Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा प्रचलित भाषाभाषीका लिपिहरू

  • Bikash Shrestha
  • August 03, 2025
  • 1313

नेपालमा प्रचलित भाषाभाषीका लिपिहरू

Scripts of languages spoken in Nepal

नेपालमा प्रचलित भाषाभाषीका लिपिहरू

नेपालमा लेखन कार्यका लागि प्रयोग भएको सबैभन्दा पुरानो लिपि ब्राह्मी लिपि हो। लुम्बिनी र कपिलवस्तुको निग्लिहवामा फेला परेका इसापूर्व तेस्रो शताब्दीका अशोक स्तम्भ अभिलेखहरू यही लिपिमा लेखिएका छन्। ब्राह्मी लिपि नेपाल मात्र नभई सम्पूर्ण भारतीय उपमहाद्वीपमा पठन सम्भव सबैभन्दा पुरानो लिपि मानिन्छ। यस लिपिको प्रयोग प्रायः पाली, प्राकृत वा मगधी भाषाको लेखनमा भएको पाइन्छ।  ब्राह्मीपछिको दोस्रो पुरानो लिपि लिच्छवि लिपि हो, जुन ब्राह्मी लिपिबाटै विकसित भएको हो। काठमाडौंको मालिगाउँमा फेला परेको संवत् १०७ मा लेखिएको महाराज जयवर्मनको सालिकको पादपीठमा पहिलोपटक यो लिपिको प्रयोग देखिन्छ। राजा मानदेवदेखि जयदेव द्वितीयसम्मका लिच्छवि राजाहरूको शासनकालमा करिब २०० वटा अभिलेख यही लिपिमा लेखिएका छन्। यो लिपि समकालीन भारतीय गुप्त लिपिसँग मिल्दोजुल्दो देखिन्छ र संस्कृत भाषा लेख्न प्रयोग गरिएको थियो।

मध्यकालीन लिपिहरूको विकास

लिच्छवि लिपिबाट क्रमिक रूपमा विकास हुँदै दशौँ शताब्दीदेखि काठमाडौं उपत्यकामा नेवारी लिपि विकास हुन पुग्यो। यस लिपिको विकासमा समकालीन बंगाली लिपिको प्रभाव परेको विश्वास गरिन्छ। मध्यकालको उत्तरार्धतिर नेवारी लिपिका विभिन्न स्वरूपहरू विकसित भए, जसमा मुख्यतः निम्न लिपिहरू पर्छन्:

  • भुजिँमोल लिपि

  • रञ्जना लिपि

  • गोलमोल लिपि

  • लितुमोल लिपि

  • पाँचुमोल लिपि

  • प्रचलित नेवारी लिपि

यी सबै प्रारम्भमा संस्कृत लेख्न प्रयोग भए तापनि पछि नेवारी भाषाको लेखनमा पनि प्रयोग हुन थाले।

उपत्यकाबाहिरका लिपिहरू

उपत्यकाबाहिर ब्राह्मी लिपिबाट विकसित भएका अन्य लिपिहरूको प्रयोग भइरहेका थिए। कर्णाली प्रदेशतिर देवनागरी लिपि को प्रयोग सुरु भएको पाइन्छ। यो लिपि ब्राह्मीबाट गुप्त, शारदा र नागरी हुँदै विकसित भएर देवनागरी बनेको हो। पश्चिम नेपालमा यसको प्रयोग खस भाषा (वर्तमान नेपाली) लेख्न प्रमुख रूपमा भयो। पछि हिन्दी लेखनमा पनि देवनागरी लिपिको प्रयोग हुन थाल्यो। नेपालको एकीकरणपछि देवनागरी लिपि काठमाडौं उपत्यकामा पनि व्यापक रूपमा प्रचलनमा आयो।

अन्य लिपिहरू

  • मिथिला क्षेत्रमा: मैथिली भाषाको लेखनका लागि मैथिली लिपि को विकास भएको थियो।

  • हिमाली भेगमा: तिब्बती लिपि को विकास भई तिब्बती भाषा लेख्न प्रयोग गरियो।

  • पूर्वी नेपालमा: किराँत क्षेत्रका भाषाका लागि सिरिजंगा लिपि को विकास भयो, जसको प्रयोग किराँत भाषाहरू लेख्न गरिन्छ।

  • अन्य जातिहरूका लागि पनि विभिन्न अलग–अलग लिपिहरू को प्रयोग पाइन्छ।

वर्तमानमा प्रचलित लिपिहरू

हाल नेपालमा सबैभन्दा बढी प्रयोग हुने लिपि देवनागरी हो। अन्य प्रयोगमा आएका लिपिहरू यस्ता छन्:

  • नेपाली / हिन्दी – देवनागरी लिपि

  • नेवारी भाषा – रञ्जना, भुजिँमोल, पाँचुमोल, कुटिल आदि

  • लिम्बू भाषा – सिरिजंगा लिपि

  • उर्दू भाषा – अरबी लिपि

Categories

  • Current Affairs 855
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 15
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 48
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 235
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 123
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 151
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA