Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको सामाजिक जीवन

  • Bikash Shrestha
  • July 18, 2025
  • 723

नेपालको सामाजिक जीवन

Social life of Nepal

नेपालको सामाजिक जीवन

क्षेत्रफलको हिसाबले नेपाललाई विश्वको मध्यम आकारको देश मानिन्छ। यद्यपि नेपाल प्राकृतिक, जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ। यसैले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रूपमा चिनिन्छ । यहाँ क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, गुरुङ जस्ता ठूलो जनसंख्या भएका समुदायहरूसहित १४२ भन्दा बढी जातजातिका मानिसहरू बसोबास गर्छन्। उनीहरूसँग आफ्नै मातृभाषा, पहिचान र सांस्कृतिक विशेषताहरू छन्।

नेपालमा १० भन्दा बढी धर्मका अनुयायीहरू बस्छन्।

  • हिन्दू धर्म मान्नेहरूले शिव, गणेश, विष्णु, दुर्गा आदिको पूजा गर्छन् र धेरैजसो मास्टोलाई आफ्नो कुलदेवता मान्दछन्।

  • बौद्ध धर्मका अनुयायीहरूले भगवान् बुद्धलाई पूजा गर्दछन्।

  • इस्लाम धर्मका अनुयायीहरू अल्लाहलाई पुकार्छन्।

  • इसाई धर्म मान्नेहरूले चर्चमा गएर येशू ख्रीष्टको प्रार्थना गर्दछन्।

  • किराँत धर्म मान्नेहरूले पारुहाङ र सुम्निमालाई (सुङनिमा) मुख्य देवता मान्दछन्।

नेपाल सांस्कृतिक दृष्टिले पनि अत्यन्त धनी देश हो। यहाँका मानिसहरूका आ–आफ्नै भेषभूषा, परम्परा, भाषाभाषी, खानपान, चाडपर्व र जीवनशैली छन्। व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्र बनेको हो। समाजमा विभिन्न धर्म, पेशा, जातजाति र सांस्कृतिक पृष्ठभूमिका मानिसहरूले सहअस्तित्व गर्दै आएका छन् । सामाजिक जीवनमा राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक गतिविधिहरू साथै ज्ञान–विज्ञान, साहित्य, कला र मनोरञ्जनका क्षेत्रहरू पनि महत्वपूर्ण छन्। यी सबै तत्वहरूले राष्ट्रको पहिचानलाई बलियो बनाउँछन्।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 35
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 38
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 40
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA