Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको खेल सङ्ग्रहालय

  • Bikash Shrestha
  • August 11, 2025
  • 630

नेपालको खेल सङ्ग्रहालय

Sports Museum of Nepal

 

काठमाडौंस्थित दशरथ रंगशालाको दक्षिणतर्फको प्यारेफिट तलको एउटा कोठामा नेपालकै पहिलो ओलम्पिक सङ्ग्रहालय रहेको छ। यसको स्थापना वि.सं. २०५२ मा भएको हो। पछि, वि.सं. २०५६ साल असोज महिनामा करिब २ लाख ५० हजार रुपैयाँको लागतमा यसलाई नेपालकै पहिलो खेलकुद सङ्ग्रहालयका रूपमा विकास गरिएको हो। यस सङ्ग्रहालयमा नेपाली खेल इतिहास देखाउने विभिन्न खेल सामग्रीहरू राखिएका छन्।


अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको सहभागिता

नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा पहिलो पटक सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजित पहिलो एसियाली खेलकुदमा सहभागिता जनायो।
नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो पदक जित्ने खेलाडी जितबहादुर केसी हुन्। उनले सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजित पहिलो एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए।
नेपाललाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो स्वर्ण पदक दिलाउने खेलाडी बैकुण्ठ मानन्धर हुन्। उनले पहिलो दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ नेपालका लागि स्वर्ण पदक जितेका थिए।


ओलम्पिक खेलमा नेपाल

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिक खेलमा सहभागिता जनायो। सन् १९६८ मा मेक्सिकोमा भएको ओलम्पिक खेलबाहेक, नेपालले हालसम्मका सबै ओलम्पिक खेलमा सहभागिता जनाउँदै आएको छ। पहिलो ओलम्पिकमा नेपालले बक्सिङ र म्याराथन गरी जम्मा दुई खेलमा मात्र सहभागिता जनायो। म्याराथनतर्फ गङ्गा बहादुर थापा र भूपेन्द्र केसीले, र बक्सिङतर्फ नामसिंह थापा, रामप्रसाद गुरुङ र ओमप्रसाद पुनले सहभागिता जनाएका थिए। सन् १९८८ को सिओल ओलम्पिकमा प्रदर्शनी खेल तेक्वान्दोमा विधान लामाले कांस्य पदक जिते पनि, यो पदक आधिकारिक तालिकामा गणना भएन। यद्यपि, नेपाली खेलाडीहरूले ओलम्पिक खेलमा विभिन्न राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।


दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल

दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलाडीहरूको लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्रमुख मञ्च हो। नेपालले यस प्रतियोगितामा आफ्नै पहिचान बनाउन सफल भएको छ। पुरुष फुटबलतर्फ नेपालको राष्ट्रिय टोलीले तीन पटक स्वर्ण पदक जितिसकेको छ। महिलातर्फ, टिमले लगातार फाइनलमा स्थान बनाए पनि भारतसँग पराजित भई रजत पदकमा सीमित हुनुपरेको छ।


पहिलो साग (१९८४)

नेपालले पहिलो सागको आयोजना १९८४ मा गर्‍यो। यसमा नेपालले ४ स्वर्णसहित २४ पदक जित्यो। म्याराथनका बैकुण्ठ मानन्धरले नेपाली खेल इतिहासकै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जिते। फुटबलमा राष्ट्रिय टिमले स्वर्ण जित्दा बक्सिङबाट पनि २ स्वर्ण आए।
कुलमा, ४ स्वर्ण, १२ रजत र ८ कांस्य पदकसहित नेपाल ७ देशमध्ये चौथो स्थानमा रह्यो।


आठौं साग (१९९९)

दोस्रो पटक नेपालले आठौं सागको आयोजना १९९९ मा गर्‍यो। यो नेपालका लागि ऐतिहासिक खेल महोत्सव बन्यो, जसमा अपेक्षाभन्दा धेरै सफलता मिल्यो। नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्यसहित कुल ६५ पदक जित्यो। स्वर्ण पदकको आधारमा नेपाल पहिलो पटक दोस्रो स्थानमा पुग्यो।


१३औं साग (२०१९)

तेस्रो पटक नेपालले २०१९ मा १३औं सागको आयोजना गर्‍यो। यो नेपालकै इतिहासमा सबैभन्दा सफल साग बन्यो। नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्यसहित कुल २०७ पदक जित्यो। स्वर्ण पदकको आधारमा नेपाल दोस्रो स्थानमा रह्यो। यस सागमा पहिलो पदक चञ्चला दनुवार, पहिलो स्वर्ण मण्डकेजी श्रेष्ठ, र सबैभन्दा धेरै ४ स्वर्ण जित्ने गङ्गिराम सिंह पाँडे भए।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA