सडक यातायात

यातायात आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र सामाजिक एकीकरणको महत्वपूर्ण माध्यम हो। विकासको आधारभूत पूर्वाधारका रूपमा रहेका यातायातका साधनहरू राष्ट्रको गौरवका आयोजनामार्फत क्षेत्रीय असमानता घटाउन, आर्थिक क्रियाकलापलाई गतिशील बनाउन र अन्य क्षेत्रको विकास तथा सेवा प्रवाहलाई सहज बनाउन प्रभावकारी साधनका रूपमा प्रयोग गर्न सकिन्छ।
हालसम्म नेपालमा सडकलाई यातायातको मुख्य माध्यमका रूपमा लिइएको छ। यद्यपि, हवाईमार्ग, रेलमार्ग, जलमार्ग र रज्जुमार्ग जस्ता अन्य यातायात माध्यमहरूको विकासबाट पनि पर्याप्त लाभ लिन सकिने सम्भावना रहेको छ।