय कानुन अनुसार हुन्छ। साथै,

  • अनुसूची–७ मा उल्लेखित साझा अधिकार,

  • अनुसूची–९ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीचको साझा अधिकार सूची,

यी सबै अधिकारहरूको प्रयोग पनि सङ्घमार्फत हुन्छ। बाँकी (अवशिष्ट) अधिकारहरूको प्रयोग गर्ने व्यवस्था सङ्घीय सरकारको जिम्मामा रहेको छ।


१.३.२ प्रदेश

संविधानअनुसार नेपाल सातवटा सङ्घीय प्रदेशमा विभाजित छ। संविधानको अनुसूची–४ ले प्रदेश र तिनका जिल्ला स्पष्ट रूपमा तोकेको छ।

(क) कोशी प्रदेश

  • सीमा : पूर्वमा भारतको पश्चिम बंगाल र सिक्किम, दक्षिणमा बिहार, उत्तरमा चीन (तिब्बत), पश्चिममा मधेश र बागमती प्रदेश।

  • जिल्ला : ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ, सुनसरी (कुल १४ जिल्ला)।

  • ठूलो जिल्ला : ताप्लेजुङ (३,६४६ वर्ग कि.मी.)

  • सानो जिल्ला : तेह्रथुम (६७९ वर्ग कि.मी.)

  • राजधानी : विराटनगर (मोरङ)

  • जनसंख्या (२०७८) : ४९,६१,४१२ (पुरुष २४,१७,३२८; महिला २५,४४,०८४; परिवार ११,९१,५५६)

  • जातीय/भाषिक विविधता : ब्राह्मण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशी आदि। नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर, थारू भाषा प्रमुख।

(ख) मधेश प्रदेश

  • सीमा : पूर्वमा कोशी प्रदेश, दक्षिणमा भारत, उत्तरमा कोशी र बागमती, पश्चिममा बागमती।

  • जिल्ला : सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा (कुल ८ जिल्ला)।

  • ठूलो जिल्ला : सप्तरी (१,३६३ वर्ग कि.मी.)

  • सानो जिल्ला : महोत्तरी (१,००२ वर्ग कि.मी.)

  • राजधानी : जनकपुर (धनुषा)

  • जनसंख्या (२०७८) : ६१,१४,६०० (पुरुष ३०,६५,७५१; महिला ३०,४८,८४९; परिवार ११,५६,७१५)

  • जातीय/भाषिक विविधता : यादव, गुप्ता, दास, थारू, राजवंशी, मुसलमान आदि। मैथिली, बज्जिका, अवधी, उर्दु, हिन्दी, थारू, नेपाली भाषा प्रमुख।

(ग) बागमती प्रदेश

  • सीमा : पूर्वमा कोशी, पश्चिममा गण्डकी, उत्तरमा चीन, दक्षिणमा मधेश र भारत।

  • जिल्ला : दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं (कुल १३ जिल्ला)।

  • ठूलो जिल्ला : सिन्धुपाल्चोक (२,५४२ वर्ग कि.मी.)

  • सानो जिल्ला : भक्तपुर (११९ वर्ग कि.मी.)

  • राजधानी : हेटौँडा (मकवानपुर)

  • जनसंख्या (२०७८) : ६१,१६,८६६ (पुरुष ३०,४८,६८४; महिला ३०,६८,१८२; परिवार १५,७०,९२७)

  • जातीय/भाषिक विविधता : तामाङ, ब्राह्मण, क्षेत्री, नेवार आदि। नेपाली, नेवारी, तामाङ भाषा प्रमुख।

(घ) गण्डकी प्रदेश

  • सीमा : पूर्वमा बागमती, पश्चिममा कर्णाली र लुम्बिनी, उत्तरमा चीन, दक्षिणमा लुम्बिनी र भारत।

  • जिल्ला : गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपरासी (पूर्व) (कुल ११ जिल्ला)।

  • ठूलो जिल्ला : गोरखा (३,६१० वर्ग कि.मी.)

  • सानो जिल्ला : पर्वत (४९४ वर्ग कि.मी.)

  • राजधानी : पोखरा (कास्की)

  • जनसंख्या (२०७८) : २४,६६,४२७ (पुरुष ११,७०,८३३; महिला १२,९५,५९४; परिवार ६,६२,४८०)

  • जातीय/भाषिक विविधता : ब्राह्मण, क्षेत्री, गुरुङ, मगर आदि। नेपाली, गुरुङ, मगर भाषा प्रमुख।

(ङ) लुम्बिनी प्रदेश

  • सीमा : पूर्वमा गण्डकी, पश्चिममा कर्णाली र सुदूरपश्चिम, उत्तरमा गण्डकी र कर्णाली, दक्षिणमा भारत।

  • जिल्ला : नवलपरासी (पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया (कुल १२ जिल्ला)।

  • ठूलो जिल्ला : दाङ (२,९५५ वर्ग कि.मी.)

  • सानो जिल्ला : नवलपरासी पश्चिम (६३४.८८ वर्ग कि.मी.)

  • राजधानी : भालुवाङ (दाङ)

  • जनसंख्या (२०७८) : ५१,२२,०७८ (पुरुष २४,५४,४०८; महिला २६,६७,६७०; परिवार ११,४१,९०२)

  • जातीय/भाषिक विविधता : ब्राह्मण, क्षेत्री, मगर, थारू, तामाङ, नेवार, मुसलमान आदि। नेपाली, थारू, अवधी, भोजपुरी, उर्दु, मगर भाषा प्रमुख।

(च) कर्णाली प्रदेश

  • सीमा : पूर्वमा गण्डकी र लुम्बिनी, पश्चिममा सुदूरपश्चिम र चीन, उत्तरमा चीन, दक्षिणमा लुम्बिनी र सुदूरपश्चिम।

  • जिल्ला : रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत (कुल १० जिल्ला)।

  • ठूलो जिल्ला : डोल्पा (७,८८९ वर्ग कि.मी.)

  • सानो जिल्ला : रुकुम पश्चिम (१,२१३.४९ वर्ग कि.मी.)

  • राजधानी : वीरेन्द्रनगर (सुर्खेत)

  • जनसंख्या (२०७८) : १६,८८,४१२ (पुरुष ८,२३,७६१; महिला ८,६४,६५१; परिवार ३,६६,२५५)

  • जातीय/भाषिक विविधता : ब्राह्मण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगर आदि। नेपाली, गुरुङ, मगर भाषा प्रमुख।

(छ) सुदूरपश्चिम प्रदेश

  • सीमा : पूर्वमा कर्णाली र लुम्बिनी, पश्चिममा भारत, उत्तरमा कर्णाली र चीन, दक्षिणमा भारत।

  • जिल्ला : बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली (कुल ९ जिल्ला)।

  • ठूलो जिल्ला : बझाङ (३,४२२ वर्ग कि.मी.)

  • सानो जिल्ला : बैतडी (१,५१९ वर्ग कि.मी.)

  • राजधानी : गोदावरी (कैलाली)

  • जनसंख्या (२०७८) : २६,९४,७८३ (पुरुष १२,७२,७८६; महिला १४,२१,९९७; परिवार ५,७७,१०२)

  • जातीय/भाषिक विविधता : ब्राह्मण, क्षेत्री, ठकुरी, थारू आदि। डोटेली, खस, थारू भाषा प्रमुख।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 33
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA